स्वास्थ्य

जीवनमा पालना गर्नुपर्ने ३ स्तम्भहरू

डा. राम बहादुर बोहरा
डा. राम बहादुर बोहरा

जीवनमा पालना गर्नुपर्ने ३ स्तम्भहरू ! खाना, निन्द्रा र सेक्स नभई नहुने बस्तु अन्तर्गत पर्दछन् । बाच्नका लागि शरीरलाई पोषण खानाको आवश्यक पर्दछ । सन्तुलित खानेकुरा नखाएमा हामीलाई अनेकौं रोग लाग्न सक्दछ । प्राकृतिक हिसाबले उमारिएका र मौसम अनुसारका खानेकुरा मात्र हाम्रो स्वास्थ्यका लागि अनुकूल हुन्छन् ।

मौसमी फलफूल, हरियो सागसब्जी र अन्य आवश्यक पोषण तत्वयुक्त खाद्यवस्तुको प्रयोग गर्नुपर्दछ । अहिलेको अवस्थामा प्राकृतिक खानेकुरा प्राय: असम्भव छ । अनेक रसायन मिसिएको खाद्य पदार्थ मात्र पाइने गरेको छ ।

लामो समयदेखि भण्डारण गरेका फ्रिजमा राखेका र प्रेशर कुकर र अन्य साधनको प्रयोग गरेर पकाएका खानेकुरामा पोषण तत्व नष्ट भएको हुन्छ । हामीले खानेकुरा आवश्यक भन्दा बढी भएमा वा कम खाएमा पनि रोग लाग्न सक्छ । हामीले खानेकुरा बढी भएमा शरीर ज्यादा मोटो हुने बोसो जम्न जाँदा उच्च रक्तचाप मुटुको रोग सुगर जस्ता रोग लाग्न सक्छ ।

निन्द्रा पनि स्वास्थ्यका लागि आवश्यक छ । हामी मेहनत गर्छौं यदि हामीलाई निन्द्रा भएन भने पनि विविध रोग लाग्न सक्छ । स्वस्थ रहन जति खानाको आवश्यक छ त्यति नै निन्द्राको पनि आवश्यक छ । निन्द्रा नलाग्नाले डिप्रेसन बढ्ने हुनाले कम्तीमा ८ घण्टा हरेकलाई निन्द्रा आवश्यक छ ।

सेक्स विना जीवन अधुरो छ । जहाँ सेक्स छैन त्यहाँ सुख छैन भन्दा हुन्छ । प्रेमको गहिरो सम्बन्ध सेक्समा छ भन्दा हुन्छ । सेक्सकै कारण अनेकौं घर बर्बाद भएका छन् । हिजो ब्रम्हचर्यको पालना गर्नु स्वास्थ्यका लागि ठिक भन्ने थियो तर अहिले सेक्स नगर्नाले पनि विविध रोग लाग्न सक्छ भनेको छ । हामीले जे जस्तो काम गरेपनि सीमामा रहेर गर्न सके धेरै राम्रो हुन सक्छ ।

हाम्रो स्वास्थ्य ठिक होस् भन्नाका लागि के कस्ता भिटामिन शरीरलाई आवश्यक हुन सक्छ भन्ने जानकारी हरेकले लिन सके समयमा रोग लाग्नुबाट आफुलाई बचाउन सकिनेछ । आज हामीलाई अनेकौं रोग लाग्ने गरेको छ यसको पछि शरीरलाई चाहिने आवश्यक भिटामिनबारे जानकारी तल दिइएको छ ।

भिटामिनहरू

१. Protein को कमि भएमा शरीर दुब्लाउने हुन्छ ।

२. Vitamin A को कमिले आँखा कमजोर हुनुको साथै वाकवाक लाग्ने, बान्ता हुने निन्द्रा नलाग्ने, छाला खुइलिने कलेजो बढ्ने जस्ता समस्या देखिन सक्छ ।

३. Vitamin B को कमी रक्सी बढी खानेहरूलाई यसको कमि हुने गर्दछ । Beriberi जस्ता रोग लाग्न सक्छ । यो भिटामिन कम हुनेहरूलाई वाक-वाक लाग्ने बान्ता हुने जस्ता समस्या देखिन सक्छ । मुख भित्र घाउ हुने, ओठ र जिब्रोमा घाउ हुन सक्छ ।

४. Folate यसको अभावमा पनि जिब्रो, ओठमा घाउ हुन सक्छ । पाचन प्रणाली कमजोर हुन सक्छ ।

५. Vitamin C को कमिबाट गिजा सुनिने रगत बग्ने छालाबाट रगत बग्ने घाउ खटिरा चाँडो निको नहुन सक्छ ।

नोट : आजको लेखमा मैले ५ प्रकारको भिटामिनको बारेमा मात्र जानकारी पस्केको छु । अन्य लेखमा थप भिटामिनबारे प्रकाश पार्नेछु । कुनै पनि भिटामिनबाट भएको कमजोरी हटाउन डाक्टरसंग परामर्श लिएर उपचार गर्न सक्नु हुनेछ ।

यो पनि पढनुहोस्

सुखी दाम्पत्य जीवनको रहस्य

जीवनमा सुखी र सफल हुन गर्नुहोस् यसो

जीवनमा सफल हुन के गर्नुपर्ला ? डा. राम बहादुर बोहराका उपयोगी टिप्सहरु

*डा. राम बहादुर बोहरा नेपाल वैकल्पिक चिकित्सा विकास परिषद नवलपरासीको अध्यक्ष, बरिष्ट आयुर्वेद डाक्टर तथा साइन्स इन्फोटेकका सल्लाहकार हुनुहुन्छ ।

कुमारवर्ती औषधालय

साइन्स इन्फोटेक

साइन्स इन्फोटेक अनलाईन पत्रिका हो ।

Leave a Reply

error: Content is protected !!