धर्म-सस्कृतिराष्ट्रिय समाचार

पितृ मोक्ष धनधान्याचलको तयारीबारे छोटो जानकारी

डा. राम बहादुर बोहरा
डा. राम बहादुर बोहरा

पुस ७, नवलपरासी । नबजागरण बहुमुखी क्याम्पस चोरमारामा हुने पितृ मोक्ष धनधान्याचलको तयारी तिब्र पारिएको जानकारी हामीलाई प्राप्त भएको छ । यहि पौष २७ देखि माघ ६ गते सम्म सन्चालन हुने श्रीमदभागवत पितृमोक्ष धनधान्याचल बिराट ज्ञान महायज्ञको लागि आन्तरिक तथा बाहय तयारी तिब्र पारिएको छ।

यस्बाट प्राप्त रकमबाट क्याम्पसमा अध्ययन गर्ने विधार्थीहरुका लागी सर्वसुलभ शिक्षाको व्यवस्था गर्ने, क्याम्पसलाई भौतिक सुविधायुक्त बनाई गुणस्तर सुनिश्चितता प्राप्त गराउन, स्नातक तहमा समयसापेक्ष प्राविधिक शिक्षा तथा छात्रावास सन्चालन गर्न पितृ मोक्ष धनधान्याचलको आयोजना गरिएको मुल आयोजक समिति संयोजक चेतनाथ तिवारीले बताउनुभएको छ ।

धनधान्याचलबाट करिब १५ करोड संकलन गर्ने लक्ष्य राखेकोमा २ करोड रुपैयाका लागि यज्ञ सुरु हुनुपुर्ब नै दाता तयार भएको मुल आयोजक समितिका उपसंयोजक केदार प्रसाद पराजुलीले बताउनु भएको छ ।

शैक्षिक क्षेत्रमा गरिएको लगानिलाई सबैले साथ र सर्मथन गर्नुपर्ने देखिएको छ । यस पितृ मोक्ष धनधान्याचललाई सवैको सहयोगका लागि क्याम्पस व्यबस्थापन समिति अध्यक्ष तुलसीराम तिवारीले अपिल गर्नुभएको छ । यज्ञमा केदारनाथका पिठाधिश जगतगुरु सिवाचार्यद्वारा पितृ मोक्षका लागि पुजाको समेत ब्यवस्था गरिएको बुझिएको छ ।

यो पनि पढनुहोस्

उत्कृष्ट नमूना विद्यालय श्री त्रिभुवन बाल माध्यमिक विद्यालय ढोकी

*डा. राम बहादुर बोहरा नेपाल वैकल्पिक चिकित्सा विकास परिषद नवलपरासीको अध्यक्ष, बरिष्ट आयुर्वेद डाक्टर तथा साइन्स इन्फोटेकका सल्लाहकार हुनुहुन्छ ।

कुमारवर्ती औषधालय

साइन्स इन्फोटेक

साइन्स इन्फोटेक अनलाईन पत्रिका हो ।

Leave a Reply

error: Content is protected !!