विज्ञान जिज्ञासा

चट्याङबाट कसरी बच्ने ? जनचेतनाको लागि सक्दो शेयर गरौँ

चट्याङ भन्नेबित्तिकै सबैको मनमा डर उत्पन्न हुने गर्दछ । चट्याङले लागेर धेरै ठाउमा मानिसहरुले ज्यान समेत गुमाउने गरेका छन् । नेपालमा हरेक वर्ष चट्याङ परेर कैयौं मानिसको ज्यान जाने गरेको छ । तर केही सतर्कता अपनाए चट्याङबाट बच्न सकिन्छ । तर चट्याङबाट कसरी बच्ने त ? आउनुहोस् यी कुरा उपायहरु अपनाएमा हामी चट्याङबाट बच्न सक्छौ।

यो पनि पढ्नुहोस्

चट्याङ् भनेको के हो ?

ब्रह्माण्ड (Universe) भनेको के हो ?

युरेनियम (Uranium) भनेको के हो ?

१. चटयाङ पर्न लाग्दा कुनै सुरक्षित ठाउँमा आश्रय लिनुस् ।

२. चट्याङ परेको समयमा अग्ला स्थान, टावर र ठूला रुखमुनि ओत लाग्नु हुँदैन ।

३. प्रायः जमिन र बादलको दूरी कम भइरहने पहाडी भूभागमा बढी चट्याङ पर्ने सम्भावना रहेकाले पानी परेका वेला यस्तो ठाउँमा बस्नुहुँदैन ।

४. दिउँसो ३ देखि ४ बजेसम्मको समयमा चट्याङ पर्ने सम्भावना बढी हुन्छ । तसर्थ, चट्याङ पर्ने संकेत देखिएका वेला घरमै बस्न उचित हुन्छ ।

५. चट्याङ प्रतिरोधी घर बनाउनुपर्छ । घरमाथि तामाको रड राखेर घरमुनि माटोमा जिआई पाता गाडेमा चट्याङको जोखिम हुँदैन ।

६. चट्याङ परेको वेला विद्युतीय सामग्री र तारजडित टेलिफोन प्रयोग गर्नु हुँदैन । साथै, यो वेला धातुको तारबार नजिक बस्नु हुँदैन ।

Like & Follow us on Facebook

७. चट्याङ पर्ने अवस्था देखिएमा खुला ठाउँमा तथा छत नभएको सवारी साधनमा भएमा सुरक्षित ठाउँमा जानुपर्छ ।

८. एकै ठाउँमा चट्याङ दोहोर्याएर कहिल्यै पर्दैन भन्ने भनाई गलत हो। त्यसैले होशियार हुनैपर्छ।

९. छाता खोल्ने या मोबाइल फोन प्रयोग गर्ने गर्नु हुँदैन किनभने यिनमा भएका धातुले करेन्टलाई शरिरतर्फ तान्न मद्दत पुर्याउन सक्छ।

१०. चटयाङ पर्न लागेको संकेत थाहा पाउनासाथ पानीमा पौडिरहेको भए समतल भूमिमा निस्की हाल्नुपर्छ ।

११. चटयाङ पर्न लागेको संकेत थाहा पाउनासाथ बिजुलीको पोलछेउ बस्नु हुदैन ।

१२. चट्याङबाट घरका सिसा फुट्ने, वन-जंगलमा आगलागी हुने, रूख-बिरुवा मर्ने, जनावर मर्ने आदि हुन्छ । त्यसैले आकाशमा कालो बादल देख्नेबित्तिकै चट्याङको सम्भावना भएकाले सुरक्षित उपाय अपनाउनुपर्छ ।

१३. घरमा विद्युतीय सामानहरूमा धेरै करेन्ट बगेर सो सामानहरू जस्तैः टेलिभिजन, रेफ्रिजेरेटर, फोन आदि बिग्रने, घरमा आगलागी हुने, वन-जंगलमा आगलागी हुने आदि घटना चट्याङबाट हुने गर्छ । यसवाट बच्न घरका सवै विद्युतीय सामानहरूलाई स्विच अफ गर्नुहोस् ।

१४. घरभित्र बस्दा पनि टेलिभिजन, टेलिफोन आदि विद्युतीय उपकरण बन्द गर्ने, पानीका धाराहरू सबै बन्द गर्ने, नचलाउने, झ्यालको छेउ, भित्तामा अडेस लगाएर नबस्ने आदि सावधानी अपनाउनुपर्छ ।

१५. पक्की घर जहाँ फलामे डन्डीहरू प्रयोग गरेर बनाइएको हुन्छ, घरको छानामा (लाइटनिङ एरेस्टर) चट्याङ भगाउने यन्त्र जडान गर्ने वा राम्रोसँग अर्थिङ गर्नु उचित हुन्छ ।

१६. खेल मैदानमा भए धेरैजना एकै ठाउँमा नबस्ने, बिजुलीको खम्बा तथा तारहरू नजिक नबस्ने आदि सावधानी अपनाउनुपर्छ ।

१७. घर बनाउँदाको अवस्थामा भए चट्याङ रडको प्रयोग गर्नु बुद्धिमानी हुनेछ ।

साइन्स इन्फोटेक

साइन्स इन्फोटेक अनलाईन पत्रिका हो ।

Leave a Reply

error: Content is protected !!