अन्तर्राष्ट्रिय समाचार

सन् २०१९ रसायनशास्त्रतर्फको नोबल पुरस्कार तीनजना वैज्ञानिकहरुलाई

२३ असोज, काठमाडौं । सन् २०१९ रसायनशास्त्रतर्फको नोबल पुरस्कार लिथियम आयन ब्याट्रीको विकास गरेका तीनजना वैज्ञानिकहरुलाई संयुक्त रुपमा प्रदान गरिएको छ । अमेरिकाको टेक्सास विश्वविद्यालयका इन्जिनियरिङ विषयका प्राध्यापक ९७ वर्षीय जोन बी गुडनेफ, अमेरिकाकै न्यूयोर्क विश्वविद्यालयका रसायनशास्त्रका प्राध्यापक ७७ वर्षीय एम स्टानली ह्वीटिङ्घाम र जापानको मिजो विश्वविद्यालयका प्राध्यापक ७१ वर्षीय अकिरा योशिनोलाई रिचार्ज गर्न मिल्ने लिथियम आयन ब्याट्रीको विकास गरेकोमा रसायनशास्त्रतर्फको नोबेल पुरस्कार दिइएको हो ।

उनीहरुलाई ‘लिथियम इयोन ब्याट्री’ निर्माणमा योगदान पुर्‍याएवापत नोबल पुरस्कार प्रदान गरिएको हो । लिथियम इयोन ब्याट्री मोबाइल फोनदेखि विद्युतीय गाडीमासमेत प्रयोगमा ल्याइन्छ ।  यी वैज्ञानिकहरूले विकास गरेको लिथियम आयन ब्याट्रीको उपयोग कार, मोबाइल फोन, ट्याब्लेट र ल्यापटपजस्ता पोर्टेबल उपकरणहरुमा सबैभन्दा बढी हुने गरेको छ ।

पुरस्कारको घोषणा भएसँगै अहिले ९७ वर्षका प्रोफेसर जोन बी गुडनेफ नोबेल पुरस्कार जित्ने सबैभन्दा बढी उमेरका व्यक्ति बन्न पुगेका छन् । ७ लाख ३८ हजार बेलायती पाउन्ड राशीको नोबेल पुरस्कार यि तीन जना वैज्ञानिक बीच बराबर भाग लगाएर दिइनेछ । यो पुरस्कार आगामी डिसेम्बर १० का दिन स्वीडेनको स्टकहोममा प्रदान गरिनेछ ।

Like & Follow us on Facebook

यो पनि पढ्नुहोस्

चिकित्साशास्त्रतर्फको नोबल पुरस्कार दुई अमेरिकी र एक बेलायती वैज्ञानिकलाई

सन् २०१९ भौतिकशास्त्रतर्फको नोबल पुरस्कार तीनजना वैज्ञानिकहरुलाई

साइन्स इन्फोटेक

साइन्स इन्फोटेक अनलाईन पत्रिका हो ।

Leave a Reply

error: Content is protected !!