स्वास्थ्य

मलेरिया (Malaria) को कारण, लक्षण र उपचार

डा. राम बहादुर बोहरा
डा. राम बहादुर बोहरा

मलेरिया ज्वरो प्राय: जाडो भएर आउने खालको रोग हो । आजकल मलेरिया कम देखिएको छ । यो रोग दिर्घकालिन सक्रामक रोग अन्तर्गत पर्दछ ।

परिचय

Malaria is an acute and chronic infection characterized by fever,anemia, splenomegaly and often serious or fetal complications and caused by the Protozoa of the genius plasmodium.

कारण

यो ज्वरो उत्पन्न गर्ने एउटा परजीवी (Parasite) हुने गर्दछ जस्लाई हामी (Plasmodium) भन्दछौं । यो एक कोशीय जीवाणु पर्दछ । यसलाई ४ समुहमा बाँड्न सकिन्छ ।

१. प्लाज्मोडियम बाईबेक्स (Plasmodium Vivex)

२. प्लाज्मोडियम फैल्सिपेरम (Plasmodium Falciparum)

३. प्लाज्मोडियम मलेरी (Plasmodium Malarie)

४. प्लाज्मोडियम ओवेल (Plasmodium Ovale)

मलेरिया पैदा गर्ने उपरोक्त परज़ीवी जीवाणु ‘एनोफिलीज’ नामक आमा लामखुट्टेको सेलिभरी ग्लेण्डस (Salivary Glands) मा रहदछ । जब आमा समुहको लामखुट्टेले मानिसलाई डस्दछ भने रगतको माध्यमबाट स्वस्थ मानिसको शरीरमा यो रोग पुग्दछ । मलेरिया ज्वरोलाई ३ भागमा राखिएको छ ।

१. Cold Stage

कोल्ड स्टेजमा मलेरिया ज्वरो आउदा पहिले मानिसलाई जाडो हुने र जाडो भइसकेपछि मात्र ज्वरो शुरु हुने गर्दछ । ज्वरो बाहिर चिसो देखिएपनि भित्र १०४-१०५ सम्म पुगेको हुन्छ ।

२. Hot Stage

होट स्टेजमा जाडो हुन छोड्दछ र ज्वरो १०४ देखि १०६ सम्म पुग्न सक्दछ । यस्तो अवस्थामा जाडो होइन गर्मी हुन थाल्दछ ।

३. Sweating Stage

सुइटिङ्ग स्टेजमा क्रमस ज्वरो पसिना आएर उत्रन थाल्दछ ।

मलेरिया भए नभएको छुट्टाउन रगत जाँच गर्नुपर्छ । आजकल मलेरियाको लक्षण देखिनासाथ स्वास्थ्य समस्था हेल्थ पोस्ट वा प्राथमिक हेल्थ सेन्टरमा रिफर गर्ने । यसको उपचार सरकारले नि:शुल्क गर्ने भएकाले विरामीलाई रिफर गर्नु सवैभन्दा राम्रो परामर्श ठहर छ ।

*डा. राम बहादुर बोहरा नेपाल वैकल्पिक चिकित्सा विकास परिषद नवलपरासीको अध्यक्ष, बरिष्ट आयुर्वेद डाक्टर तथा साइन्स इन्फोटेकका सल्लाहकार हुनुहुन्छ । 

यो पनि पढनुहोस्

मधुमेहको कारण, लक्षणहरु र उपचार

रगतको उल्टी हुनुको कारणहरु, लक्षणहरु र उपचार

हिस्टरिया (Hysteria) को कारण, लक्षण र उपचार

कुमारवर्ती औषधालय

साइन्स इन्फोटेक

साइन्स इन्फोटेक अनलाईन पत्रिका हो ।

Leave a Reply

error: Content is protected !!