धर्म-सस्कृति

धर्म संस्कृति होइन विकासको बाधक, धर्म संस्कृति नभए हुन्छ देश कंगाल

डा. राम बहादुर बोहरा
डा. राम बहादुर बोहरा

धर्म संस्कृति होइन विकासको बाधक, धर्म संस्कृति नभए हुन्छ देश कंगाल ! नेपाल भन्ने भुमि हरेक नेपालीको जन्मथलोको रूपमा परिचित छ । यो नेपालमा जन्मने हरेक नेपालीलाई नेपाली भनेर चिनिएको हुन्छ । हरेक देशको आफ्नो धर्म संस्कृति हुन्छ । धर्म संस्कृतिले हरेक नेपालीको पहिचान खुलाएको हुन्छ ।

हाम्रो देश नेपाल विश्वको सिङ्गो हिन्दु राष्ट्रको नामले परिचित थियो तर आज केहि विदेशी धर्म घुसाउनको लागि नेपाललाई धर्म निरपेक्षता घोषणा गरिएको छ । आखिर किन यस्तो भएको छ हरेक नेपालीले बुझ्न आवश्यक छ । विदेशीले मान्ने धर्म धर्म हुने तर एउटा नेपालीले आफ्नो मातृभूमिको रक्षा गर्न आफ्नो धर्म संस्कृतिलाई नै नष्ट गरिनुपर्ने ।

नेपाल एउटा यस्तो राष्ट्र हो जसले हिन्दु राष्ट्रको साहेताले बेग्लै छवि बनाउन सफल देखिएको थियो तर यहाँ केहि व्यक्तिका कारण धमिलो हुन बुगेको छ । जबसम्म राष्ट्र प्रेम जाग्दैन तबसम्म राष्ट्रको रक्षा गर्न सम्भव छैन तर यहाँ नेपालप्रति भन्दा विदेशीको रक्षाप्रति केहि लागेको देखिन्छ ।

धर्म संस्कृतिले मानिसलाई सुध्रने अवसर दिएको हुन्छ, स्वार्थबाट मानिसलाई पृथक राखेको हुन्छ । गलत विचार मनबाट निकाल्न मद्दत गरेको हुन्छ । राष्ट्र प्रेम जगाएको हुन्छ । आज यो सवै फरक छ यहाँ लुटतन्त्र हावी भएको छ यो सवै हिन्दु धर्म संस्कृति हटाउनुको प्रभाव हो ।

मानिसलाई गलत विचारबाट हटाउन डर पैदा गराउन केवल धर्म संस्कृतिले मात्र सम्भव छ तर यहाँ सवै गलत क्रियाकलाप गर्न पाउनु डर हटाउन पाप लाग्छ भन्ने भावनालाई मस्तिष्कबाट हटाउन धर्म संस्कृति हटाउन सवै लागेको देखिन्छ । यसले केवल नेपाल भित्रदेखि खोक्रो हुदै अन्तमा ऋणको बोझ थेक्न नसकी विदेशीको गुलाम हुन पुग्नेछ ।

उत्पादन कम खर्च बढी हुदै गए ऋण थपिदै जान थाल्दछ यसको परिणामले देश गुलामीको जन्जीरमा बाँधिन पुग्ने देखिन्छ । धर्म संस्कृतिको प्रयोगबाट हामीले यो सवै रोक्न सम्भव छ । धर्म संस्कृतिको साहेताबाट जीवन-पद्धति, रीति-रिवाज रहन-सहन आचार-विचार नवीन अनुसन्धान र आविष्कार, जसबाट मनुष्य पशुहरू र जंगलीहरूका दर्जाबाट माथि उठाउन सम्भव छ यो सवै धर्म संस्कृतिबाट मात्र देखिन्छ ।

Like & Follow us on Facebook

यो पनि पढ्नुहोस् 

देश कसैको पेवा होइन ?

देश कता गई रहेको छ ?

मेरो देश नेपालले कहिले काचुली फेर्ला ?

के यस्तो राजनीतिक अवस्थाले देश बन्न सक्ला ?

सत्ता हुनेहरुमा व्यक्तिगत स्वार्थको पराकाष्ठा

नेपाली धर्म संस्कृति, राजनीति र समाज कता गई रहेको छ ?

*डा. राम बहादुर बोहरा नेपाल वैकल्पिक चिकित्सा विकास परिषद नवलपरासीको अध्यक्ष, बरिष्ट आयुर्वेद डाक्टर तथा साइन्स इन्फोटेकका सल्लाहकार हुनुहुन्छ ।

कुमारवर्ती औषधालय

साइन्स इन्फोटेक

साइन्स इन्फोटेक अनलाईन पत्रिका हो ।

Leave a Reply

error: Content is protected !!