मुख्य समाचार

आज बिहानै ५.६ म्याग्निच्युडकाे भूकम्पको धक्का

मंसिर १३, २०७३। आज बिहानै ५.६ म्याग्निच्युडकाे भूकम्पको धक्का ! सोमबार बिहानै शक्तिशाली भूकम्पको धक्का अनुभव गरिएको छ। राष्ट्रिय भूकम्प मापन केन्द्रका अनुसार बिहान ५ बजेर २० मिनेटमा रामेछाप र साेलुखुम्बुको सीमानामा ५.६ म्याग्निच्यूडको भूकम्प गएको हो ।

यो नयाँ भूकम्प नभई २०७२ बैशाख १२ मा आएको ठूलो भूकम्पको परकम्प रहेको केन्द्रले जनाएको छ। भूकम्पको धक्का काठमाडौं उपत्यका सहित मुलुकको पूर्वी तथा मध्य जिल्लाहरुमा यसकाे धक्का अनुभव गरिएको छ। भूकम्पका कारण राजधानीबासी सबेरै ब्युँझिएका छन्। बिहानै भूकम्पकाे धक्काले ब्युँझिएका सर्वसाधारण फेसबुक र ट्विटरमा भूकम्पका अनुभव अपडेट गरिरहेका छन्।

साइन्स इन्फोटेक

साइन्स इन्फोटेक अनलाईन पत्रिका हो ।

Leave a Reply

error: Content is protected !!