चिकित्सा विज्ञानस्वास्थ्य

बर्वेरिस वुलगेरिस (Berberis Vulgaris ) Mother Tincture र यसको प्रयोग

डा. राम बहादुर बोहरा

डा. राम बहादुर बोहरा 

बर्वेरिस वुलगेरिस औषधि पत्थर चट्टा अजम्बरीको पातबाट बनेको छ । हाम्रो देशमा यो औषधि प्रशस्त पाइन्छ । यो औषधिको Botanical Name नै Berberis Vulgaris हो । यो औषधिको सेवनले चाहे मिर्गौला (Kidney) को Stone होस वा पित्तथैली (Gall Baladder)को पत्थरी किन नहोस झार्दछ । हामीले सवैभन्दा पहिले बुझ्नुपर्ने कुरा के छ भने मानिसलाई पत्थरी किन पर्छ र यसको ठोस कारण के हो ।

कुनै पनि औषधि होस वा पेयपदार्थ किन नहोस हामीले सेवन गर्नुपुर्व सोच्नुपर्छ । हाम्रो शरीरमा जब क्यालसियमको मात्रा बढ्न थाल्दछ त्यति बेला पत्थरी बन्न थाल्दछ । पत्थरी बन्नुमा सवै भन्दा ठूलो हात क्यालसियमको हो । क्यालसियमयुक्त खाना नखाएर औषधि सेवन गर्छौं भने ९९% पत्थरी १ देखि २ महिनामा यो औषधिले झार्दछ ।

यो पनि पढ्नुहोस्  

राबेप्रा (Rabeprazole Sodium 20 MG Capsule) र यसको प्रयोग

उपयोगी औषधि साइलीशिया (Silicea) र यसको प्रयोग

अस्थालीन इनहेलर (Asthalin Inhaler) र यसको प्रयोग

आईपड सि भी-२०० (Cefpodoxime Proxetil and Potassium Calavulante Tablet) को प्रयोग

सुपर सि भि ६२५ Amoxicillin and Clavulanate Potassium Tablets को प्रयोग

एन्टीकोल्ड ट्याब्लेट (Anti-Cold Tablet) साइनेक्स (Sinex) र यसको प्रयोग

क्यालसियम डोविसिलेट (डोबिक्याल) Calcium Dobesilate (Dobical) र यसको प्रयोग

औषधि Azithromycin (Anther) को प्रयोगवारे एक जानकारी

पारासिटामोल प्रयोग गर्दा अपनाउनुपर्ने सावधानीहरु

रोग लाग्नुको पछि सवैभन्दा ठूलो हात खानपान र औषधिहो हामीले खाने औषधिबाट पनि पत्थरी जम्न सक्छ । प्रकृतिले हाम्रो शरीरमा आवश्यक क्यालसियम पैदा गराउदछ यदि आवश्यक भन्दा बढी कृतिम क्यालसियम हामीले खान्छौं भने पनि यसको असर हाम्रो (Kidney) र (Gall Baladder) मा पर्न जान थाल्दछ ।

स्वास्थ्य हाम्रो अमुल्य धन हो सानो गल्तीले ठूलो दु:खको सामना गर्नुपर्ने हुन सक्छ । आज मैले यो औषधिबाट पत्थरी झार्ने तरिकाबारे प्रकाश पार्नेछु । यो औषधि आयुर्बेदिक हर्बलबाट होम्योपैथीकले Mother Tincture तयार गरेर मार्केटमा पठाएको छ । यो औषधि १५ थोपा १/४ भाग पानीमा राखेर ३ पटक २,३ महिना सेवन गर्नुपर्नेछ । यो औषधि होम्योपैथीक फार्मेसिमा उपलब्ध छ ।

(औषधि सेवन गर्नुपुर्ब होम्योपैथीक डाक्टरसंग परामर्श लिन जरुरी छ)

Like & Follow us on Facebook

*डा. राम बहादुर बोहरा नेपाल वैकल्पिक चिकित्सा विकास परिषद नवलपरासीको अध्यक्ष, बरिष्ट आयुर्वेद डाक्टर तथा साइन्स इन्फोटेकका सल्लाहकार हुनुहुन्छ ।

कुमारवर्ती औषधालय

साइन्स इन्फोटेक

साइन्स इन्फोटेक अनलाईन पत्रिका हो ।

Leave a Reply

error: Content is protected !!