आयुर्वेद

मानव स्वास्थ्य र जडिबुटीको आवश्यकता

डा. राम बहादुर बोहरा
डा. राम बहादुर बोहरा

मानव शरिरमा देखापर्ने हरेक किसिमका नयाँ तथा पुराना रोगको प्रमुख कारण प्रत्यक्ष वा अप्रत्यक्ष रुपमा खानपान तथा व्यक्तिगत आचरणका कारण भएको कुरा चिकित्सा विज्ञानले प्रमाणित गरिसकेको भएपनि व्यहारिक रुपमा सुधार ल्याउन भने विश्वमा नै निकै कठिन भएको स्वास्थ्य विज्ञहरुको ठम्याई रहेको छ ।

बिकसित मुलुकको दाजोमा बिकासोन्मुख मुलुकमा स्वास्थ्य समस्या बढ्दो रुपमा हुनुलाई जनचेतनाको कमिको रुपमा औल्याईएको छ । टक्क टक्क जिब्रो पड्काउँदै चिल्लो, पिरो, अमिलो, मादक पदार्थ तथा धुम्रपान सेवन गरिन्छ त्यसले शरिरमा कस्तो असर पार्छ भन्ने बारेमा पनि उत्तिकै ज्ञान हुनु जरुरीछ ।

क्षणिक रुपमा जिब्रोको स्वादको लागि शरिरलाई असर पार्ने तत्व खानमा मानवहरु उत्साहित हुने गरेकै कारण आज विश्वमा सर्ने भन्दा नसर्ने दीर्घ रोगले जरा गाड्दैछ । सुधारका लागि प्रशस्त प्रयास भैरहेको भएपनि सोचे जति उपलब्धि नभएको विश्व स्वास्थ्य संगठनले जनाएको छ ।

नेपालीहरुको आम्दानीको दाँजोमा उपचार खर्च अत्यन्तै महगो छ । आम्दानी अनुसार खर्च गरी स्वस्थ र सुन्दर कसरी बन्न सकिन्छ भनेर बाहिरी बजारको मिसावट खाना र केमिकलयुक्त औषधिको पछि दर्गुर्दा एकपछि अर्को रोग साइड इफेक्ट बढ्दो क्रममा देखा परेको छ ।

यसलाई न्यूनीकरण गर्नका लागि परम्परागत जडिबुटी तथा प्राकृतिक पद्धतिद्धारा स्वास्थ्य उपचारमा प्रयोग हुने घरेलु जडिबुटीहरु उपयोग गर्न जोड दिँदै आज अघि बढ्न आवश्यक हुदैछ । नेपालमा खेर गइरहेका जडिबुटीलाई प्रयोग गराउन सके मानिस निरोगी हुनमा दुईमत छैन ।

हाम्रो देशमा औषधि नखाई ठिक हुने रोगहरू थुप्रै छन् यदि हामीले त्यस्ता औषधिको अभियानको रूपमा चलाउन सके लोककल्याण हुने निश्चित छ । हाम्रो जंगलमा जडिबुटी खेती गरी स्वास्थ्य लाभ दिनुको साथै मनग्गे आम्दानी लिन सकिने देखिन्छ । हामी अरूको उत्पादनमा रमाउने तर स्वयम् केहि गर्न नसक्ने परिपाटीका कारण आज पछि परिरहेका छौं ।

घरमै बसेर उपचार गर्न सकिने परम्परागत जडिबुटी तथा प्राकृतिक पद्धतिद्धारा नै उपचार गराउन धेरै राम्रो उपलब्धि हो । यस्ता उपचार पद्धतिबारे सबैले जान्न आवश्यक हुदैछ । नेपाल एउटा त्यस्तो मुलुक हो जहाँ हिमाली जडीबुटीदेखि आयुर्वेदिक उपचार तथा परम्परागत उपचार विधिमा निर्भर रहेको मुलुकमा परम्परागत उपचार के हो र जडिबुटी कहाँ कसरी पाइन्छ भन्ने जानकारी दिन सके ठूलो उपलब्धि हुने देखिएको छ ।

यो पनि पढनुहोस्

जाडोमा के खाने ? यस्ता छन् जान्नैपर्ने कुराहरु

लामो आयु बाँच्न कस्तो खाना खाने ? जानी राखौ

*डा. राम बहादुर बोहरा नेपाल वैकल्पिक चिकित्सा विकास परिषद नवलपरासीको अध्यक्ष, बरिष्ट आयुर्वेद डाक्टर तथा साइन्स इन्फोटेकका सल्लाहकार हुनुहुन्छ ।

कुमारवर्ती औषधालय

साइन्स इन्फोटेक

साइन्स इन्फोटेक अनलाईन पत्रिका हो ।

Leave a Reply

error: Content is protected !!