ज्योतिषशास्त्र

धन प्राप्तिको लागि कुन राशिका मानिसले के मन्त्र जप्ने ?

प्रत्येक व्यक्तिले सुखी जीवनका लागि धन प्राप्ति गर्न मेहनत गरिरहेको हुन्छ । अहिलेको समयमा त धन अर्थात पैसा एक आधारभूत आवश्यकता नै बनिसकेको छ । पैसा बिनाको जीवन कुनै पनि मानिसले कल्पना गर्न चाहँदैन । त्यसैले यसलाई प्राप्त गर्नका लागि केही मानिसहरुले थुप्रै प्रकारका जादु-टुना समेत सिक्ने गरेका छन् । हिन्दूधर्म शास्त्रमा पनि धन प्राप्तिका लागि उपायहरु उल्लेख गरिएका छन् ।

हरेक मान्छेको एक चन्द्र राशी हुन्छ र हरेक चन्द्र राशीको एक स्वामी ग्रह हुन्छ । त्यस्तै हरेक ग्रहको एक इष्टदेव पनि हुन्छ । यदि हामीले आफ्नो इष्टदेवलाई प्रसन्न गर्‍यौँ भने व्यापारिक तथा वित्तिय समस्या अन्त्य हुन सक्छ । आउनुहोस्, आफ्नो राशी अनुसारको इष्टदेव र उनलाई प्रसन्न गर्ने मन्त्रबारे जानकारी राखौँ । जसले तपाईंको जीवनमा धन सम्बन्धी समस्याको अन्त्य होस् । कुन राशिका मानिसले के मन्त्र जप्दा धन प्राप्ति हुन्छ भन्ने कुरा तल प्रस्तुत गरिएको छ ।

यो पनि पढनुहोस्

हस्तरेखा विज्ञान अनुसार धनी हुने ब्यक्तिका हातका रेखा हुन्छन् यस्ता

हातका यी ७ रेखाहरुबाट यसरी थाहा पाउन सकिन्छ मानिसको भबिष्य

हस्तरेखा विज्ञान अनुसार हातमा हुने चक्र, शंख तथा भविष्य

यी ३ राशी हुने बुहारीहरु हुन्छन् लक्ष्मी समान, घरलाई बनाउँछन् स्वर्ग

ज्योतिषशास्त्रका अनुसार यी ३ राशि भएका पुरुषहरुप्रति मरिहत्ते गर्छन् युवतीहरू

ज्योतिषशास्त्रका अनुसार यस्तो योगले बनाउँछ मान्छेलाई धनी

ज्योतिषशास्त्र अनुसार मानिसको शरीरका कुन अंग फरफराए के फल ?

ज्योतिषशास्त्रका अनुसार कुन राशीको यौन व्यबहार कस्तो हुन्छ ?

ज्योतिषशास्त्र अनुसार पढाईमा सफलता हासिल गर्ने तरिकाहरु

शास्त्र अनुसार रातको समयमा यी ५ कामहरु नगर्नुहोस्

ज्योतिषशास्त्र अनुसार यी ४ राशि भएका मनिसले कहिले पनि अरुलाई धोका दिँदैनन्

ज्योतिषशास्त्रका अनुसार कुन राशीको यौन व्यबहार कस्तो हुन्छ ?

१. मेष राशि

मेष राशीको स्वामी मंगल ग्रह हो । जीवनमा आउने हरेक समस्या समाधानका लागि भगवान हनुमान जीको आराधना गर्ने हो भने तपाईंको लागि सहयोगी हुनेछ । तल दिएको मन्त्र दैनिक गरेको खण्डमा आर्थिक तथा वित्तिय क्षेत्रमा तपाईंले लाभ प्राप्त गर्नु सक्नु हुनेछ ।

मन्त्र : ‘ऊँ हनुमते नमः’

२. वृष राशि

वृष राशीको स्वामी शुक्र ग्रहलाई मानिन्छ । वृष जातको धन सम्बन्धी सबै समस्या समाधानका लागि माता दुर्गाको पूजा गरेमा लाभदायक हुनेछ । तल दिएको मन्त्र जाप गरेमा वित्तिय समस्या अन्त्य भएर जानेछ ।

मन्त्रः ‘ऊँ दुर्गादेव्ये नमः’

३. मिथुन राशि

मिथुन राशीको स्वामी ग्रह बुध हो । मिथुन राशी भएकाहरुले भगवान गणेशको पूजाआराधना गरेमा प्रसिद्धी प्राप्त गर्ने छन् । तल दिएको मन्त्र जाप गरेमा नोकरी तथा व्यवसायमा आएका समस्या दूर भएर जानेछन् ।

मन्त्रः ‘ऊँ गं गणपते नमः’

४. कर्कट राशि
चन्द्र ग्रह कर्कट राशीको स्वामी हो । ज्योतिषअनुसार चन्द्रमामा भगवान शिवको राज रहेको हुन्छ । त्यसैले कर्कट राशी भएकाले धन सम्बन्धी लाभ प्राप्त गर्न भगवान शिवको पूजा गर्नुपर्दछ । यो मन्त्र दैनिक जाप गरे फल प्राप्त हुनेछ ।

मन्त्रः ‘ऊँ नमः शिवायः’

५. सिंह राशि

सिंह राशीको स्वामी ग्रह सूर्य हो । सिंह राशी भएकाले भगवान सूर्यको पूजा गर्ने तथा हरेक बिहान सूर्यलाई अर्ग चढाएमा उर्जा प्राप्त हुनेछ । यो मन्त्र जाप गरे लाभ मिल्नेछ ।

मन्त्रः ‘ऊँ सूर्याय नमः’

६. कन्या राशि

कन्या राशीको स्वामी बुध ग्रहलाई मानिन्छ । यस राशी भएकाले भगवान गणेशको पूजा गरेमा शीघ्र धन लाभ प्राप्त गर्नेछन् । यो मन्त्र दैनिक बिहान बेलुका जाप गरेमा लाभ प्राप्त हुनेछ ।

मन्त्रः ‘ऊँ गं गणपते नमः’

Like & Follow us on Facebook

७. तुला राशि

तुला राशीको स्वामी शुक्र ग्रह हो । तुला राशी भएकाले देवी लक्ष्मीको पूजा गर्नुपर्दछ । लक्ष्मी त्यसै पनि धनकी देवी भएकाले देवी लक्ष्मीलाई प्रसन्न गरेको खण्डमा धन सम्बन्धी समस्याको समाधान हुनेछ । तल दिएको मन्त्रको जाप गरेमा लक्ष्मीको वृद्धि हुने विश्वास छ ।

मन्त्रः ‘ऊँ महा लक्ष्म्यै नमः’

८. वृक्षिक राशि

वृक्षिक राशीको स्वामी ग्रह मंगललाई मानिन्छ । वृक्षिक राशी भएकाले भगवान हनुमानको पूजा गरे लाभ प्राप्त गर्नेछन् । यो मन्त्र जाप गरे शारीरिक पीडा तथा धन सम्बन्धीको पीडा अन्त्य भएर जाने मानिन्छ ।

मन्त्रः ‘ऊँ हं हनुमते नमः’

९. धनु राशि

धनु राशीले बृहस्पति ग्रहसँग सम्बन्ध राख्छ । धनु राशी भएकाहरुका लागि भगवान विष्णुको पूजाआजा शुभ हुनेछ । तल दिएको मन्त्रको दैनिक जाप गरेमा व्यवसायमा लाभ प्राप्त हुनेछ ।

मन्त्रः ‘ऊँ श्री विष्णवे नमः’

१०. मकर राशि

मकर राशीको स्वामी शनि ग्रहलाई मानिन्छ । शनि वा हनुमानको पूजा गरेमा मकर राशी भएकाले लाभ प्राप्त गर्नेछन् । तल दिएको मन्त्र जाप गरेमा बाधा अड्चन हट्ने र सुख-शान्ति मिल्नेछ ।

मन्त्रः ‘ऊँ शम् शनिश्चराये नमः’

११. कुम्भ राशि

कुम्भ राशीको स्वामी ग्रह पनि शनि नै हो । शनिको गुरु भगवान शंकरलाई मानिन्छ । त्यसैले यस राशी भएकाले शनिका साथै भगवान शंकरको पनि पूजा गर्न आवश्यक छ । तल दिएको मन्त्र हरेक दिन बिहान र बेलुका १०८ पटक जाप गरेमा सबै प्रकारको दुःख हट्नेछ ।

मन्त्रः ‘ऊँ महामृत्यंजय नमः’

१२. मीन राशि

मीन राशीको स्वामी बृहस्पतिलाई मानिन्छ । यो राशी भएकाले भगवान नारायणको ध्यान तथा मन्त्र जप गरेमा धनसम्बन्धी समस्या हटेर जानेछ । तल दिएका दुई मन्त्रको जाप गरेमा शुभ फल मिल्नेछ ।

मन्त्रः ‘ऊँ नारायण नमः एवं ऊँ गुरुवे नमः’

साइन्स इन्फोटेक

साइन्स इन्फोटेक अनलाईन पत्रिका हो ।

Leave a Reply

error: Content is protected !!