राजनीति

देशमा विकास हुन के आवश्यक छ ?

डा. राम बहादुर बोहरा
डा. राम बहादुर बोहरा

जनता नै देशका जग हुन् र देश त्यसबेला मात्रै सुरक्षित हुनेछ, जब देशको जनता बलिया हुनेछन् । विकास हुनलाई सवैभन्दा पहिलो प्राथमिकता प्राविधिक शिक्षालाई दिनुपर्छ । त्यसपछि बन्द उद्योग खोल्न र नयाँ उद्योग स्थापनातर्फ ध्यान दिनुपर्छ । विकास गर्न अन्तर्राष्ट्रियको नक्कल होइन देश सुहाउदो भेष भनेझै आफ्नै दिमागले काम गर्नु राम्रो हुन्छ । सुन्नुहोस हेर्नुहोस् र नक्कल नगरी देश विकासमा जुट्नु होस् यसैमा सबैको कल्याण सम्भव छ ।

नेपालमा सवैभन्दा पहिलो प्राथमिकता कृषिलाई दिन आवश्यक छ । नहरको निर्माण गरेर खेर गएको पानीलाई खेतीयोग्य जमीनमा पुर्याउन सके उत्पादन बढ्न थाल्नेछ । विकास भन्ने कुरा त्यसै हुने होइन आवश्यक हेरेर गर्नुपर्छ । साना-साना नहरबाट लघु जलविद्युत उत्पादन गर्न सके यसबाट पनि राम्रो फाइदा उठाउन सकिनेछ ।

हामी विकास कुरा धेरै गर्दछौं । तर विकाससँगै जोडिएका देश र जनताका उन्नति र प्रगतिका बारेमा कम बहस गर्छौं । क्रान्ति र जागरणलाई विकाससँग जोड्नेबारे पनि कम बहस गर्छौं । यो हाम्रो कमजोर पक्ष हो भन्दा खासै फरक छैन । देशको अर्थतन्त्र कृषि र उद्योग दुवैमा आधारित हुने भएकाले दुवैलाई सँगसँगै विकास गर्नुपर्छ भन्ने हाम्रो अवधारणा थियो ।

नेपालमा धेरै लामो समयदेखि योजना र निर्णयहरू राजनीतिक दलको र सरकारको पनि माथिल्लो तहमा गर्ने परम्पराले विकासको सही मेरूदण्डलाई पकड्न सकेको छैन, जसको परिणाम नेपाली जनताको लामो समयदेखिको नेपालको विकास र समृद्धिको चाहना अलपत्रमा नै रहँदै आएको छ ।

अब हामीले यस्तो पद्धतिको विकास गर्न आवश्यक छ, जसले गर्दा जनताको तल्लो तहका मानिसहरूले कुनै वाधा र हस्तक्षेपबिना स्वतन्त्रतापूर्वक आफ्नो विकास आफैँ गर्न सकुन । वर्तमानमा हामीले सामना गर्नुपरेको समस्या भनेको जनता र समुदायमा विकास र राजनीतिको स्वामित्व कसरी स्थापित गर्ने र उनीहरूको भावनालाई कसरी समाहित गर्ने भन्ने हो ।

यहाँ विकासमा जनताको पहुँच भनेको विकासको प्रतिफल जनताले प्राप्त गर्ने हो । विकसित र विकासशील सबै मुलुकहरूमा विकास भएका छन् तर सबै विकासको प्रतिफल आम जनतासम्म पुग्न सकेको छैन । यसरी हामीले काम गर्न सकेको खण्डमा देशमा विकास निश्चित छ । हामीले देखि गर्नु राम्रो हो देखासिकी राम्रो पक्कै होइन फाल्टु काममा ध्यान हटाएर विकासतर्फ ध्यान दिन सके सरकार जनताको प्यारो तब मात्र हुनेछ ।

Like & Follow us on Facebook

यो पनि पढ्नुहोस्

देश कसैको पेवा होइन ?

मेरो देश नेपालले कहिले काचुली फेर्ला ?

के यस्तो राजनीतिक अवस्थाले देश बन्न सक्ला ?

*डा. राम बहादुर बोहरा नेपाल वैकल्पिक चिकित्सा विकास परिषद नवलपरासीको अध्यक्ष, बरिष्ट आयुर्वेद डाक्टर तथा साइन्स इन्फोटेकका सल्लाहकार हुनुहुन्छ ।

कुमारवर्ती औषधालय

साइन्स इन्फोटेक

साइन्स इन्फोटेक अनलाईन पत्रिका हो ।

Leave a Reply

error: Content is protected !!