राष्ट्रिय समाचार

सुदूरपश्चिममा ५.३ म्याग्निच्यूडको भूकम्पको धक्का

१७ मंसिर, शुक्रवार । सुदूरपश्चिममा ५.३ म्याग्निच्यूडको भूकम्पको धक्का ! गएराति  दार्चुलाबाट १५ किलोमिटर उत्तरपश्चिम भारतको भूभागमा केन्द्रविन्दू भएको ५.३ रिक्टर स्केलको भूकम्प गएको  छ । गएको सोमबार मंसिर १३ बिहानै शक्तिशाली ५.६ म्याग्निच्यूडको भूकम्पको धक्का अनुभव गरिएको थियो।

भूकम्पमापन केन्द्र, सुर्खेतका टेक्निकल असिस्टेन्ट कपिल महर्जनका अनुसार राति १०.३७ मा भारतलार्इ केन्द्रविन्दू बनाएको भूकम्पले नेपालको पश्चिमी क्षेत्रमा समेत प्रभाव परेको जानकारी दिए ।

दार्चुला प्रहरी प्रमुख केदार खनालले अहिलेसम्म क्षतिको कुनै विवरण आएको छैन । सबै प्रहरी पोस्टलाई क्षतिको विवरण सङ्कलन गर्न आग्रह गरिएको छ । भूकम्पको  महसुस सुदूरपश्चिमका दार्चुला लगायत सबै जिल्लामा गरिएको थियो ।

साइन्स इन्फोटेक

साइन्स इन्फोटेक अनलाईन पत्रिका हो ।

Leave a Reply