विज्ञान जिज्ञासा

मंगलसुत्र लगाउनाको वैज्ञानिक कारण के ?

Gopal Bhandari
गोपाल भण्डारी

हिन्दु समाजमा विवाहिता  महिलाले मंगलसुत्र लगाउने चलन छ । केही महिलावादी संगठनका महिलाले दासताको प्रतीक भएको भन्दै यो नपहिरने घोषणा गरेका छन्। बिहे गरेपछि पुरुषले कुनै गहना र प्रतीक लगाउनु पर्दैन किन महिलाले मात्र बिहे गरेको चिन्ह यो लगाउनुपर्ने भन्ने  तर्क छ।

विवाहलाई एउटी स्त्री र एउटा पुरुषले सँगै जीवनयापनका निम्ति आपसी सम्झौता गरेका हुन् भन्ने अर्थमा हेरिन्छ। मनुस्मृतिले विवाहलाई दुई आत्माबीचको पवित्र मिलन भनेको छ। आफूले चाहेर मात्र नहुने, विवाहका लागि सूर्य भगवान्ले नै तोकिदिएको हुने कुरा उक्त स्मृतिमा चर्चा छ। स्कन्धपुराणको केदारखण्डको श्रीस्वस्थानीले पनि यही विचारलाई समर्थन गरेको छ।

मानिन्छ कि मंगलसुत्र  लगाउनाले रक्तचाप नियमित हुन्छ । भनिन्छ कि हिन्दु महिला धेरै शारिरीक श्रम गर्ने भएकाले उनीहरुको ब्लड प्रेसर नियन्त्रित हुन आवश्यक छ । जानकारहरु सल्लाह दिने गरेका छन्, मंगलसुत्र लुकाइएको हुनुपर्छ । यसका पछाडिको विज्ञान के छ भने यो शरीरसँग टच हुनुपर्छ ताकि उसले धेरै भन्दा धेरै प्रभाव पार्न सकोस ।

साइन्स इन्फोटेक

साइन्स इन्फोटेक अनलाईन पत्रिका हो ।

error: Content is protected !!