मुख्य समाचार

८२ बर्षको उमेरमा देशमाथि गद्दारी गरेर मर्न चाहन्नः लक्ष्मण राजवंशी

७ माघ,  काठमाडौं । नेपाः राष्ट्रिय पार्टीका सांसद लक्ष्मण राजवंशीलाई पार्टी नीति विपरीत काम गरेको भन्दै पार्टीले कारवाही गर्ने निर्णय गरेको छ । संविधान संशोधनको विपक्षमा उभिए वापत पार्टीले सांसदबाट हटाउने निर्णय गरेको हो । तर सांसद लक्ष्मण राजवंशीले आफू नेपाः पार्टीको सदस्य नै नभएको अवस्थामा पार्टीले कारवाही गरेर बदनाम गर्न खाजेको साइन्स इन्फोटेकलाई बताएका छन् ।

म नेपाः राष्ट्रिय पार्टीको सदस्य नै होइन । मैले सांसद बन्नु अघि नै पार्टी सदस्यता लिएर सांसद बन्दिन भनेको थिए । उहाँहरुले धेरै पटक आग्रह गरेपछि मात्र सांसद पद स्वीकार गरेको हुँ । पार्टीले कारवाही गरेपछि सांसद पद रहने गरी मैले बौद्धिक जनतान्त्रिक परिषद पार्टी संसदमा दर्ता गराएको छु । पार्टीले मलाइ संविधान संशोधन प्रस्तावको पक्षमा उभिन दबाब दिएको थियो । म ८२ वर्षको उमेरमा राष्ट्रहितप्रति गद्दारी गरेर मर्न चाहन्न ।

साइन्स इन्फोटेक

साइन्स इन्फोटेक अनलाईन पत्रिका हो ।

Leave a Reply

error: Content is protected !!