चिकित्सा विज्ञानस्वास्थ्य

राबेप्रा (Rabeprazole Sodium 20 MG Capsule) र यसको प्रयोग

डा. राम बहादुर बोहरा

डा. राम बहादुर बोहरा

राबेप्रा औषधि पेटको अल्सर, झोलिंगर-एलिसन सिंड्रोम, एसिड रिफ्लक्स र हेलिको बैक्टर पाइलोरी नामको बैक्टीरियाको कारणबाट भएको अल्सरलाई निको बनाउन प्रयोग गर्ने औषधि हो । ग्यास्ट्रिक एसिड पेटमा अत्यधिक उत्पादन प्रक्रियालाई यो औषधिले रोक्दछ । यसको प्रमुख काम भनेको एसिड बन्न नदिनु हो । पेटको रोगमा अन्य औषधिले ग्यास्ट्रिक निको नभएमा यो औषधि खानुस यो रोग निको हुन्छ ।

राबेप्रा (Rabeprazole Sodium 20 MG Capsule ) को प्रयोग सहि तरिकाले गर्न सकेमा मुखबाट अमिलो पानी आउने, पेटको अल्सर, पेप्टिक वा डुओडानल अल्सर, जीईआरडी वा गैस्ट्रो ओसोफेगल रिफ्लक्स रोगमा र हेलिकोबैक्टर पाइलोरी समाप्त पार्न प्रयोग गरिन्छ । राबेप्रा (Rabeprazole Sodium 20 MG Capsule ) को साथै अन्य कम्पनीले टेब्लेटमा पनि उपलब्ध गराएको छ । टेब्लेटले भन्दा क्यापसुलले चाँडो निको भएको कुरा केहि सेवनकर्ताको अनुभव छ ।

कुनै पनि औषधिको साइड-इफेक्ट कहिनकहि देखिन सक्छ । राबेप्रा (Rabeprazole Sodium 20 MG Capsule ) सेवन गर्नेहरूको अनुभव अनुसार टाउको दुख्ने, उल्टी हुने, कमजोर महसुस हुने र शरीरमा भिटामिन बी १२ को कमी हुने जस्ता समस्या देखिन सक्छ तर अहिलेसम्म यस्तो समस्या लिएर आएको भने पाइएको छैन । यदि यस्तो समस्या लिएर कोही आउछ भने औषधि रोकेर डाक्टरसंग परामर्श लिनुपर्ने छ ।

यस प्रकारको औषधि सेवन गराउदा डाक्टरको सल्लाह लिनु राम्रो हुनेछ । यो औषधि सेवन गर्नुपुर्ब ल्यूपस, लिवर सम्बन्धित रोग, एलर्जी जस्ता रोगबाट पिडित हुनुहुन्छ भने यो औषधि नखानुस भन्ने हाम्रो सुझाब छ । यस्तो औषधि सेवन गराउनुपुर्ब यदि महिला गर्भवती छन् वा दुध खुवाउने गर्छिन् भने वा भविष्यमा गर्भवती बन्ने चाहना राख्छिन भने यो औषधि नदिनु राम्रो हुनेछ ।

राबेप्रा (Rabeprazole Sodium 20 MG Capsule ) दिदाँ ध्यान दिनुपर्ने कुराहरु

कहिलेकाही अन्य औषधिसंग मिलाएर दिनुभयो भने निम्न औषधिसंग नदिदाँ राम्रो हुनेछ किनकि यसको असर उल्टो हुन सक्छ । यस्ले काम पनि नगर्न सक्छ । कुनै दुई औषधि मिलाएर चलाउदा रियाक्सन हुने सम्भावना हुन सक्छ ।

१. इट्राकोनाजोल (Itraconazole) र

२. केटाकोनाजोल Ketoconazole

नोट : पॉलीसिस्टिक ओभरी सिंड्रोम (Polycystic Ovary Syndrome) मा राबेप्रा सोडियम २० एमजी क्यासुल राबेप्रा (Rabeprazole Sodium 20 MG Capsules ) पॉलीसिस्टिक ओभरी सिंड्रोमको उपचार वा हार्मोनलको उपचार गर्नमा पनि प्रयोग गरिन्छ ।

मात्रा : रोगीको अवस्था अनुसार १ क्यापसुल दिनमा वा १ देखि २ पटकसम्म खाना भन्दा एक घण्टा पहिले दिनुपर्ने छ । यो औषधि अन्य औषधिसंग मिलाएर पनि दिन सकिन्छ ।

(औषधि सेवन गर्नुपुर्ब डाक्टरको सल्लाह लिनु जरुरी छ)

थप जानकारीको लागि

TIME Pharmaceuticals (Pvt. Ltd.

Mukundapur-5, Nawalparasi

*डा. राम बहादुर बोहरा नेपाल वैकल्पिक चिकित्सा विकास परिषद नवलपरासीको अध्यक्ष, बरिष्ट आयुर्वेद डाक्टर तथा साइन्स इन्फोटेकका सल्लाहकार हुनुहुन्छ । 

कुमारवर्ती औषधालय

साइन्स इन्फोटेक

साइन्स इन्फोटेक अनलाईन पत्रिका हो ।

Leave a Reply

error: Content is protected !!