ज्योतिषशास्त्र

१२ मुखी रुद्राक्ष धारण गर्दा हुने फाइदाहरु

१२ मुखी रुद्राक्ष धारण गर्दा हुने फाइदाहरु । प्रायः व्यक्तिको जन्म कुण्डलीमा सूर्यसँग जोडिएका समस्या हुन्छन् । यदि कोही व्यक्तिको लग्न कुण्डलीमा सूर्य कमजोर छ भने त्यो मानिस उसले जीवन धेरै कष्ट तथा संघर्ष गर्नुपर्ने शास्त्रले बताउँछ । जति संघर्ष गरेपनि सफलता प्राप्ति हुँदैन । यही कारण उसमा निराशा पैदा हुन्छ । सूर्य कुण्डलीमा आत्मबल, आत्मविश्वासलाई ऊर्जाको कारक मानिन्छ । यदी कुण्डलीमा कुनै बाल बच्चको सूर्य कमजोर छ भने उसको जीवनमा पैसा कम, संघर्ष बढी हुने गर्छ । जीवनमा अघि बढ्नका लागि, धन प्राप्ति र यश आरामका लागि सूर्य कुण्डली बलियो हुनैपर्ने ज्योतिषशास्त्रीहरु मान्यता राख्छन् र सोही अनुसार फलादेश गर्छन् ।

यो पनि पढनुहोस्

रुद्राक्ष र यसको महत्त्व

कुन राशीका लागि कति मुखे रूद्राक्ष राम्रो ?

यी ३ राशी हुने बुहारीहरु हुन्छन् लक्ष्मी समान, घरलाई बनाउँछन् स्वर्ग

ज्योतिषशास्त्रका अनुसार यस्तो योगले बनाउँछ मान्छेलाई धनी

ज्योतिषशास्त्र अनुसार मानिसको शरीरका कुन अंग फरफराए के फल ?

ज्योतिषशास्त्र अनुसार पढाईमा सफलता हासिल गर्ने तरिकाहरु

शास्त्र अनुसार रातको समयमा यी ५ कामहरु नगर्नुहोस्

कुण्डलीमा सूर्य कमजोर अवस्थामा रहेको र यसको दोष निवारणको लागि एक मात्र उपाय भनेको १२ मुखे रुद्राक्ष हो । ज्योतिषीहरुले पनि सोही अनुसारको सल्लाह र परामर्श दिने गर्छन् । १२ मुखी रुद्राक्ष भगवान विष्णुको स्वरूप मानिन्छ । विष्णुका देवता सूर्य हुन् । १२ मुखी रुद्राक्षलाई धारण गर्नुहुन्छ भने सूर्य बलियो हुन्छ भन्ने मान्यता राखिन्छ । १२ मुखी रुद्राक्षको शुभ मुहूर्तमा आइतबारका दिन धारण गर्नाले सवैलाई लाभ मिल्छ । तर एउटा ध्यान राख्नुपर्ने कुरा के हो भने १२ मुखे रुद्राक्षलाई मन्त्रद्वारा सिद्ध गरिएको हुनुपर्छ । १२ मुखी रुद्राक्ष धारण गर्दा हुने फाइदाहरु निम्न अनुसार छन् ।

फाइदाहरु

१. १२ मुखी रुद्राक्ष धारण गर्नाले निर्धन व्यक्ति धनी हुन्छ । रुद्राक्षको धारण गर्नाले परिवारमा सुख एवं सम्पत्ति प्राप्त हुन्छ ।

२. शास्त्रका अनुसार रुद्राक्षको धारण गर्नाले सूर्य देवताको दोष निवारणका साथै अश्वमेघ जति शक्तिशाली बनाउँछ ।

३. १२ मुखी रुद्राक्षको धारण गर्नाले दु:ख, निराशा, कुंठा , पीड़ा और दुर्भाग्य नास हुन्छ भन्ने शास्त्रले बताउँछ ।

Like & Follow us on Facebook

४. यदि कुनै व्यक्ति छिटो-छिटो विरामी परिरहन्छ अथवा कुनै बालबालिका मानसिक रुपमा विचलित हुन्छन् भने यो रुद्राक्षको धारण गर्नु उत्तम उपाय मानिन्छ । किनकी बाह्र मुखी रुद्राक्ष उस व्यक्तिका लागि ब्रह्मास्त्र समान मानिन्छ ।

५. हृदय रोग, फोक्सो सम्बन्धी रोग र छाला सम्बन्धी रोग लगायत शारीरिक एवं मानसिक संकटलाई १२ मुखी रुद्राक्षले नाश गर्छ भन्ने मान्यता राखिन्छ ।

साइन्स इन्फोटेक

साइन्स इन्फोटेक अनलाईन पत्रिका हो ।

Leave a Reply

error: Content is protected !!