आयुर्वेद

गाजा नष्ट नगरी औषधि बनाएर देशलाई समुन्नत बनाउन जुटौं

डा. राम बहादुर बोहरा
डा. राम बहादुर बोहरा

गाजा अति उपयोगी औषधि अन्तर्गत पर्दछ । सरकारले यस्ता बस्तुलाई नस्ट गर्ने होइन यसको उत्पादन बढाएर देशको आर्थिक स्तरमा सुधार गर्न सक्ने देखिन्छ । नेपाल बाहेक अन्य देशहरूमा गाजाको प्रतिबन्ध फुकुवा गरेको पाइन्छ तर नेपालमा अझै पनि गाजालाई लागू औषधको रूपमा हेरिन्छ । सरकारले यसको प्रयोग र उत्पादनलाई अपराधको रूपमा हेर्छ र दण्डित गर्छ ।

औषधि विज्ञानले गाँजालाई अहिले उपलब्धिमूलक र सहयोगी औषधिका रूपमा लिएको छ । ‘यसलाई विभिन्न प्रायोजनको लागि प्रयोग गर्न सकिन्छ । क्यान्सरका सेलहरू मार्न र रक्सी तथा अन्य हानिकारक लागूऔषधको लत छुटाउन पनि गाँजा उपयोगी हुने अनुसन्धानले देखाएको छ ।

यसको मद्दतले अरू थुप्रै किसिमका घातक रोगहरूको उपचार गर्न सकिन्छ । हामीले यसका अनगिन्ती फाइदाको सही उपयोग गर्न सक्नुपर्छ । गाजालाई लागुऔषध अन्तर्गत राखेकाले यसको कानुन पनि कडा पारेको देखिन्छ । बदलिदो समय अनुसार गाजामा लगाइने कानुनलाई बदल्नुपर्ने देखिन्छ । यस्तो बहुमुल्य औषधि बनाएर आर्थिक स्तरमा सुधार गर्न यसको खेती गरेर औषधि उत्पादन गराउन सके ठूलो उपलब्धि हुने देखिन्छ ।

गाजा वातावरणमैत्री र कम खर्चमै उत्पादन गर्न सकिने वस्तु हो । यसका अनगिन्ती प्रयोग गर्न सकिन्छ । यसले नेपालको आर्थिक उन्नतिमा पनि ठूलो मद्दत गर्न सक्छ । गाजाको पातबाट लगभग हामीलाई आवश्यक सम्पूर्ण वस्तु उत्पादन गर्न सक्छौँ । हामीले यसबाट कागज, तेल, औषधि लगायत अन्य थुप्रै वस्तु उत्पादन गर्न सक्छौँ । यसको सही उपयोग गर्न सके नेपालमा रोजगारको अवसर सिर्जना गर्न सकिन्छ ।

नेपालमा भएको अमूल्य गाजा खेतीको सही प्रयोगले नेपाल एसियाको स्विट्जरल्यान्ड बन्न सक्छ । समयसँगै गाजाप्रति संसारको सोचाइ परिवर्तन हुँदै गएको अवस्थामा नेपालले पनि यस सम्बन्धी कानुन खुकुलो बनाएर यसको सदुपयोग गर्नुपर्छ र यसबाट फाइदा लिन सक्नुपर्छ ।

यो पनि पढनुहोस्

गाजा र यसको उपयोगिता

गाजालाई फुकुवा गरे कसो होला ?

गाजा र भाङबाट गरिने आयुर्वेदिक उपचार

*डा. राम बहादुर बोहरा नेपाल वैकल्पिक चिकित्सा विकास परिषद नवलपरासीको अध्यक्ष, बरिष्ट आयुर्वेद डाक्टर तथा साइन्स इन्फोटेकका सल्लाहकार हुनुहुन्छ ।

कुमारवर्ती औषधालय

साइन्स इन्फोटेक

साइन्स इन्फोटेक अनलाईन पत्रिका हो ।

Leave a Reply

error: Content is protected !!