हेल्थ टिप्स

तपाई राती निन्द्रा लाग्दैन, राम्ररी निदाउन यसो गर्नुहोस्

मानिस शारारिक र मानसिक रुपमा स्वस्थ्य रहन गहिरो निन्द्रा ७ देखि ८ घण्टा सुत्नुपर्ने हुन्छ । निदाउनका लागि औषधी सेवन गर्नु राम्रो विकल्प होइन । त्यसले नकारात्मक असर गर्छ । कतिले निदाउने बाहानामा मदिरा सेवन गर्छ, जो एकदमै नराम्रो अभ्यास हो । मस्त मातेपछि बेहोसीमा सुत्ने बानीले स्वास्थ्यमा थप ठूलो हानी गर्छ । आफुलाई के कारणले निन्द्र लागेको छैन भन्ने कुराको पहिल्याउनुपर्छ । कसैलाई चिन्ताले हुनसक्छ, कसैलाई शारीरिक कारणले । कसैलाई बाह्य वातावरणले पनि निन्द्र नलागेको हुनसक्छ । निन्द्रा नलाग्नुको कारण फेला परेपछि सोहि अनुसार निदानको उपाय खोज्न सकिन्छ । त्यसबाहेक अन्य केहि विधी छन्, जसले निदाउन सहयोग गर्छ । त्यसकारण तपाई राती राम्ररी निदाउन सक्नुहुन्न, यसो गर्नुहोस् ।

यो पनि पढनुहोस्

निन्द्रा किन लाग्दैन ?

स्वस्थकर जीवनको लागि यस्ता छन् हाँस्नुका फाइदाहरु

बेडरुममा राख्न नहुने यी ५ चिजहरु

मानसिक तनावबाट मुक्त रहने उपायहरु

वास्तुशास्त्र अनुसार अध्ययन गर्ने कक्ष हुनुपर्छ यस्तो

वास्तुशास्त्र अनुसार यी कामहरु गरेमा मिल्नेछ सफलता

जान्नुहोस् ! वास्तुशास्त्र अनुसार के गर्ने र के नगर्ने ? केहि उपयोगी टिप्सहरु

वास्तुशास्त्र अनुसार घर बनाउँदा ध्यान दिनुपर्ने अत्यावश्यक कुराहरु

वास्तुशास्त्र अनसार घरमा गरिबी र अशान्ति निम्त्याउँने ५ दोषहरु

वास्तु दोषमुक्ति तथा वास्तुशास्त्रबाट लिन सकिने लाभ

वास्तुशास्त्र अनुसार घरको के के कुन दिशामा हुनुपर्छ ?

कसरी लिने गहिरो निन्द्रा ?

१. राती सुत्ने समयलाई नियमित गरौं । सम्भव भएसम्म ८ देखि १० बजेसम्म ओछ्यानमा पुग्नुपर्छ । नियमित सुत्ने अभ्यासले ठीक समयमा निन्द्रा लाग्छ ।

२. ओछ्यानमा पुगेपछि छटपटी हुन्छ, मनमा कुरा खेलाउँछ भने मनपर्दो रेडियो कार्यक्रम सुन्न सकिन्छ । मोवाइलमा कुनै अडियो उपन्यास सुन्न सकिन्छ । यसले ध्यान एकाग्र हुन्छ र निन्द्रा लाग्छ । यद्यपी भिडियो हेर्ने, चर्को ध्वनी सुन्ने, फेसबुक चलाउने नगरौं, जसले एकाग्रता भंग गर्छ ।

३. कथा, उपन्यास पढ्ने अभ्यास छ भने मनपर्ने पुस्तक पढ्न सकिन्छ । त्यसबाहेक जीवनोपयोगी एवं धर्मको, दर्शनको पुस्तकहरु पढ्न सकिन्छ । यसले पनि मनलाई शान्त तुल्याउँछ र निन्द्रा लाग्छ ।

४. सुत्ने समयमा हरहिसाब गर्ने, योजना बनाउने, वितेका कुरा सम्झने, अपमानति भएको कुरा सम्झने जस्ता कुराले मन अधैर्य र अशान्त हुन्छ । त्यसैले सुत्ने बेला यस्ता कुराबाट ध्यान हटाउनुहोस् ।

Like & Follow us on Facebook

५. शारीरिक रुपमा निस्क्रिय हुँदा पनि निन्द्रा लाग्दैन । त्यसैले आफ्नो दैनिकीलाई सक्रिय बनाउनुहोस् । दिनमा त्यस्तो कुनैपनि गल्ती नगर्नुहोस्, जसले तपाईलाई ग्लानी, हिनताबोध हुन्छ । यस्ता कुराले राती सुत्न सकिदैन ।

६. सुत्नुअघि हल्का व्यायाम गर्नुहोस् । १५ मिनेटजति ध्यान गर्नुहोस् । यसले मनलाई शान्त तुल्याउँछ र निन्द्रा लाग्छ ।

साइन्स इन्फोटेक

साइन्स इन्फोटेक अनलाईन पत्रिका हो ।

Leave a Reply

error: Content is protected !!