खानपानहेल्थ टिप्स

गुन्द्रुक खानुका फाइदाहरु

गुन्द्रुक सागबाट बनाइने जाडो याममा खाने खाना हो । गुन्द्रुक रायोको साग, तोरीको साग, मुलाको साग आदिबाट बनाइने परम्परागत तरकारी हो । यसलाई नेपालको वा नेपालीको विशेष खानाको रुपमा विदेशीहरुले समेत चिनेका छन् । हामी नेपालीलाई चिनाउने मुख्य आधार भनेको गुन्द्रुक र ढिडों नै हो । गुन्द्रुकमा मुख्यतया ४८ प्रतिशत कार्बोहाइडेट, ४९ प्रतिशत प्रोटिन र ३ प्रतिशत चिल्लो पदार्थ पाइन्छ ।

विशेष गरी गाउँमा यसलाई छाक टार्ने तरकारीको रुपमा मात्र लिइन्छ भने यसले शरिरमा दिने फाइदाको कारण पछिल्लो समयमा शहरको धनीहरुमा पनि यो लोकप्रिय भएको छ । ढिडों गुन्द्रुकको स्वाद मेट्नका लागि अब गाउँपाखा होइन, शहरका उत्कृष्ट रेष्टुरेन्ट चाहर्नुपर्ने अर्थात ढिडो र गुन्द्रुक फरक परिकारको रुपमा ब्रान्डिङ भएको छ । तिख्खर रैथाने स्वाद खोज्नेका लागि यो खान्की सर्वोत्तम विकल्प हो । स्वास्थ्यको लागि गुन्द्रुक खानुका फाइदाहरु निम्न अनुसार छन् ।

यो पनि पढ्नुहोस्

फर्सीको मुन्टा खानुका फाइदाहरू

हरियो खुर्सानी खानुका फाइदाहरू

भेण्टा खानुका फाइदाहरू

गोलभेडाका फाइदाहरू

चना र यसका फाइदाहरू

गहुको जमरा र यसको सेवनका फाइदाहरू

अङ्कुरित गेडागुडी खाँदा स्वास्थ्यमा हुने फाइदाहरू

फाइदाहरु

१. आँखाको भिजनका लागि उपयोगी

यो खानुको पहिलो फाइदा हो ,यो आँखाको भिजनका लागि अति उपयोगी मानिन्छ । यसले आँखा चिलाउने, दुख्ने, सुख्खा हुने समस्यालाई कम गर्दै लैजान्छ । गुन्द्रुकले आँखामा हुने अल्सरको सम्भावनालाई पनि कम गर्छ ।

२. तौल घटाउन

त्यसैगरी गुन्द्रुक नियमित सेवन गर्दा तौल घटाउनमा मद्दत पुग्छ ।

३. क्यान्सरको सम्भावनालाई कम

यसले क्यान्सरको सम्भावनालाई समेत कम गर्ने काम गर्छ ।

४. ग्याष्ट्रिक र अल्सर रोगमा फाइदा

ग्याष्ट्रिक र अल्सर भएका बिरामीले पनि सादा गुन्द्रुकले फाइदा र्पुयाउँछ । गुन्द्रुकमा खनिज पदार्थका मात्रा प्रशस्त हुन्छ ।

५. स्मरणशक्ति बढाउन

यसले स्मरणशक्ति कम हुनेहरुले रायोको गुन्द्रुक सेवन गर्दा राम्रो हुन्छ किनकी यसले स्मरणशक्ति बढाउनको लागि पनि सहयोग र्पुयाउँछ ।

Like & Follow us on Facebook

६. कोलस्ट्रोल घटाउन

अधिक कोलस्ट्रोलको समस्या छ भने पनि त्यसलाई कम गर्नका लागि रायोको गुन्द्रुक सेवन गर्न सकिन्छ । यसले कोलेस्ट्रोल घटाउनको लागि भूमिका खेल्छ ।

७. हड्डी मजबुत बनाउन

शरीरका हड्डी मजबुत बनाउनको लागि पनि गुन्द्रुक सेवन गर्दा हुनछ ।

८. कोल्ड लुबाट बचाउन

गुन्द्रुक जाडो मौसममा लोकप्रिय छ । यसको मेडिकल कारण पनि छ । यसले कोल्ड लुबाट बचाउनको लागि महत्वपूर्ण भूमिका निर्वाह गर्छ । जसका कारण हिमाल जाने मान्छेले गुन्द्रुक बोकेको हुन्छ ।

साइन्स इन्फोटेक

साइन्स इन्फोटेक अनलाईन पत्रिका हो ।

Leave a Reply

error: Content is protected !!