धर्म-सस्कृति

मानव धर्म भनेको के हो ?

डा. राम बहादुर बोहरा
डा. राम बहादुर बोहरा

मानवता अर्थात मानव धर्म नै मान्छेको धर्म हो । मान्छेमा हुनपर्ने मानवीय गुणको विकास र परिपूर्णतालाई मानव धर्म भनिन्छ । मानवमा मानवीय गुण विकासको परिपूर्णताका लागि धेरै सनातनशास्त्रहरूले मार्गनिर्देश गरेका छन् । जो वेदवेदान्तीय शास्त्र हुन् । यिनै मार्गदर्शनलाई आत्मसात गर्न नसक्दा मानव समाज मानव समाज नभएर दानव समाज जस्तो भइरहेको छ, मानव चेतना मानव चेतनाबाट नभएर दानवीयताबाट अगाडि बढेको छ ।

मानव समाजमा मानवीयताको क्रियाकलाप कम पाइन्छ । वास्तवमा धर्म भनेको सम्पूर्ण प्राणीको कल्याण गर्नु हो । भलो गर्नु, उपकार गर्नु, सामाजिक संरचनाहरुमा सहयोग जुटाउनु, विभिन्न कारणले असक्षम भएकाहरुलाई सहयोग गर्नु नै धर्म हो । पाप भनेको अरुको कुभलो गर्नु, सामाजिक संरचनाहरु नष्ट गर्नु, व्यक्ति समाजलाई चिढाउनुजस्ता कुरा गर्नु पाप हो ।

धर्म संस्कृति लोप हुनाले शक्तिको नास हुन थाल्दछ यही अवस्था आज नेपालमा सुरु हुदैछ । धर्म संस्कृतिको जग बलियो भएमा कसैको आँखा लाग्न सक्दैन । आज नेपालीको विकास नहुनुको प्रमुख कारण धर्म संस्कृतिहो । जहाँ धर्म संस्कृति कमजोर हुन्छ त्यहाँ स्वार्थको जड बलियो हुन थाल्छ । धर्म संस्कृति नमान्ने मान्छे ले सदैव गलत सोच्ने गरेको हुन्छ यही अवस्था आज नेपालमा सुरु भएको छ ।

आजभोलि विभिन्न धर्मावलम्बीहरुले आ–आफ्नो धर्मको तीब्र प्रचार-प्रसार गरिरहेका छन् । क्रिश्चियनले यति तीब्र बनाएका छन् कि वर्णन गरी साध्य छैन । यसमा हिन्दू र मुस्लिमहरुले तीब्र बिरोध गरेका छन् । किन हिन्दूहरु क्रिश्चियन बन्दैछन् त ?

यसको कारक के हो भनेर अनुसन्धान गर्नैपर्छ र समाधान गर्नुपर्छ । गरिवी, अज्ञानता, अशिक्षा, बेरोजगारी यसका कारकतत्वहरु हुन् । राजनीतिक दलहरुले यी घरवारविहीन, भूमिहीन जनतालाई ढॉटेको ढॉट्यै, झुक्याएको झुक्यायै गरेर सत्तामा गए । तर माखो मारेनन् । त्यसकारण त्यता लागेमा गाँस, बास, कपासको जोहो हुन्छ कि भनेर लागेका छन् । त्यता लागेर उनीहरुको समस्या त पक्कै हल हुन्न, यो अकाट्य सत्य हो ।

त्यसपछि बल्ल क्रान्तिको ज्वाला दन्कने छ र राजनीतिक दलहरुको होस उड्नेछ । हिन्दूधर्मका अनुयायीहरुले यी कुरामा चनाखो भएर सोच्नैपर्छ अन्यथा पछुताउने सिवाय केही हुने छैन । जहॉ गरिवी छ, त्यहॉ अज्ञानता छ । जहॉ अज्ञानता छ त्यहॉ अभाव र बेरोजगारी छ । जहॉ अभाव छ त्यहॉ अस्थिरता छ जहॉ अस्थिरता छ, त्यहॉ विस्फोटको संभाव्यता छ । एकदिन यो भएरै छाड्नेछ ।

*यो लेखकको निजी नितान्त विचार हो ।

*डा. राम बहादुर बोहरा नेपाल वैकल्पिक चिकित्सा विकास परिषद नवलपरासीको अध्यक्ष, बरिष्ट आयुर्वेद डाक्टर तथा साइन्स इन्फोटेकका सल्लाहकार हुनुहुन्छ । 

यो पनि पढ्नुहोस्  

धर्म संस्कृति किन आवश्यक छ ?

धर्म संस्कृति र यसको महत्व

धर्म भनेको के हो ?

हिन्दू धर्म संस्कृतिमा सबैको कल्याण

धर्मको रक्षा गर्नु सबैको नैतिक दायित्व

कुमारवर्ती औषधालय

साइन्स इन्फोटेक

साइन्स इन्फोटेक अनलाईन पत्रिका हो ।

Leave a Reply

error: Content is protected !!