विज्ञान जिज्ञासा

बुद्धिबंगारा पलाएपछि के बुद्धि आउने हो त ?

१७ वर्षदेखि २५ वर्षसम्म आउँने चारवटा दाँतलाई हामी बुद्धिबंगारा भन्छौं । बुद्धिबंगारा हाम्रो मुखमा युवावस्थामा उम्रने सबभन्दा पछाडिको बंगारा हुन् । यो उमेर भनेको बालापन सकेर वयस्क उमेरको पहिलो खुड्किलो हो र केटाकेटी अलि चलाख, बुुद्धिमानी हुँदै जाने उमेर हो । यस कारणले गर्दा यस दाँतलाई बुद्धि बंगारा नामाकरण गरिएको मानिन्छ । तर यो दाँत सबैमा हुन्छ नै भन्न सकिँदैन। कोही मानिसमा यो दाँत बनेकै हुँदैन भने कोही मानिसमा मुखको हड्डीमा पर्याप्त ठाउँ नहुनाले यो दाँत उम्रन पाँउदैन र हड्डी वा गिजाभित्रै रहेको हुन्छ।

कतिपय मानिसहरुमा बुद्दिबंगारा भनेको बुद्दि आउने बंगारा हो र यसलाई उखाल्नाले बुद्दि कम हुने, स्मरण शक्ति घट्ने वा आँखा कमजोर हुनेभन्ने भ्रम रहेको पाइएको छ। बुद्धिबंगाराको मानिसको बुद्दि, स्मरण शक्ति र आँखाको दृष्टिसँग केही पनि सम्बन्ध रहेको हुँदैन। अन्य दाँतहरु १२/१३ वर्षभित्रै आइसक्छ जुन वाल्यावस्था हो। दाँतका बिभिन्न प्रकारमध्ये बुद्धिबंगारा शारीरिक कारणले सबैभन्दा ढिलो आउने अंग हो । कसै–कसैलाई अझ ढिलो पनि आउँछ । आधुनिक खानपिन र जीवनशैलीका कारण बुद्धिबंगाराको भाग आजकाल झन् सानो हुँदै गएको छ ।

बुद्धिबंगाराको प्रयोग परापूर्व कालमा हाम्रा पूर्वजहरुले काँचो मासु चबाउन, जंगली खानेकुरा खान उपयोग गर्दथे । मानव जातीको विकास क्रममा खाने कुरामा परिवर्तन हुँदै जाँदा बुद्धिबंगाराको कम प्रयोग हुन थाल्यो । जसकारण आजसम्म आइपुग्दा यसको प्रयोग भएको खासै देखिन्न । त्यसैले आजकल या दाँत उम्रन मुखभित्र ठाउँ नपाएको देखिन्छ । कहिले गिजाभित्र त कहिले हड्डि भित्र लकेर बसिदिन्छ । यो हुनुमा मानिसको दाँत हुने स्थान सानो हुँदै जानु मुख्य कारण मानिन्छ । यसको सदुपयोग नहुने हुनाले नहुनाले आजकल यसलाई Vestigial Organ को रुपमा पनि मानिन्छ ।

निकै सानो ‘स्पेस’मा यो बंगारा आउनै सक्दैन । खासमा यो बंगाराको कुनै काम नै छैन । खाना चपाउन पनि यसले कुनै सहयोग गर्दैन । पश्चिमा मुलुकतिर बुद्धिबंगारा दुख्नेबित्तिकै फाल्ने गरिन्छ । नेपालमा भने खपेर बस्ने चलन छ । नेपालमा त यो बंगारा आउनुलाई बुद्धि आएको रूपमा पनि व्याख्या गर्ने गरिन्छ । तर, यो अनावश्यक दाँतको कुनै काम नै छैन । यो दाँतले चपाउन केही पनि मद्दत गर्दैन र सबैभन्दा पछाडि भएकोले सुन्दरतामा पनि यसको केही योगदान हुँदैन । त्यसैले यो दाँतले समस्या गरेमा दन्त चिकित्सककोमा गएर उखाले केही फरक पर्दैन। नसासम्म किराले नछोएको अवस्थामा दन्त चिकित्सकको सल्लाह अनुसार दाँतमा सिमेन्ट भरेर यसलाई बचाँउन पनि सकिन्छ । त्यसैले बुद्दिबंगाराले बुद्दि आँउछ भन्ने भ्रमलाई त्यागौँ, समस्या परे बेलैमा उपचार गरौँ।

यो पनि पढ्नुहोस्

बुद्धिबंगारा आउँदा दुख्ने कारणहरु र उपचार

दाँत कसरी माझ्ने ?

अमिलो खाँदा दाँत किन कुडिन्छ ?

दाँत कसरी सुरक्षित गर्ने ?

साइन्स इन्फोटेक

साइन्स इन्फोटेक अनलाईन पत्रिका हो ।

Leave a Reply

error: Content is protected !!