राजनीति

परिवर्तन कसरी सम्भव छ नेपाल र नेपालीको अवस्थाको ?

डा. राम बहादुर बोहरा
डा. राम बहादुर बोहरा

परिवर्तन कसरी सम्भव छ नेपाल र नेपालीको अवस्थाको ? आजको यो समयमा हामीले नेपाल र नेपालीको स्थितिको बारेमा चिन्तन गरौं । हामीले एउटा पूरै पुस्तालाई असफल बनाई दिएका छौँ। हामी उनीहरूको आत्माले भन्न खोजेको कुरा बुझ्न सकिरहेका छैनौं । आफ्नो तन्नेरी छोरालाई बिदा गरिरहेको आमा बुबाको आँखाबाट झरिरहेको आँसुलाई हेरौं ।

हामीले चाहेमा यो परिस्थितिलाई बदल्न सक्छौँ । आज हामीसँग यो परिस्थिति बदल्ने ऐतिहासिक अवसर पनि छ । हामीले यो अवसरको सदुपयोग गर्नैपर्छ किनभने यही हो सामाजिक न्याय र नैतिक दायित्व । नागरिकका रूपमा लिनुपर्ने जिम्मेवारी पनि यही नै हो ।

हामी एउटा साझा लक्ष्य तय गरेर अघि बढौँ । त्यसका लागि उच्च स्तरका शैक्षिक र टेक्निकल शिक्षा देशमै सिर्जना गरौँ । त्यस्तो अवसर समतामूलक होस्, स्थानीय रूपले सान्दर्भिक होस् र सबैले ग्रहण गर्ने सक्ने खालको होस् । नेपाल प्रशस्त अवसर र सम्भावनाहरू भएको देश हो । हामीले आविष्कार, नवीनतम खोज र सकारात्मक परिवर्तन गराउने कामको सुरुवात गर्नैपर्छ । समुदायमा प्रत्यक्ष प्रभाव पार्ने कार्यहरू गर्न युवाहरूलाई शिक्षित पार्नैपर्छ ।

यहाँ के आवश्यक छ त्यसतर्फ ध्यान दिन सके परिवर्तन सम्भव छ । शिक्षाको स्तरमा सुधार गर्नुपर्ने समय आएको छ । देशमा कस्तो शिक्षाको आवश्यक छ भन्नेतर्फ हामीले बुझ्न सक्नुपर्छ । टेक्निकल शिक्षाप्रति हाम्रो झुकाब कम देखिएको छ । शिक्षा दिनु राम्रो हो दिएको शिक्षा प्रयोग हुनका लागि प्रयोगशालाको निर्माण हुन आवश्यक छ ।

परिवर्तन त्यसै हुने होइन हामीले चाहेमा परिवर्तन हुन्छ यसमा दुईमत छैन । हाम्रो ध्यान भड्की रहेको छ । देशले परिवर्तन मागेको छ तर हामीले आफ्नो स्वार्थ मात्र हेरिरहेका छौं । हिजो बन्द भएका उद्योगमा लगानी गरेर युवालाई नेपालमै जागीर दिन सक्ने थुप्रै अवसरहरू छन् तर हाम्रो ध्यान यता किन पुग्न सकेन ।

हामी निराश र चिन्तित नबनौँ । निराशा र चिन्ताले हामीलाई पिरोल्न थाले भने हामी आफैँलाई सोध्ने गरौँ – म अरूलाई कसरी बढीभन्दा बढी प्रभाव पार्न सक्छु होला ? अनि त्यसैअनुसार कार्य गरौँ किनभने त्यस्तो प्रभावले नै जीवनमा ठूलो महत्व राख्छ ।

यो पनि पढनुहोस्

जडिबुटी र नेपालको अवस्था

महिलाको अधिकार र नेपालको अवस्था

*डा. राम बहादुर बोहरा नेपाल वैकल्पिक चिकित्सा विकास परिषद नवलपरासीको अध्यक्ष, बरिष्ट आयुर्वेद डाक्टर तथा साइन्स इन्फोटेकका सल्लाहकार हुनुहुन्छ ।

कुमारवर्ती औषधालय

साइन्स इन्फोटेक

साइन्स इन्फोटेक अनलाईन पत्रिका हो ।

Leave a Reply

error: Content is protected !!