शास्त्र

श्रीरामचरितमानसको अनुसार जीवनमा दुश्मनी गर्न नहुने ९ प्रकारका मानिसहरु

यी ९ प्रकारका मानिससँग कहिल्यै नगर्नुहोस् दुश्मनी ! अन्यथा प्राण संकटमा पर्छ । श्रीरामचरितमानस अवधि भाषाको एक रामायण महाकाव्य हो जसलाई गोस्वामी तुसलसी दासले १६ औं शताब्दीमा रचना गरेका थिए । यसमा भगवान् श्रीरामलाई सर्वशक्तिमान नायकको रुपमा प्रस्तुत गरिएको छ भने उही वाल्मीकीय रामायणमा श्रीरामलाई सामान्य मनुष्य भनिन्छ । रामचरितमानसमा श्रीरामलाई सर्वशक्तिमान हुँदा हुँदै पनि मर्यादा पुरुषोत्तम रहेको उल्लेख छ ।

यो पनि पढ्नुहोस्

श्रीरामचरितमानसको अनुसार यस्ता ४ व्यक्तिसँग कहिलै धन टिक्दैन

तपाइँकाे घरमा यी ६ चीजहरु भएमा सधै हुनेछ सुख र समृद्धि

कुन बार जन्मिएका मानिसले कति धन कमाउछन् ?

धन कमाउने ५ सरल उपायहरु

विदुर नीति अनुसार विद्याका शत्रु

शत्रुले पनि केही गर्न सक्दैनन् हातमा यस्तो रेखा हुने मानिसलाई

रामचरित मानसको अरण्यकाण्डमा रावण र मारीचको प्रसंग उल्लेख गरिएको छ । गोस्वामी तुलसीदासले सो प्रसंगमा ९ प्रकारका मानिसहरुसँग दुश्मनी गर्न नहुने बताएका छन् । यस्ता व्यक्तिको कुरा तुरुन्त मान्नु नै बुद्धिमानी हुने उनले सम्झाएका छन् । नत्र समस्यामा फस्न सकिनेछ । सो प्रसंगमा गोस्वामी तुलसीदासले भनेका छन्,’नचहादा नचहादै पनि मारीचले रावणको कुरा मान्नुपर्यो । रावणको आग्रहपछि स्वर्ण मृग बन्नु पर्यो जबकि मारीचलाई थहा थियो उनलाई श्रीरामले मार्ने छन् ।’

सीतालाई हरण गर्नको लागि रावण मारीच भएको ठाँउमा पुगे । तब उनले भने,’ तिमी छल-कपट गर्ने स्वर्ण मृग बन, ताकि म सीतालाई हरण गर्न सकु ।’ मारीचले रावणलाई सम्झाए, ‘तिमी श्रीरामसँग दुश्मनी नमोल ।’ मारीचको कुरा सुनेर रावण क्रोधित हुदै आफ्नै बल र शक्तिको घमण्ड गर्न थाले । तब मारीचले बुझे कि सीता हरण गर्नको लागि रावणको मद्दत गर्नु मै भलाई छ । रावणको हातबाट मारिनु भन्दा श्रीरामको हातबाट मर्नु ठिक हुनेछ र जसबाट आफ्नोल उद्धार हुनेछ ।

Like & Follow us on Facebook

तब मारीच हृदयँ अनुमाना। नवहि बिरोधें नहिं कल्याना।।
सस्त्री मर्मी प्रभु सठ धनी। बैद बंदि कबि भानस गुनी।।

श्लोकमा मारीचको सोच बताईएको छ । कि हामी कुन मानिसहरुको कुरा तुरुन्तै मान्नुपर्छ । अन्यथा प्राण संकटमा पर्न सक्छ । यस दोहका अनुसार शस्त्रधारी, हाम्रो रहस्य जान्ने, समर्थ स्वामी, मूर्ख, धनवान व्यक्ति, वैद्य, भाट, कवि र क्रोधी यी मानिसहरुको कुरा तुरुन्त मान्नुपर्छ । यिनीहरुको कहिले विरोध गर्न हुन्न । अन्यथा प्राण संकटमा पर्न सक्छ ।

साइन्स इन्फोटेक

साइन्स इन्फोटेक अनलाईन पत्रिका हो ।

Leave a Reply

error: Content is protected !!