शास्त्र

गरुण पुराण अनुसार यी १० काम गर्ने ब्यक्ति अवश्य नर्क जान्छ

गरुण पुराण अनुसार यी १० काम गर्ने ब्यक्ति अवश्य नर्क जान्छ। गरूड पुराण वैष्णव सम्प्रदायसित सम्बन्धित छ र सनातन धर्ममा मृत्युपछि सद्गति प्रदान गर्ने मानिन्छ। यसकारण सनातन हिन्दू धर्ममा मृत्युपछि गरुड पुराण श्रवणको प्रावधान छ। गरूड पुराणमा विष्णु-भक्तिको विस्तारसित वर्णन छ। यसमा भक्ति, ज्ञान, वैराग्य, सदाचार, निष्काम कर्मको महिमाका साथ यज्ञ, दान, तप तीर्थ आदि शुभ कर्ममा सर्व साधारणलाई प्रवृत्त गर्नका निम्ति अनेक लौकिक र पारलौकिक फलको वर्णन गरिएको छ। यस पुराणमा श्राद्ध-तर्पण, मुक्तिको उपाय तथा जीवको गतिको विस्तृत वर्णन मिल्छ।

मानिस उसको कर्म अर्थात कामका आधारमा बाँचेको हुन्छ । कर्मले नै मानिस सुखी हुने वा दुःखी हुने, सफल हुने कि असफल हुने जस्ता कुराको निर्धारण गर्छ ।सबै धर्मले पाप गर्दा नर्कमा जाने उल्लेख छ । गरुण पुराण अनुसार यी १० काम गर्ने ब्यक्ति अवश्य नर्क जान्छ।

१. परपुरुषसँग सम्बन्ध राख्ने

परपुरुषसँग सम्बन्ध राखेर आप्ना पतिलाई हेला गर्ने र दुःख दिने स्त्री पनि नरकमा पर्छन् ।

२. विश्वासघात गर्ने

आफूलाई विश्वास गर्ने ब्यक्तिलाई विश्वासघात गर्ने ब्यक्ति पनि नगरकगामी हुन्छ । विश्वासघातीलाई नरकमा कठोर सजाय मिल्ने गरुण पुराणमा उल्लेख छ । असल मान्छेलाई धोका दिने र अपशब्द बोल्ने पनि नर्क जान्छन् ।

३. नवजात शिशुको हत्या गर्ने

गरुण पुरणामा नवजात शिशुको हत्या गर्ने ब्यक्ति नर्क जाने उल्लेख छ । शिशु हत्यालाई महापाप समेत भनिएको छ । यस्ता मानिसलाई नर्कमा समेत कठोर सजाय मिल्ने उल्लेख छ ।

४. पुजा स्थलको अपमान

कुनै पनि पुजा भैरहेको स्थानलाई अपमान गर्नेलाई पनि नगरकमा कठोर सजाय मिल्ने गरुण पुराणमा उल्लेख छ । कुनै धार्मिक काम भैरहेको स्थललाई अपमान नगर्नुस् ।

५. गरिव गुरुवा वा अपाङ्गहरुलाई सहयोग नगर्ने र उपेक्षा गर्नेहरु

गरिव गुरुवा वा अपाङ्गहरुलाई आवश्यक पर्दा पनि सहयोग नगर्ने र उपेक्षा गर्नेहरु नरकमा पर्छन् । यस्ता ब्यक्तिलाई पनि नरकमा कठोर सजाय मिल्ने गरुण पुराणमा उल्लेख छ ।

६. पाहुनाको अपमान गर्ने

घर आएका पाहुनाको अपमान गर्ने वा कुनै खानेकुरा नदिइ पठाउनेको पनि नर्कको बास हुन्छ । गरुण पुराण भन्छ घर आएकाहरुलाई विमुख फर्काउनु हुँदैन ।

७. आफ्नो खुसीको लागि अरुको खुशी खोस्ने

आफ्नो खुसीको लागि अरुको खुसी भंग गर्ने पनि घोर नरकमा पर्ने पुराणमा उल्लेख छ । अरुको खुशी खोस्नेले नरकमा कठोर सजाय पाउँछन् ।

८. जनावरमाथि हिंसा गर्ने र बलि दिने

आफ्नो सन्तुष्टिका लागि जनावरमाथि हिंसा गर्ने र बलि दिने पनि नर्कमा पुग्ने पुराणमा उल्लेख छ ।

९. प्रकृतिलाई नोक्शानी गर्ने

प्रकृतिलाई नोक्शानी गर्ने, रुख विरुवा काट्ने र जंगल वा जल विनाश गर्नेहरु पनि नर्क पुग्ने गरुण पुराणमा उल्लेख छ ।

१०. स्त्रीको अस्मितासँग खेल्ने

स्त्रीका लागि उनको अस्मिता सबैभन्दा ठूलो कुरा हो । कुनै पुरुषले महिलाको अस्मितामाथि खेलवाड गर्छ भने उक्त पुरुष नरकगामी हुन्छ । त्यसैगरी गर्भवति महिलाको हत्या गर्नु पनि महापाप रहेको गरुण पुराणमा उल्लेख छ ।

साइन्स इन्फोटेक

साइन्स इन्फोटेक अनलाईन पत्रिका हो ।

Leave a Reply

error: Content is protected !!