साहित्य-कला

देशको रंग यो छातीमा

म त मेरो देशको रंगले नै मात्री भाषा कोर्छु !
छाती भरी नेपाल र नेपालीलाई सजाउँछु !!

म हिमालका हिऊँले पनि मात्री भाषा नै कोर्छु !
गुराँस तिम्रो रंगले म मेरो देशलाई सजाउँछु !!

नदी तिमी कलकल गरी बग्नु देशमा हरपल !
मेरो देश म तिमीलाई मेरो छाती भरी चित्रमा कोर्छु !!

नेपालीको सय रंग नै मेरो असल पहिचान हो !
यिनै संस्कृतिमा म पहिचान मेरो देशको खोज्छु !!

मेरो मात्री भाषामा म हरपल फुल्छु र रम्छु !
मेरी जननी तिम्रो यो मनले पूजा म गर्छु !!

म फुल्नलाई वसन्त नै पर्खने बानी छैन् !
तिमी बिना फूल भै फुल्नु मेरो काम नै हैन !!

हरेक फूलको रंग यो मनले चोरेर यसै फुल्ने !
सामर्थ्य तिम्रो असल मायाँको बल बिना छैन !!

म वसन्तको सुन्दर रंगलाई यो मुटु भित्र राखी !
तिम्रो असल मायाँको माझमा फुल्नलाई म रोकिन्न !!

परको त्यो सितल चन्द्रले शान्त ज्योति फ्याले झैँ !
धर्तीमा उज्यालो शोभा छरी ऊ मनमा हिँडे झैँ !!

मलाई फुल्न कुनै बहाना केही नै चाहिन्न !
तिम्रो मायाँको मलमा वसन्त बनि म फुल्छु !!

तिमी यो धरामा रम्दै जहाँ पुगे पनि !
मेरो मायाँ तिम्रो त्यो प्यारो छातीमा नै फुल्छ !!

तिमी ज्ञान अनि विज्ञान छरेर डुले पनि ?
मेरा शव्द तिम्रो आकाशमा चन्द्रमा बनेर फुल्छन !!

तिमी ओढ रंग त्यो सूर्यको झैँ पारी जगमग !
म त त्यस्को ज्योति झैँ तिम्रो छातीमा मगमगाउँछु !!

तर तिम्रो मायाँको मलजल यो मनले नपाएमा !
तिम्रो मायाँ नपाई म फुल्न कसै कहाँ सक्छु? !!

म त मात्री भाषा छातीको रगतले मात्र कोर्छु !
एकता र समृद्दिको कथा यो मेरो मायाँले बेर्छु !!

मेरी मात्री मलाई एउटा आशिष तिमी देऊ !
छाती मेरो हरपल म हिमाल र गुराँसले मात्र कोरौँ

शिरमा सजाऊँ म तराईको प्यारो माटोको पाटो !
नेपालीको एकतामा हिँडौ सुन्दर त्यो बाटो !!

लगाऊँ म देशको माला सजाऊँ शिरमा यो देशलाई !
लेखौ मात्री भाषा मेरो हजारौँ नदीको उर्जा बनाई !!

*शोभा काफ्ले खतिवडा लेखक, साहित्यकार, सामाजिक अभियन्ता तथा श्री शान्ति विद्यागृह उच्च मा. वि. लैनचौर; काठमाण्डौकी शिक्षिका हुनुहुन्छ । उहाँका राष्ट्रिय भावनाले ओतप्रोत भएका उत्कृष्ठ रचनाहरुले सच्चा देशभक्त नेपालीको मन जितेका छन । उहाँले साहित्यको माध्यमवाट देशको राष्ट्रियता, सार्वभौमिकता, भौगोलिक अखण्डता र स्वाभिमानको विषयमा निरन्तर कलम चलाउदै आउनु भएकी राष्ट्रिय कवयत्री हुनुहुन्छ ।

साइन्स इन्फोटेक

साइन्स इन्फोटेक अनलाईन पत्रिका हो ।

Leave a Reply

error: Content is protected !!