वातावरण

पेपर कपका विशेषताहरु र फाइदाहरु

प्लाष्टिकको गिलासमा चिया पिउनु त मन्द खतरानक बिष नै पिए जस्तो हो । क्यान्सर विशेषज्ञ अनुसार प्लाष्टिक जब तातो पदार्थको सम्पर्कमा आउँछ तब बिसफिनल ए (बीपीए) का पग्लन थाल्छ । बातावरणीय स्वास्थ्य दृष्टिकोण अनुसन्धान पत्रमा प्रकाशित लेख अनुसार प्लाष्टिकको गिलासमा लगातार लामो समयसम्म चिया पिउदा गर्भवती महिलालाई ब्रेस्ट क्यान्सर र पुरुषमा प्रोस्टेट क्यान्सर गराउंछ ।

स्वास्थ्यको दृष्टिकोणले पनि पेपर कपमा तातो चिया पिउदा केहि हानी नहुने विज्ञहरुको धारणा रहेको छ। पेपर कपको प्रयोग अस्पतालहरू, व्यवसायिक केन्द्रहरू, स्कूलहरू, कार्यालयहरू र अन्य धेरै ठाउँहरूमा प्रयोग गरिन्छ । यी कपहरू प्लास्टिक र स्ट्रोफामम कपको तुलनामा निकै फाइदाजनक हुन्छन् । यो कप बोर्ड वा पेपरबाट उत्पादन गरिन्छ । पेपर कपको प्रयोगका महत्वपूर्ण विशेषताहरु र फाइदाहरु निम्न अनुसार छन् :

यो पनि पढ्नुहोस्

प्लाष्टिक पर्यावरण र जनस्वास्थ्य

प्लाष्टिकको कपमा चिया पिउँदा स्वास्थ्य पुग्ने हानीहरु

प्लाष्टिकको झोला, कप प्रयोग गर्न प्रतिबन्ध नगरपालिकाहरु

के हो प्लाष्टिक ? ४५० बर्ष कुहिन समय लाग्ने प्लाष्टिक बोतलको प्रयोग नगरौ

प्लाष्टिक प्रयोग घटाउने जनचेतनामूलक कार्यक्रम कामपाका ३२ वटै वडामा गर्नुपर्ने – पूर्वमन्त्री शाह

१. पर्यावरण अनुकूल

यी कपहरू मूलतः डिस्पोजेबल सामग्रीबाट बनेकाले गर्दा सजिलै कुहिन्छन् । यो कपलाई पुन: प्रयोग गर्न सजिलो छ ।

२. बायोडिग्रेडेबल

डिस्पोजेबल पेपर कपलाई स्वच्छ उत्पादनको रूप मानिन्छ किनकी यो बायोडिग्रेडेबल छ । यो प्राकृतिक रुखहरुबाट बनाइएकोले कुनै पनि विषाक्त तत्व रहेको हुदैन ।

३. पुनः प्रयोगयोग्य

यी डिस्पोजेबल कपहरू पुन: प्रयोग गर्न सकिने हुन्छन् ।

Like & Follow us on Facebook

४. सुरक्षित

प्लास्टिक र स्ट्रोरोफोम कपको तुलनामा यी कपहरु प्रयोग गर्न सजिलो र विषाक्त तत्व नहुने हुनाले तातो र चिसो पेय पदार्थ प्रयोग गर्दा सुरक्षित हुन्छ ।

५. विविधता

यी कपहरूको आकार र साइजको विस्तृत विविधतामा उपलब्ध छन् । कार्टून डिजाइन, मुद्रित लोगो, कफी वा चिया जस्ता विभिन्न डिजाइनमा पनि उपलब्ध हुन्छन् ।

६. हल्का तौल

पेपर कपको तौल हल्का हुनाले अधिकांश मानिसहरू यी कपहरू किन्न चाहन्छन् ।

साइन्स इन्फोटेक

साइन्स इन्फोटेक अनलाईन पत्रिका हो ।

Leave a Reply

error: Content is protected !!