जीवन-दर्शनटिप्स

माया के हो ?

डा. राम बहादुर बोहरा
डा. राम बहादुर बोहरा

भनिन्छ मायामा नै संसार अडिक छ। साँचो माया त्यही हो जसले आपतमा सहयोग गर्छ, जो जहाँ एक अर्काका लागि तन, मन, धन सबै किसिमले सहयोग, समर्पण गर्ने र संघर्ष गर्न सक्ने क्षमता हुन्छ अनि एक अर्काप्रति अटुट विश्वास र ढृड निश्चय हुन्छ। माया आकाश भन्दा असिम छ, सागर भन्दा गहिरो छ, पवन झै चञ्चल अनि सामुन्द्रीक पानी भन्दा कञ्चन छ। माया अपार छ, विशाल छ अनि माया महान छ।

प्रेम भनेको दुई आत्माको पवित्र मिलनलाई माया भनिन्छ । स्वार्थपूर्ण गरिएको प्रेम भनेको धोका हो । आज महिलामाथि जतिपनि घटना भएका छन् सवै एकातर्फको प्रेमको कारणले गर्दा भएको देखिन्छ । एउटा पुरूषले गर्ने मायामा कि स्वार्थमा गरेको हुन्छ वा जीवनसाथी पाउनका निमित्त गरेको हुन्छ ।

प्रेम शब्द आफैमा अर्थपूर्ण, अनमोल अनि निकै गहन छ, फेरि पनि कसले कसरी बुझ्ने, कस्तोलाई माया भनेको कस्तो हुन्छ गहनतम अध्ययन जरुरी पक्कै पनि छ । विशेष प्रेम शब्द सुन्ने बित्तिकै माया मोह अनि जिन्दगी सम्झनेहरुको जमात मात्रै होइन, प्रेम शब्द सुन्नै नचाहनेहरु पनि कम छैनन् यहाँ ।

यहाँ प्रेम शब्दको अर्थमा विविधिकरण खोज्नु भन्दा पनि शब्दको अर्थ एउटैलाई पलभरमै किन फरक–फरक हुने गर्दछ भन्ने गम्भीर देखिन्छ । प्रेम शब्द खोज्दै र भोग्दै जाँदा बाल्य अवस्थाका ती निस्वार्थ प्रेम जहाँ एक अर्काका खुशी भलो कै चाहना हुने गर्दथे तर कसैले सम्झन चाहदैनन् ती स्वर्णिम पलहरु किनकि समयको चक्रले पिरोलिरहेको हुन्छ सदैव उनीहरुलाई ।

यहाँ उनीहरु भनेका तिनीहरु हुन जो समय समयमा प्रेमको परिभाषा नै बदलिदिएका हुन्छन्, समाजले, संसारले मानोस् नमानोस् उनीहरुले भनेपछि पुग्यो त्यहाँ । यहाँ हामीले के बुझ्न जरूरी छ भने महिला युज गर्ने मात्र होइन एउटा बिग्रिएको घरलाई बरबाद हुनबाट बचाउने भुमिकादेखि घरलाई स्वर्ग र बनि सकेको घरलाई नर्क बनाउने काम यिनै महिलाबाट भएको हुन्छ ।

महाभारतको लडाई यिनै महिलाका कारण भएको थियो भने रावणले सिता हरण नगरेको भए रामको हातबाट यिनै महिलाका कारण रावण मर्नुपर्ने थिएन । यहाँ पुरूष मात्र होइन महिला पनि दोषी छन् । नचिनेको व्यक्तिलाई साथी बनाउनु फोनमा कुरा गर्नु सवै गलत छन् ।

आज हामीले सवैभन्दा ध्यान दिनुपर्ने महत्वपूर्ण कुरा आफ्नो सन्तानको बिचारलाई बुझ्न आवश्यक छ । माता पिताको कारणले पनि सन्तान बिग्रिएको धेरै घरहरू छन् । बच्चालाई बढी दबाबमा राख्नाले पनि यस प्रकारको घटना घट्नसक्छ । आर्थिक प्रलोभनमा परेर पनि सन्तान बिग्रन सक्ने सम्भावना हुनसक्छ यसतर्फ ध्यान दिन आवश्यक छ । पैसा यो सबैको जड हो यदि हामीले सन्तानको चाहना पुरा गर्न सकिन्छ भने यस प्रकारको घटना नहुन सक्छ भन्ने हामीलाई लागेको छ ।

*डा. राम बहादुर बोहरा नेपाल वैकल्पिक चिकित्सा विकास परिषद नवलपरासीको अध्यक्ष, बरिष्ट आयुर्वेद डाक्टर तथा साइन्स इन्फोटेकका सल्लाहकार हुनुहुन्छ ।

यो पनि पढ्नुहोस्

साँचो माया पाएपछि केटाहरु के गर्छन् ?

मायालुको माया पाउने सुत्रहरु

पुरुषहरुको साँचो माया थाहा पाउने सुत्रहरु

कुमारवर्ती औषधालय

साइन्स इन्फोटेक

साइन्स इन्फोटेक अनलाईन पत्रिका हो ।

Leave a Reply

error: Content is protected !!