साहित्य-कला

म जहाँ भएपनि मुटुमा यो देश फुलोस्

Shobha Kafle Khatiwada
शोभा खतिवडा काफ्ले

म जहाँ भएपनि मुटुमा यो देश फुलोस्

यो माटोको सुवास हरपल यो मुटुभित्र यसै मगमगाई रहोस् !

धरातलमा हामी जहाँ भए पनि मुटुमा यो देश फुलि नै रहोस् !!

कतै मनमा हिमाल फुलोस कतै पहाडका गुराँस फुलोस् !

कतै चाँप र सुनाखरीको वास्ना तराईको फाँटसम्म पुगोस् !!१!!

 

 

 

तराईको सम्म फाँटमा पनि मेरो देश नेपाल मात्र फुलोस !

हिमालका हर उचाई नाप्न तराई हिमाल पहाडमा डुलोस् !!

डाँफे मितेरी गाँस्नलाई तराईको सुन्दर मयुरलाई खोजेस् !

हरिण र मृगका सावक घोरल कस्तुरी हिमालमा खोजोस् !!२!!

 

तराइका हरिया बनमा गैँडा, बाघ, भालु र हात्तीहरु डुलुन् !

हिमाल पहाडका सुन्दर बनमा कोइली डाँफे मुनाल उडुन् !!

कतै बनमा सुनाखरी मगमग सुनका रड्गमा वासना भरुन् !

पारिजात र चम्पा वेली चमेली तराईमा मिठो वासना छरुन् !!३!!

 

यी हिमालका अटल सौन्दर्य शेर्पा दाइले पनि गितमा भरुन् !

चौरी र खर्कको सुन्दर जीवन हेर्न नेपाली हिमालमा नै पुगुन् !!

लेकमा हिमालको छायाँ हेर्न पाइन्छ हरपल मेरो देशमा सँधै !

कठीन सुन्दर त्यो कर्णालीको जीवन पढ्न पाइन्छ दिन दिनै !!३!!

 

बाटा, घाटा अनि पुल, पुलेसा यो देशको कुना कन्दरामा पुगोस् !

एउटा आधुनिक मेट्रोले नै यो देशको हरेक कुनालाई नै चुमोस् !!

कतै सुरुड्गका मार्गको बाटो छोटो छरितो बिकासको पथ बनोस् !

कतै हिमाली काख र नदिमा जलका श्रोतका अनेक मुहान बनोस् !!४

 

म पनि मेरो देशको नागरिक हु; यसो सबैले यहाँ भन्नलाई पाउन !

देश सबैको बराबरी हो यस्तो भाव रोप्न यो देशमा हरेकले पाउन् !!

यो देश हाँसे त हरेक मुटु हाँस्छ हामी नेपालीको हरपल यो देशमा !

चाहनाको झलमल दियो बल्छ हरेक घर अनि बस्ति बस्तिहरुमा !!५

 

शोभा खतिवडा काफ्ले साहित्यकार, सामाजिक अभियन्ता तथा  श्री शान्ति विद्यागृह उच्च मा. वि. लैनचौर; काठमाण्डौकी शिक्षिका हुनुहुन्छ । 

साइन्स इन्फोटेक

साइन्स इन्फोटेक अनलाईन पत्रिका हो ।

Leave a Reply

error: Content is protected !!