मुख्य समाचारसमाचार

नेपालको भू-उपग्रह बोकेको रकेटको प्रक्षेपण (भिडियो सहित)

५ बैशाख, भर्जिनिया, अमेरिका । पहिलो पटक अन्तरिक्षमा नेपालको आफ्नै भू-उपग्रह आज विहानै अमेरिकाबाट प्रक्षेपण गरिएको छ । नेपालको पहिलो भू-उपग्रह ‘नेपाली स्याट-१’ बिहीबार अमेरिकाबाट प्रक्षेपण गरिएको अमेरिकी अन्तरिक्ष निकाय नासाले जनाएको छ । नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा-प्रतिष्ठान नास्टका अनुसार नेपालको भू-उपग्रह नेपाली समय अनुसार आज बिहीवार बिहान २.३१ बजे अमेरिकाको भर्जिनिया राज्यको वाल्लोस्प टापुस्थित प्रक्षेपण केन्द्रबाट अन्तर्राष्ट्रिय अन्तरिक्ष केन्द्र (आईएसएस) मा प्रक्षेपण गरिएको हो । त्यहाँ अमेरिकी हवाई तथा अन्तरिक्ष निकाय नासाको वालोप्स उडान केन्द्र रहेको छ ।

यो पनि पढ्नुहोस् 

यस्तो छ नेपालले आज प्रक्षेपण गर्ने भू-उपग्रह

प्रक्षेपण गरिएको भू-उपग्रहवाट नेपालले लिने फाइदाहरु

नेपाल अन्तरिक्ष युगमा प्रवेश, प्रक्षेपण गरियो नेपालको भू-उपग्रह

यो नेपालको पहिलो भू-उपग्रह प्रक्षेपण भएको हो । नेपाली स्याट-१ नाम दिइएको नेपाली भू-उपग्रहलाई एन्टारेस् नामक वायुयानभित्र रहने सिग्नस् कार्गो विमानमा राखिएको छ । त्यो केही समयपछि अन्तर्राष्ट्रिय अन्तरिक्ष केन्द्र (आईएसएस) मा पुग्नेछ । बिहीवार बिहानै त्यो कार्गो विमानले जापान र श्रीलङ्काका भू-उपग्रहलाई पनि अन्तर्राष्ट्रिय अन्तरिक्ष केन्द्रमा पुर्‍याउने कार्यक्रम रहेको थियो । बर्डस्-३ स्याटेलाइट प्रक्षेपण कार्यक्रम अनुसार नेपालीसहित तीन देशका भू-उपग्रह अन्तरिक्षमा पठाइएको हो । अन्तरिक्ष यानमा ४० वटा जीवित मुसाहरु पनि पठाइएको छ । अन्तर्राष्ट्रिय अन्तरिक्ष स्टेशनमा काम गरिरहेका ६ जना कर्मचारीहरुले नेपालको स्याटेलाइट सहित ७६ सय पाउण्ड सामाग्रीहरु शुक्रबार विहान प्राप्त गर्नेछन् । नेपालको स्याटेलाइट बोकेको अन्तरिक्ष यान यसरी अन्तर्राष्ट्रिय अन्तरिक्ष स्टेशनतर्फ पठाइयो ।

Like & Follow us on Facebook

हेर्नुहोस् भिडियो


नेपालको भू उपग्रह ‘नेपाली स्याट-१’ बोकेको रकेटको प्रक्षेपण (स्रोत : नासा)

साइन्स इन्फोटेक

साइन्स इन्फोटेक अनलाईन पत्रिका हो ।

Leave a Reply

error: Content is protected !!