स्वास्थ्य

भ्याक्सिनबारे छोटो उपयोगी जानकारी

डा. राम बहादुर बोहरा
डा. राम बहादुर बोहरा

भ्याक्सिन किन आवश्यक छ भन्ने विषय निकै पेचिलो बन्दै गएको छ । सरकारले यस विषयमा पब्लिकलाई जानकारी दिन नसक्दा भ्याक्सिन किन भन्ने प्रश्न चिन्ह खडा भएको छ । TT खोप फलामको हतियारले काट्दा मात्र लगाउनुपर्छ भन्ने कुरा मात्र पब्लिकलाई जानकारी भएको देखिन्छ । तर यो नितान्त गलत हो टिटेनस जुनसुकै अवस्थामा हुन सक्छ ।

स-साना बच्चालाई समयमा निमोनिया हुन नदिन निमोकोकस भ्याक्सिन दिएमा भविश्यमा हुन सक्ने निमोनियाबाट उसलाई बचाउन सकिनेछ । हाम्रो समाजमा यस्ता विषयमा जनचेतना फैलाउन आवश्यक छ । भ्याक्सिन भनेको सानालाई मात्र हो ठूलोको लागि होइन भन्ने मानसिकतामा हाम्रो सिङ्गो राष्ट्रका पब्लिक लागेको देखिन्छ ।

भ्याक्सिन जुनसुकै किन नहोस् बच्चालाई मात्र होइन ठूलाले पनि लगाउनुपर्छ । महिलाहरूको एचपीभी भ्याक्सिन कै कुरा गरौ महिलालाई दाइजोको ठाउँमा यो भ्याक्सिन दिन सके भविष्यमा पाठेघरको क्यानसरबाट जोगाउन ठूलो मद्दत यसले गर्ने देखिएको छ ।

भ्याक्सिनको सन्दर्भमा कुरा गर्ने हो भने एउटा डाक्टरले भ्याक्सिन लगाएको छैन भने पब्लिकले के भ्याक्सिन लगाएका होलान हामीले यो बुझ्न जरूरी छ । सरकारले यदि पब्लिकको स्वास्थ्यलाई ध्यान दिन सक्छ भने नेपालका हरेक नागरिकलाई भ्याक्सिन निशुल्क दिएको हुनुपर्छ । नागरिक स्वस्थ भए मात्र देश स्वस्थ हुन सक्छ ।

समयमा भ्याक्सिन दिन सके विविध रोगको आक्रमणबाट नागरिककाई बचाउन सकिने हुनाले देशले ठूलो धनरासी विदेश जानुबाट बचाउन सक्नेछ । महिलाको पाठेघरको क्यान्सर भाइरसका कारणले हुने क्यान्सरबाट जोगिन भ्याक्सिन दिन सकिन्छ, जसलाई एचपीभी भ्याक्सिन भनिन्छ । यसको मुल्य लगभग ६ हजार रुपैयाँ जति पर्छ ।

एक जना महिलालाई यो भ्याक्सिन ३ पटकसम्म दिनुपर्ने हुन्छ । यो एचपी भ्याक्सिन नेपालमा पनि उपलब्ध छ । सरकारले यो भ्याक्सिन नि:शुल्क उपलब्ध गराउनु पर्दछ । नेपालका हरेक नागरिकले बर्षमा ३ पटक TT खोप लगाउन सके एक बर्षसम्म टिटेनसबाट सुरक्षित हुने देखिएको छ । साना ठूला सबैलाई समयमा भ्याक्सिन दिन सके थुप्रै रोगको आक्रमण हुनबाट जोगाउन सकिनेछ ।

यो पनि पढनुहोस्

धनुष्टंकार रोगविरूध लगाइने टिटी खोपबारे जानकारी

*डा. राम बहादुर बोहरा नेपाल वैकल्पिक चिकित्सा विकास परिषद नवलपरासीको अध्यक्ष, बरिष्ट आयुर्वेद डाक्टर तथा साइन्स इन्फोटेकका सल्लाहकार हुनुहुन्छ ।

कुमारवर्ती औषधालय

साइन्स इन्फोटेक

साइन्स इन्फोटेक अनलाईन पत्रिका हो ।

Leave a Reply

error: Content is protected !!