सामाजिक अभियान

सामाजिक अभियान – नेपाल सरकारले धर्म परिवर्तन गराए देश निकाला गर्ने राष्ट्रिय सदाचार नीति चाडै ल्याएर त्यसलाई कार्यान्वयन गर्नेपर्छ ?

सामाजिक अभियान 

नेपाल सरकारले धर्म परिवर्तन गराउदै हिड्ने व्यक्ति वा संस्थालाई निरुत्साहित गर्ने राष्ट्रिय सदाचार नीति ल्याउन लागेको छ । विदेशी तथा गैरसरकारी संस्थाहरूले धर्म परिवर्तनमा संलग्न भएको गुनासो आइरहेकै बेला सरकारले यस्ता गतिविधि निरुत्साहनका लागि संस्थाको सम्बन्धन एवं दर्ता खारेज गर्ने कानुन ल्याउनुका साथै उक्त कार्यमा संलग्नहरूलाई नेपालबाटै फिर्ता गर्ने तयारी सरकारको छ ।

नेपालमा कार्यरत झण्डै २५० भन्दा बढी अन्तर्राष्ट्रिय गैरसरकारी संस्था र तिनका पदाधिकारीमाथि कडाइ गर्दै राष्ट्रिय सदाचार नीति ल्याउन लागिएको हो । प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयले राष्ट्रिय सदाचार नीतिको मस्यौदा तयार पारिरहेको छ ।

सार्वजनिक निकाय, निजी क्षेत्र, राष्ट्रिय तथा अन्तर्राष्ट्रिय गैरसरकारी क्षेत्रलगायतलाई नैतिकवान् बनाउन राष्ट्रिय सदाचार नीति ल्याउन लागिएको हो । राष्ट्रिय सदाचार नीतिलाई छिट्टै मन्त्रिपरिषद्बाट स्वीकृत गराउने योजना प्रधानमन्त्री कार्यालयको छ ।

नेपाल सरकारले धर्म परिवर्तन गराए देश निकाला गर्ने राष्ट्रिय सदाचार नीति चाडै ल्याएर त्यसलाई कार्यान्वयन गर्नेपर्छ ?

१. ठिक

२. वेठिक

साइन्स इन्फोटेक

साइन्स इन्फोटेक अनलाईन पत्रिका हो ।

Leave a Reply

error: Content is protected !!