जीवन-दर्शन

जीवनमा सुखी र सफल हुन गर्नुहोस् यसो

डा. राम बहादुर बोहरा
डा. राम बहादुर बोहरा

सुन्दर सुखी जीवन प्राप्त गर्न कसलाई चाहना नहोला ? आज मैले यसै विषयमा प्रकाश पार्ने जमर्को गर्दैछु । कोही व्यपारम त कोही राजनीतिमा, कोही कम्पनीको काममा सफल हुन चाहन्छौं तर चाहदा-चाहदै पनि हामी सफल हुन सकि रहेका हुदैनौं ।

सफल हुन हामीले मेहनत गर्नुपर्छ,परिश्रम गर्नुपर्छ । जबसम्म हामीले मेहनत र परिश्रम गर्दैनौ भने केही हुनेवाला छैन । आउनुस केहि जानौ केहि सिकौं । प्रकृतिले हामीलाई जन्म दिएको छ र पाल्नको लागी सफल हुनको लागि हामीलाई थुप्रै सामाग्री दिएको छ ।

केहि पाउन केहि गर्नुपर्छ भन्ने मान्यता छ । हामीले लाख कोसिस गर्दा पनि सफल हुन सकिरहेको हुदैनौं । आखिर किन यस्तो भइरहेको छ । यस बारेमा हामीले बुझ्नुपर्ने हुन सक्छ । घर बनाउदा होस् या व्यापार गर्दा होस् ग्रह हेराएर काम गर्न सकेको खण्डमा धेरै राम्रो हुन सक्छ भन्ने हाम्रो मान्यता छ ।

जीवन सफल हुनको लागि सबैको तालमेल जुट्नुपर्छ । मेहनत त गर्नुभएको छ पैसा पनि कमाउनु भएको छैन भने कहिन कहि ग्रहले रोकेको हुन सक्छ । सुर्यलाई त ग्रह लाग्छ भने हामी त मनुस्य अवश्य नै ग्रह दशा लागेको हुन सक्छ । ग्रह कसरी पन्छाउने जान्न आवश्यक छ ।

घर बनाउदा जगमा के राख्ने कुन दिशामा राख्ने, लक्ष्मीको स्थायित्व हुनलाई के गर्ने, परिक्षामा पास हुन के गर्ने, व्यापार गर्दै हुनुहुन्छ व्यापार बढोस् भन्न के के गर्ने जस्ता कुरालाई हामीले सदैव ध्यान दिएर तल दिएका फार्मुला अपनाउछौं भने सफल जीवनको सुरूवात निश्चित हुनेछ ।

पैसाको आभाव मेटाउने मन्त्र

१. यो “या मुसब्बिब बल असबाब “मन्त्र मैले स्वं अनुभव गरेको छु । कोरा कागजमा ५०१ पटक लेखेर सिद्ध गरेर तिजोरीमा राख्नुस र एउटा पर्समा राख्नुस स्वयम अनुभव गर्नु हुनेछ ।

आँकको जरा

आँक

२. रविपुष्प नक्षत्रमा ल्याएको आँकको जरालाई धुप बालेर दाहिने हातमा बाध्नाले आर्थिक स्थितिमा सुधार हुनेछ ।

आँकको जरा

३. रविपुष्प योगमा आँकको जरा उखालेर लामो समयसम्म बच्चा नभएको महिलाको कम्मरमा कालो धागोमा बाधेर कम्मरमा बाँध्नाले ग्रह दशा समाप्त गरि बच्चा हुनेछ ।

आँकको जरा

४. पटक-पटक मुद्धा खेप्नु परेको भएमा आद्रा नक्षत्रम आँकको जरालाई विधिपूर्बक गलामा पहिरनाले यो समस्या हल हुन्छ ।

अपमार्ग

Datiwan

५. अपमार्गको जराको तिलक लगाउनाले जसले देख्छ उ मोहीत हुन्छ भनेको छ । यो बुटिको टिका नेताहरुले प्रयोग गरेमा जनताको प्यारो हुने नेताले जे भन्छन् त्यही गर्ने शक्ति पैदा हुन्छ भनेर अनुभुत योगमा लेखेको छ ।

वाक् सिद्धिको लागि

६. बोलेको पुगोस भन्नाका लागी रातो अपमार्गको डाठले ६ महिना दतिवन गर्नाले वाक् सिद्धि प्राप्त हुन्छ ।

सन्तानको लागि

७. रातो अपमार्गको जराको भष्म गाइको दूधसंग खान दिनाले शीघ्र सन्तान सुख्ख प्राप्त हुनेछ ।

नोट : अन्य जानकारी क्रमश: दिदै जानेछु ।

Like & Follow us on Facebook

यो पनि पढनुहोस्

सफलताको तान्त्रिक रहस्य

आँकको ताँन्त्रीक प्रयोग

आयुर्वेदिक जडिबुटी आँकको तान्त्रिक तथा धार्मिक महत्व

धन प्राप्तिको लागि कुन राशिका मानिसले के मन्त्र जप्ने ?

*डा. राम बहादुर बोहरा नेपाल वैकल्पिक चिकित्सा विकास परिषद नवलपरासीको अध्यक्ष, बरिष्ट आयुर्वेद डाक्टर तथा साइन्स इन्फोटेकका सल्लाहकार हुनुहुन्छ ।

कुमारवर्ती औषधालय

साइन्स इन्फोटेक

साइन्स इन्फोटेक अनलाईन पत्रिका हो ।

Leave a Reply

error: Content is protected !!