विज्ञान जिज्ञासा

के हो अन्तर्राष्ट्रिय अन्तरिक्ष केन्द्र ?

Gopal Bhandari
गोपाल भण्डारी

नेपालको पहिलो भू-उपग्रह ‘नेपाली स्याट-१’ अन्तर्राष्ट्रिय अन्तरिक्ष केन्द्र (आइएसएस) मा पुगेको छ । नासाका अनुसार नेपाली भू-उपग्रह सहितको कार्गो शुक्रबार दिउँसो ३ बजेर १२ मिनेटमा अन्तर्राष्ट्रिय अन्तरिक्ष केन्द्रमा सुरक्षित रूपमा डक भएको छ । यसवाट धेरै नेपाली जनतालाई अन्तर्राष्ट्रिय अन्तरिक्ष केन्द्र के हो भन्ने बारेमा चासो बढिरहेको छ । आउनुहोस् यस बारेमा आज हामीले जानकारी दिनेछौ ।

विज्ञान तथा प्रविधिको विकासले गर्दा मानिसले आफ्नो बुद्धिले भ्याएसम्म यो संसारमा थुप्रै आश्चर्यजनक काम गरिसकेको छ । अन्तरिक्षमा मानिसको घर बनाउने काम साँच्चै इन्जिनियरिंगको अचम्मको उपलब्धि हो । अन्तरिक्षमा बनाएको अन्तर्राष्ट्रिय अन्तरिक्ष केन्द्रलाई मानिसको घरका रुपमा चिनिन्छ । यहाँ रहेर वैज्ञानिकहरुले विभिन्न अन्तरिक्ष सम्बन्धी खोज, अध्ययन तथा अनुसन्धान गरिरहेका छन् ।

यो पनि पढ्नुहोस् 

नेपाली भू-उपग्रह पुग्यो अन्तर्राष्ट्रिय अन्तरिक्ष केन्द्रमा

नेपाली भू-उपग्रह राखेको रकेट प्रक्षेपणका तस्वीरहरु

नेपाली भू-उपग्रह राखेको रकेट प्रक्षेपण गर्नुअघिका तस्वीरहरु

नेपालको भू-उपग्रह बोकेको रकेटको प्रक्षेपण (भिडियो सहित)

नेपालले प्रक्षेपण गरेको भू-उपग्रहको प्रयोजन

यस्तो छ नेपालले आज प्रक्षेपण गर्ने भू-उपग्रह

प्रक्षेपण गरिएको भू-उपग्रहवाट नेपालले लिने फाइदाहरु

नेपाल अन्तरिक्ष युगमा प्रवेश, प्रक्षेपण गरियो नेपालको भू-उपग्रह

नेपालको भू-उपग्रह बोकेको रकेटमा किन मूसा पठाइयो ?

पृथ्वी र पृथ्वी भन्दा बाहिरका अन्य सौर्य मण्डलमा भएका अन्य ग्रहहरु, उपग्रहहरु तथा अन्य खगोलीय पिण्डहरुको बारेमा खोज, अध्ययन तथा अनुसन्धान गर्नको लागि अन्तरिक्षमा बनाएको केन्द्रलाई अन्तर्राष्ट्रिय अन्तरिक्ष स्टेशन वा केन्द्र जसलाई अंग्रजीमा International Space Station (आईएसएस) भनिन्छ । यस परियोजनाको आरम्भ सन् १९९८ मा भएको थियो । यसको प्रेसराइज मोड्युल सन् २०११ मा फिट गरियो भने सन् २०१६ मा एक्सपेरिमेन्टल इन्फल्याटएबल स्पेस ह्याबिटेद थपियो । .

अन्तर्राष्ट्रिय अन्तरिक्ष केन्द्र वर्तमान समयसम्म ठूलो मानव निर्मित सबैभन्दा कृतिम उपग्रह हो । अन्तर्राष्ट्रिय अन्तरिक्ष स्टेसनमा मुख्य गरी अमेरिका र रुसी अन्तरिक्ष संस्था मिलेर चलाउँछन् । पृथ्वीमा नमिलेका मानिस पनि अन्तरिक्षमा मिलेर काम गरिरहेका छन् । यो स्टेसन रुस र अमेरिकाले मिलेर बनाएका हुन् । पछिल्लो दुई दशक यो साझा स्टेसनका रुपमा रहेको छ । यद्यपि यसमा जापान, बेलायत, फ्रान्स र क्यानडाजस्ता देशको पनि उल्लेखनीय सहभागिता रहेका छन् ।

यो केन्द्रबाट कैयौँ स-साना उपग्रह पनि प्रक्षेपण गरी सकिएको छ । पैसा कमाउनको लागि रुसी स्पेस एजेन्सीले अन्य केहीलाई पनि स्टेसनमा शयर गराएको थियो । रुसले आईएसएसलाई स्पेस होटलमा परिवर्तन गर्न समेत सुझाव दिएको छ । अमेजन, स्पेसएक्स र भर्जिन ग्यालेक्टिक जस्ता केही यस्ता मिसन छन्, जुन निजी कम्पनीले अगाडि बढाइरहेका छन् ।

Like & Follow us on Facebook

आएएसएस विश्वको धेरै स्पेस एजेंसीहरूको अन्तरिक्षमा रहेको केन्द्र हो । यसलाई बनाउनमा संयुक्त राज्य अमेरिकाको नासा सहित रूसको रोसकसमस, जापानको जाक्सा, क्यानाडाको सीएसए र यूरोपीय देशहरूको संयुक्त ईएसए काम गरी रहेका छन् । यिनका अतिरिक्त ब्राजीलियन स्पेस एजेंसी (एईबी) पनि केही अनुबंधहरू सहित नासा सहित कार्यरत छ । यसैगरी इटालियन स्पेस एजेंसी (एएसआई) पनि केही अलग अनुबंधहरू सहित कार्यरत छ ।

पृथ्वीको तल्लो कक्षामा स्थापित हुने पछि आएएसएसलाई नाङ्गो आँखाले हेर्न सकिन्छ । यो पृथ्वीमाथि करीब ३३० किलोमिटरदेखि ४३५ किलोमिटरको उचाईको वीचमा माथि औसत २७,६०० किलोमीटर प्रतिघण्टाको रफ्तारमा घुमिरहेको हुन्छ ।

साइन्स इन्फोटेक

साइन्स इन्फोटेक अनलाईन पत्रिका हो ।

Leave a Reply

error: Content is protected !!