अध्यात्म

बुटी बाधेर पनि के रोग निको हुन सक्ला त ?

डा. राम बहादुर बोहरा
डा. राम बहादुर बोहरा

बुटी बाधेर पनि के रोग निको हुन सक्ला त ? यस विषयमा कतिपयलाई विश्वास नहुन सक्छ । हामीले विगत लामो समयदेखि हाइड्रिसिलको उपचार गर्दै आएका छौं । वैज्ञानिक युगमा पनि बुटी बाधेर रोग निको हुन्छ भन्ने जिज्ञासा जागेको हुन सक्छ । वैकल्पिक चिकित्सामा चमत्कारिक जडिबुटी उपयोग विहिन भएकाले पनि यसको जानकारी अरूलाई नभएको हुन सक्छ ।

यो पनि पढ्नुहोस्

तान्त्रीक जडिबुटीको प्रयोग

चमत्कारयुक्त जडिबुटीहरु र यिनीहरुको प्रयोग

आयुर्वेदिक जडिबुटी आँकको तान्त्रिक तथा धार्मिक महत्व

बाँझोपन हटाउनको लागि कोसेढुंगा सावित बुटी शिवलिंगी

संजीवनी बुटीको खोजी

जडिबुटी अपमार्ग र यसको प्रयोग

जडि भन्नाले जरो र बुटी भन्नाले जरोलाई शास्त्रीय विधिबाट कुनैपनि रोगमा बाध्नाले रोग क्रमश: ठिक हुदै जान सक्छ भनेको छ । जडिबुटीलाई शरीरमा धागोको साहेताले कम्मरमा बाध्नाले औषधि जस्तै नखाई छोएको भरमा रोग निको हुने हुनाले यस्ता चमत्कारीक औषधिलाई जडिबुटी नामाकरण गरिएको छ । चमत्कारीक जडिबुटीको समुहमा हामीले केही बुटी यहाँ दिन गइरहेका छौं ।

प्रकृतिको अनुपम उपहार जडिबुटीलाई शास्त्रीय विधिबाट उखालेर प्रयोगमा ल्याउनुपर्ने हुन्छ । आज नेपालमा प्रशस्त जडिबुटी छन् तर उपयोगविहिन देखिन्छन् । नेपालमा पाइने चमत्कारिक जडिबुटी हेर्दा विश्वको आँखा नेपालमा रहेको तर नेपालीको ध्यान यसतर्फ नपुगेको हेर्दा दिक्क लाग्नु कुनै आश्चर्यको कुरा रहेन ।

नेपालको वैज्ञानिक वनमा यदि जडिबुटीको खेती गर्न सके प्रशस्त आय आम्दानी लिन सकिने देखिन्छ । यस्तो प्राकृतिक स्रोतको अपार सम्भावना हुँदाहुँदै पनि हामीलाई मुख्य दुई कारणले गरीव बनायो । प्रथम कारण हो – हामीले हाम्रो स्रोतको पहिचान गर्न सकेनाैं र दोश्रो कारण हो, पहिचान भएका स्रोतको व्यवसायीककरण गर्न सकेनौँ ।

Like & Follow us on Facebook

यहाँ सवैभन्दा महत्वपूर्ण कुरा के छ भने सरकारले जडिबुटीको पहिचान गर्न सके ठुल्ठूला रोगको उपचार जडिबुटी हाम्रो जंगलमा छरिएको र यस्ता कतिपय जडिबुटीको पहिचान गर्न नसक्दा राष्ट्रले घाटा वेहोर्नु परेको छ यस तर्फ सबैको ध्यान जाओस् भन्ने हाम्रो मान्यता छ । आज मैले केही जडिबुटी मात्र समावेश गरेको छु ।

*डा. राम बहादुर बोहरा नेपाल वैकल्पिक चिकित्सा विकास परिषद नवलपरासीको अध्यक्ष, बरिष्ट आयुर्वेद डाक्टर तथा साइन्स इन्फोटेकका सल्लाहकार हुनुहुन्छ ।यो पनि पढ्नुहोस्

कुमारवर्ती औषधालय

साइन्स इन्फोटेक

साइन्स इन्फोटेक अनलाईन पत्रिका हो ।

Leave a Reply

error: Content is protected !!