मुख्य समाचार

मेरो अपमान गर्न खोजियो : लक्ष्मण राजवंशी

७ माघ,  काठमाडौं । पार्टीले कारवाही गरेकोप्रति मलाई कुनै पश्चताप छैन् । पार्टीको अधिकार हो । म पार्टीको मानार्थ सदस्य हो । मानार्थ सदस्यलाई पनि कारवाही गर्ने कस्तो राजनीतिक संस्कार हो ? पार्टीको विधान अनुसार कारवाही गर्नु अघि एक पटक स्पष्टिकरण सोध्नुपर्छ । केही नगरी मलाई निकाल्ने निर्णय भयो । मलाई बस्ने इच्छा पनि थिएन । देश टुक्रयाउने पक्षमा म जान सक्दिन । राष्ट्रको सार्वभौमसत्तामाथि गम्भीर प्रश्न खडा भएको अवस्थामा मधेसी गठबन्धनको पक्षमा मेरो आत्माले उभिन नसकेको कुरा साइन्स इन्फोटेकलाई बताएका छन् ।

मैले सांसद बन्ने बेलामा नै भएको थिए । संविधान जारी भएपनि रुपान्तरित संसदमा जान्न भनेर पार्टीमा राजिनामा बुझाएको थिए । त्यही राजिनामा स्वीकृति गरिदिए भइहाल्यो । किन मलाई कारवाही गर्ने भनेर अपमान गर्न खोजियो ? मलाई कारवाही गर्ने नेपाः पार्टीको दलालीको फल हो । म राष्ट्रको विरोधमा जान सक्दिन । ५५ बर्षसम्म मास्टरी गरे । म सांसद बन्दिन भन्दा पनि घरमा आएर वाक्कदिक्क लगाएर सांसद बन्न दबाब दिए । अहिले आएर अनावश्यक रुपमा मलाई बदनाम गर्न काम भयो ।

साइन्स इन्फोटेक

साइन्स इन्फोटेक अनलाईन पत्रिका हो ।

Leave a Reply

error: Content is protected !!