अन्तर्राष्ट्रिय समाचारविज्ञान जिज्ञासा

कुखुरी पहिला कि अण्डा ? यस्तो छ वैज्ञानिकहरुकाे उत्तर

एजेन्सी । विश्वमा कुखुरी पहिला कि अण्डा ? भन्ने प्रश्नको जवाफ आजसम्म कसैले दिन सकेका थिएनन । यो प्रश्न मानिसहरु बिच जहिले पनि विवादमा रहेको थियो । तर अहिले बैज्ञानिकहरुले यो प्रश्नको हल निकालेका छन् । संसारमा कुखुरी नै पहिला आएको थियो र पछि त्यसले अण्डा दिन सुरु गरेको बैज्ञानिकहरुले दावी गरेका छन् । व्रिटेनको बैज्ञानिकले यसबारे पक्का प्रमाण जुटेको बताएका छन् ।

इंग्लैंडको शेफील्ड र वारविक यूनिवर्सिटीका बैज्ञानिकहरुको अनुसार अण्डाको छिल्कामा एक महत्वपुर्ण प्रकारको प्रोटीन हुन्छ । जुन कुखुरीको अण्डासयबाट मात्र उत्पादन हुने गर्छ । त्यसकारण पहिला कुखुरी आएको र पछि अण्डा बनेको उनीहरुको दावी रहेको छ ।वैज्ञानिकलाई यसबारे पहिला नै जानकारी थियो कि ओसी–१७ नामक प्रोटीनले अण्डाको खोल बनाउन प्रमुख भुमिका खेल्छ । नयाँ प्रबिधिको प्रयोग गर्दै ओसी–१७ कसरी बन्छ भनेर उनीहरुले अध्ययन गरेका थिए ।

जब क्यालसियम कार्बोनेटसँग ओसी–१७ मिल्छ तब अण्डाको खोल बन्ने गर्छ । यसपछि प्रश्न उठ्यो कि कसरी कुखुरी कसरी जन्मियो । वैज्ञानिकहरुले भनेका छन्, ‘अण्डा दिने चराहरुको अन्य प्रजाति समागले कुखुरालाई जन्म दिएको हो’ । यस नतिजामा धेरै ठुलो सफलता मिलेको शफीफिल्डका प्रोफेसर जोन हर्डिङले बताएका छन् । उनले अण्डाको खोल कसरी निर्माण हुन्छ भने अध्ययनका कारण पनि सफलता मिलेको तर, यो निकै चुनौतीपुर्ण रहेको उनले बताएका छन् ।

विज्ञानले असाधारण कुरालाई सम्भव बनाउँछ।  वैज्ञानिकहरुले धेरै यस्ता अनुत्तरित प्रश्नहरुको उत्तर समय-समयमा दिरहेका हुन्छन । विज्ञान एक व्यवस्थित ज्ञान हो जसले ब्रह्माण्डका बारेमा परीक्षणयोग्य ब्याख्या र भविष्यवाणीहरूको ज्ञानलाई स्थापित र व्यवस्थित बनाउँछ । कुनै विषय वा वस्तुको प्रयोग र अवलोकनमा अाधारित क्रमिक अध्ययन ज्ञानलाई विज्ञान भनिन्छ। विज्ञान हाम्रो जीवनको लगभग हरेक पक्ष भाग हो। विज्ञान, सूचना प्रविधिको प्रगतिले संसारभरि जीवन परिवर्तन गरेको छ। आधुनिक सभ्यतालाई विकास गरी आजको स्थितिमा ल्याउन विज्ञान-प्रविधिको सबैभन्दा ठूलो योगदान छ।

 

साइन्स इन्फोटेक

साइन्स इन्फोटेक अनलाईन पत्रिका हो ।

Leave a Reply

error: Content is protected !!