Uncategorized

मन्त्रद्वारा खाना नपच्ने समस्याको उपचार

डा. राम बहादुर बोहरा
डा. राम बहादुर बोहरा

मन्त्रद्वारा खाना नरुच्ने र नपच्ने समस्याको उपचार ! यो रोग आजकाल धेरैलाई देखिन थालेको छ । सामान्य भाषामा यसलाई बदहजमी भन्ने चलन छ । हामीले खाएको खाना नपच्ने पेट फुल्ने जस्तो समस्या देखिन थाल्दछ । आज मैले यो रोगको उपचार मन्त्रद्वारा कसरी गर्ने भन्नेबारे प्रकाश पार्न गइरहेको छु ।

यस्तो हुनुमा थुप्रै कारणमध्ये बासी खाना फास्ट फुड प्रमुख देखिएको छ । स्वास्थ्यप्रति ध्यान दिन नसक्नु जस्तो पायो त्यस्तै खाना खानु यो रोगको प्रमुख कारण मानिएको छ । पेट दुख्ने, पोल्ने, अम्लपित्त बढ्ने आदि लक्षणयुक्त समस्याको चिकित्सकीय नाम ग्यास्ट्रिक हो ।

अपचको समस्यामा पेटमा ग्यास बन्छ । यस्तो अवस्थामा फेट फुल्छ र पीडा हुन थाल्छ । यसैले सबैभन्दा पहिला कस्तो खाद्य पदार्थ लिनुपर्छ भन्ने कुरामा ध्यान दिनुपर्छ । पाचन प्रणालीमा गडबडी भई खाना नपच्ने समस्या हुनुलाई अपच भनिन्छ ।

कुबेला भोजन गर्ने तथा एउटा खाना नपच्दै अर्को खानेकुरा खाइयो भने राम्रोसँग पच्दैन। यस्तै कुनै बेला धेरै चिल्लो या मसलेदार खाना खानाले पनि अपच हुन्छ। तर यसबाहेक अन्य कारण पनि हुन्छन् । जसले अपचको समस्या ल्याउँछ ।

अपचका लक्षणहरु

भोक नलाग्ने,छाती पोल्ने, पेट गह्रौं हुने तथा दैनिक दिक्क लाग्ने जस्ता समस्या आउँछन् । यसका साथै पसिना आउने तथा निद्रा नपर्ने जस्ता लक्षण पनि देखिन्छन् । सवैभन्दा ठूलो लक्षण पेट फुल्नु पेट दुख्नु प्रमुख देखिन्छ ।

उपचार

१. तुलसी पात ७ वटा लिने र ‘राम दुताय हनुमान,पवन पुत्र,हनुमान’भन्दै २१ पटक फुक्ने र रोगीलाई त्यो तुलसी पत्र खान दिने तुरुन्त फाइदा हुन्छ । तर यो पात नचपाई सवै निल्ने भनेको छ ।

Like & Follow us on Facebook

यो पनि पढनुहोस्

सफलताको तान्त्रिक रहस्य

सोमबारका यी पाँच काम गरेमा पुरा हुनेछ मनोकांक्षा

जीवनमा खुसी हुन र व्यापार बढाउन गर्नुस यसो

धन प्राप्तिको लागि कुन राशिका मानिसले के मन्त्र जप्ने ?

*डा. राम बहादुर बोहरा नेपाल वैकल्पिक चिकित्सा विकास परिषद नवलपरासीको अध्यक्ष, बरिष्ट आयुर्वेद डाक्टर तथा साइन्स इन्फोटेकका सल्लाहकार हुनुहुन्छ ।

कुमारवर्ती औषधालय

साइन्स इन्फोटेक

साइन्स इन्फोटेक अनलाईन पत्रिका हो ।

Leave a Reply

error: Content is protected !!