खानपान

ऐंसेलु खानुका फाइदाहरु

ऐंसेलु वनस्पति हिमालय पर्वत श्रृङ्खला आसपासका पहाडी भूभागमा पाइने एक बहुबर्षीय बुट्यान वर्गको वनस्पति हो । ऐँसेलु एसियाको हिमालय पर्वत श्रृङ्खला आसपासका क्षेत्रको रैथाने वनस्पति हो । यो जातको ऐँसेलु नेपालको पहाडी भेगको सबै ठाउँमा पाइन्छ । नेपालका अलावा भारतका उत्तरी पहाडी भूभाग, चीन र पाकिस्तानमा समेत पाइन्छ । यसको बोट एक झाडी खालको हुन्छ । यो फल चैत्र महिनादेखि लिएर जेठ महिनासम्म पाक्ने गर्दछ । यसलाई ‘गोल्डेन हिमालयन रासबेरी’ भनेर चिनिन्छ । कतिपय भेगमा चाहि यसलाई ‘रासबेरी’ नामले पनि चिनिन्छ ।

यो पनि पढ्नुहोस्

औषधिका रुपमा तेजपत्ताका फाइदाहरु

औषधिको रुपमा बर्रोको प्रयोग

पुदिना र यसका फाइदाहरु

सिस्नु खानुका फाइदै फाइदाहरु

पालुंगो र यसका फाइदाहरु

कुरिलो खानुका फाइदाहरु

जाडोमा बदाम खानुका फाइदै फाइदाहरु

कागती पानीका फाइदाहरु के के छन् ?

यो समय पहाडका डाँडा-खर्कहरु, भीर-पाखामा ऐंसेलु पाकेर पहेंलपुर छन् । नेपालमा ऐंसेलुको जुसदेखि वाइनसम्म बनाउन थालिएको छ । यसरी वाइनका लागि ऐंसेलुको खपत हुने भएपछि तेह्रथुमका कतिपय भेगका किसानले यसबाट राम्रै्र आयआर्जन लिइरहेको पाइन्छ । जंगली वनपाखामा फलेर त्यसै खेर गइरहेको ऐंसेलुबाट तयार भएको वाइनको पछिल्लो समय युरोपीय मुलुकबाट समेत माग आइरहेको उद्योगले जनाएको छ ।

फाइदाहरु

१. ऐंसेलु रसिलो, गुलियो फल हुन्छ । यसमा भिटामिन-सि, फिनोल, फ्लेवोनोइड जस्ता सुक्ष्म पोषकतत्व हुन्छ ।

२. ऐंसेलु जस्तो निश्चित मौसममा पाइने फल खानु लाभदायक छ । ऐंसेलुबाट जुसदेखि ‘ह्वाइट’ वाइनसम्म बनाउन थालिएको छ ।

३. ऐंसेलुको जरामा औषधिय गुण हुन्छ । ज्वरो आउँदा, झाडापखला लाग्दा, ग्याष्ट्रिक हुँदा ऐंसेलुको जरा सेवन गर्नु फाइदाजक हुन्छ ।

४. पेटको समस्या, टाउको दुखाई आदिको उपचारमा ऐंसेलुको जरा उपयोगी हुन्छ ।

५. ऐंसेलुको जराको पेस्ट बनाएर लगाउँदा शरीरका बाहिरी घाउहरु निको हुन्छ ।

६. पेस्टिक अल्सरको उपचारमा समेत ऐंसेलुको पात प्रयोग गरिन्छ ।

७. ऐंसेलुले मिर्गौलालाई स्वस्थ राख्छ ।

Like & Follow us on Facebook

साइन्स इन्फोटेक

साइन्स इन्फोटेक अनलाईन पत्रिका हो ।

Leave a Reply

error: Content is protected !!