राजनीति

के यहि हो परिवर्तन ?

डा. राम बहादुर बोहरा
डा. राम बहादुर बोहरा

परिवर्तन नभएको कहाँ हो र नेपालमा राजसंस्थापछि हुँदै लोकतन्त्र आयो । थुप्रै आन्दोलन भए १७ हजार मारिए तर यो आन्दोलन केवल कुर्सीका लागि मात्र भएको देखिन्छ । आन्दोलन भए सवै स्वार्थका लागि । नेपालमा बन्द उद्योग खोल्नुपर्छ । शिक्षीत युवा बेरोजगार हटाउन सरकारले उद्योग लगाउनुपर्छ भन्ने आवाज न नेताबाट आयो नत युवाको तर्फबाट आयो ।

देशमा विकास हुनुपर्छ भनेर आन्दोलन भएको पाइएन । जनताले परिवर्तन चाहेको भए आज नेपालमा थुप्रै परिवर्तन भइसक्ने थियो । एक गाउँ एक उद्योग सरकारले लगाई दिएको भए युवा बेरोजगार मेटिने थियो । शिक्षा दिएर समस्या समाधान हुदैन,त्यसका लागि रोजगारको व्यवस्था हुनुपर्छ ।

यो पनि पढ्नुहोस्

जनयुद्धभित्र लुकेको स्वार्थ

देश कसैको पेवा होइन ?

देश कता गई रहेको छ ?

परिवर्तन कुन चराको नाम हो ?

मेरो देश नेपालले कहिले काचुली फेर्ला ?

के यस्तो राजनीतिक अवस्थाले देश बन्न सक्ला ?

सत्ता हुनेहरुमा व्यक्तिगत स्वार्थको पराकाष्ठा

नेपाली धर्म संस्कृति, राजनीति र समाज कता गई रहेको छ ?

बुबाले सन्तान जन्माउछ पहिले हुर्काउन समय खर्च भएको हुन्छ । हुर्काई सकेपछि शिक्षाको कुरा आउछ । शिक्षा सन्तानलाई दिन खाई नखाई ऋण गरेर पढाएको हुन्छ । शिक्षा पुरा भइसकेपछि रोजगारको कुरा आउछ । सरकार भनेको जनताको घर हो । हरेक सन्तान भनेका जनता हुन जनताको हितमा यदि सरकारले केही गर्न सक्दैन भने त्यो बाबुको के काम जसले जन्माएर लालनपालन गरेर शिक्षा दिन सक्दैन वा रोजगार दिन सक्दैन ।

नेपाली मागेर खाएको केहि रेकड छ कसैको पासमा यो सवै विदेशमा गएर पसिना बगाएको पसिनाको कमाई हो भन्दा खासै फरक पर्दैन । आज परिवर्तन भएको छ केवल बाठाहरूको लागि मात्र लाटा सोझा हिजो पनि पछि थिए आज पनि पछि छन् भोली पनि पछि रहनेछन् । यस्तै अवस्था नेपालमा कायम भएमा यो चलिरहेको हुन्छ ।

Like & Follow us on Facebook

आज युवाको पिडा अर्को युवाले बुझ्न सकेको देखिएको छैन । यहाँ जसलाई अप्ठ्यारो पर्छ उसैलाई पर्छ । नेपाली-नेपाली वीच सहयोगको भावना जिरो छ छ भने केवल मर्ने बेला र मलामे जाँदा मात्र जम्मा हुने परम्परा देखिन्छ । यसरी नै सवै मिलेर गर्न सके यहाँ हिरा फलाउन सकिन्छ ।

नेपालीले उद्योग लगाउन सक्नुपर्छ विदेशीलाई किन उद्योग लगाउन दिने । यदि सरकारले उद्योगमा लचकता अपनाउछ भने नेपालीले यहाँ उद्योग लगाउछन् । आज नेपालीको उद्योगमा युनियनतन्त्र हुन्छ भने विदेशीको उद्योगमा किन युनियन घुस्दैन यसको ठोस कारण हो कमिसन तन्त्र ।

नेपालमा भ्रष्टाचार र कमिसनतन्त्र समाप्त हुन्छ भने मात्र नेपालमा परिवर्तन सम्भव छ । जनताले उद्योग लगाउदा अनावश्यक कर लादिएको हुन्छ । करको आधारमा देश कहिलेसम्म टिक्छ ? जबसम्म देशमा परिवर्तनका लागि ठूला ठुल्ठूला उद्योग स्थापना हुदैन तबसम्म देश उभो होइन उधो लाग्दै जानेछ । उद्योगमा विदेशी लगानी होइन स्वदेशी लगानी लगाउन सरकार अघि बढ्न सक्नुपर्छ आवश्यक छ ।

*यो लेखकको निजी नितान्त विचार हो ।

*डा. राम बहादुर बोहरा नेपाल वैकल्पिक चिकित्सा विकास परिषद नवलपरासीको अध्यक्ष, बरिष्ट आयुर्वेद डाक्टर तथा साइन्स इन्फोटेकका सल्लाहकार हुनुहुन्छ । 

कुमारवर्ती औषधालय

साइन्स इन्फोटेक

साइन्स इन्फोटेक अनलाईन पत्रिका हो ।

Leave a Reply

error: Content is protected !!