आयुर्वेद

स्वास्थ्यको लागि नासपाती खानुका फाइदाहरु

डा. राम बहादुर बोहरा
डा. राम बहादुर बोहरा

नासपातीको स्वाद र खादा कस्तो हुन्छ भन्ने कुरा आम व्यक्तिलाई समेत थाहा भएको विषय हो । स्वादको भन्दा यस्को फाइदा के के छ भन्नेतर्फ लागौं । यो मौसमी फल हाम्रो देशको पहाडी स्थानमा बढी उत्पादन हुने गरेको पाइन्छ ।

यो गुलियो र स्वादिष्ट मात्र हुँदैन, थुप्रै पौष्टिक तत्त्व र औषधीय गुणले भरिपूर्ण समेत छ । नासपाती क्याल्सियम, क्लोरिन, फलाम, म्याग्नेसियम, सोडियम, सल्फर, तामा, फोस्फोरस र पोटेसिय जस्ता थुप्रै तत्व यसमा पाइन्छ ।

यसको बोक्रामा गुदीको तुलनामा तीनचार गुणा बढी फाइटो न्युट्रिसन पाइन्छ, जसले क्यान्सर र मुटु रोगको जोखिम घटाउने गर्छ । यसको बोक्रामा धेरै लाभदायक तत्त्व हुन्छन् । त्यसैले नासपाती नताछी खानु निकै राम्रो मानिन्छ । यो फलमा थुप्रै एन्टिअक्सिडेन्ट तत्व पाइन्छ ।

एन्टिअक्सिडेन्टले बुढो हुने संकेतलाई समेत रोक्नुका साथै उच्च रक्तचाप र स्ट्रोकको सम्भावना कम गर्छ । यसमा भएको भिटामिन ‘ए’ र एन्टिअक्सिडेन्टले छालामा बढ्दा उमेरको प्रभाव कम गर्छ । चाउरी, डन्डीफोर र छाला सम्बन्धी समस्या रोक्न पनि मद्दत गर्दछ ।

फाइबरको राम्रो स्रोत हुने भएकाले यसमा भएको पेक्टिनले न कब्जियत हुन दिन्छ न त पखाला । पेक्टिनले रगतको कोलेस्ट्रोल र सेलुलोजको स्तर नियन्त्रित गर्छ । नासपाती भोक मेटाउन सहयोगी गर्छ । फाइबरले पेटको क्यान्सर बढ्न दिँदैन, ठूलो आन्द्रा स्वस्थ भइरहन्छ । यसमा पाइने हाइड्रो–अक्सिनमिक एसिडले पनि पेटको क्यान्सर रोक्न सघाउँछ ।

नासपाती नियमित रूपमा खाने महिलाहरूलाई महिनावारी सुकेपछि क्यान्सर हुन सक्ने सम्भावना निकै घट्छ । यसमा भएको भिटामिन सी र एन्टिअक्सिडेन्टको गुणले क्यान्सरबाट कोषिकाहरू नष्ट हुन दिन्न । नासपाती जुनसुकै उमेर समूहका लागि उपयुक्त हुन्छ । मधुमेह, मोटोपन, जीवनशैलीसम्बन्धी स्वास्थ्य समस्याबाट ग्रस्त व्यक्तिका लागि यो फल राम्रो मानिन्छ ।

नासपाती नियमित रूपमा खाने महिलाहरूलाई महिनावारी सुकेपछि क्यान्सर हुन सक्ने सम्भावना निकै घट्छ । यसमा भएको भिटामिन सी र एन्टिअक्सिडेन्टको गुणले क्यान्सरबाट कोषिकाहरू नष्ट हुन बाट बचाउदछ ।

यसमा तामा र भिटामिन सी प्रशस्त पाइने भएका कारण हामीमा रोगप्रतिरोधी क्षमता बलियो बनाउँछ । संक्रामक रोग हुन पाउन्न । मौसमी रुघाखोकीबाट समेत जोगाउछ । यसमा प्रशस्त मात्रामा फलाम पाइने भएकोले सेवन गर्दा हिमोग्लोबिनको स्तर बढछ । रक्तअल्पताले पीडित व्यक्तिले यो फल खानु राम्रो मानिएको छ ।

Like & Follow us on Facebook

यो पनि पढ्नुहोस्

स्वास्थ्यको लागि बेलौती खानुका फाइदाहरु

स्वास्थ्यको लागि केरा खानुका फाइदाहरु

स्वास्थ्यको लागि काउली खानुका फाइदाहरु

स्वास्थ्यको लागि आँप खानुका फाइदाहरु

स्वास्थ्यको लागि मूला खानुका फाइदाहरु

स्वास्थ्यको लागि गाजर खानुका फाइदाहरु

*डा. राम बहादुर बोहरा नेपाल वैकल्पिक चिकित्सा विकास परिषद नवलपरासीको अध्यक्ष, बरिष्ट आयुर्वेद डाक्टर तथा साइन्स इन्फोटेकका सल्लाहकार हुनुहुन्छ ।

कुमारवर्ती औषधालय

साइन्स इन्फोटेक

साइन्स इन्फोटेक अनलाईन पत्रिका हो ।

Leave a Reply

error: Content is protected !!