खानपान

जाडोमा अदुवा नै किन खाने ? जानी राखौ

डा. राम बहादुर बोहरा
डा. राम बहादुर बोहरा

जाडो मौसम शुरु भएको छ । जाडोमा अदुवा नै किन खाने ? भन्ने कुरा जान्न ठूलो उपलब्धि हुने देखिन्छ । परिवारका सदस्यलाई कसरी बचाउने र के खाने भन्ने कुरा सोच्नुपर्ने बेला आएको छ । सामान्यतया मसलाका रूपमा प्रयोग गरिने अदुवा जाडो समयमा शरीरलाई तातो बनाइ राख्न अत्यन्तै गुणकारी मानेका छौं ।

बहुऔषधिको गुण भएको अदुवाले शरीरको लागि महत्वपूर्ण भूमिका लिएको छ । शरीर दुखाइदेखि लिएर स्त्री रोगका विभिन्न समस्या समाधान गर्न मद्दत गर्छ । जाडो सुरु भएपछि थोरै-थोरै मात्रामा अदुवा टोक्ने गर्नुपर्छ । हरेक खानामा अदुवा खाने गरेमा यसले धेरै फाइदा हुनेछ ।

अदुवा विश्वकै स्वादिष्ट मसलाको रूपमा गनिन्छ । आयुर्वेदमा अदुवालाई औषधिको रुपमा उपयोग गर्दै आएको छ । यहाँ अदुवाका केहि फाइदाबारे जानकारी पस्कन गइरहेका छौं । अदुवालाई पनि जडिबुटी अन्तर्गत राखिएको छ।

अदुवाका अन्य फाइदाहरु यस्ता छन्

१. अदुवाले सबै खाले बिरामीपनलाई कम गर्छ । अदुवाले गाडीमा यात्रा गर्दा हुने वान्ता, गर्भवती महिलालाई हुने वान्ता आदिलाई कम गर्न मद्दत गर्छ ।

२. भुग्रामा राखेर पोलेको अदुवामा मिस्री मिलाएर चुस्नाले गला साफ गर्नुको साथै सामान्य खोकी समेत निको पार्दछ ।

३. चियामा अदुवा राखेर खाने गरेमा रूघा लाग्नबाट रोक्दछ । चिसो भएमा अदुवाको चियाले हटाउदछ ।

४. बन्द नाक र छातीका लागि – रुघाखोकी, नाक बन्द हुने समस्या भएमा एक कप अदुवा चिया पिउँनुहोस्, छुट्कारा हुन्छ ।

५. अपच र मुटु पोल्ने समस्याका लागि – पेट र छाती पोल्ने समस्याको जड मुख्य गरी अपचलाई मानिन्छ । अदुवाले अपच जस्ता समस्यालाई तुरुन्तै हटाइदिन्छ र तपाईको पेटलाई चाँडै खाली पार्ने काम गर्छ ।

६. जोर्नी र गठिया रोगीका लागि दुखाई कम गर्न अदुवा लाभदायक हुन्छ ।

७. अदुवाले ओक्सिकरण लिपोप्रोटिन र अपो-बि र अपो-एको अनुपातको स्तरलाई कम गर्छ, यी दुवै हृदय रोगको संकेत हुन् ।

८. मांसपेशी दुखाईको पौराणिक चिकित्सा – दिनानुदिन हुने मांसपेशी दुखाईबाट छुटकारा पाउन अदुवाले ठूलो भूमिका खेल्दछ ।

९. यसले रक्त सञ्चारलाई सहज गराउँछ । छालालाई सफा गर्छ, कलेजोलाई सक्रिय राख्छ र शरीरलाई स्वस्थ्य र शुद्ध राख्न मद्दत गर्छ । अदुवाले तपाईको कामवासनामा पनि सकारात्मक भूमिका खेल्छ ।

१०. एक कप अदुवा चियाले मांसपेशीलाई आराम प्रदान गर्छ र पाचन प्रणालीमा पेटको ग्यासलाई विस्तारै र सुरक्षित तरिकाले बाहिर निकाल्न मद्दत गर्छ ।

यो पनि पढनुहोस्

जाडोमा के खाने ? यस्ता छन् जान्नैपर्ने कुराहरु

लामो आयु बाँच्न कस्तो खाना खाने ? जानी राखौ

*डा. राम बहादुर बोहरा नेपाल वैकल्पिक चिकित्सा विकास परिषद नवलपरासीको अध्यक्ष, बरिष्ट आयुर्वेद डाक्टर तथा साइन्स इन्फोटेकका सल्लाहकार हुनुहुन्छ ।

कुमारवर्ती औषधालय

साइन्स इन्फोटेक

साइन्स इन्फोटेक अनलाईन पत्रिका हो ।

Leave a Reply

error: Content is protected !!