अन्तर्राष्ट्रिय समाचार

सन् २०१९ भौतिकशास्त्रतर्फको नोबल पुरस्कार तीनजना वैज्ञानिकहरुलाई

२३ असोज, काठमाडौं । सन् २०१९ को भौतिकशास्त्रतर्फको नोवेल पुरस्कार दुई जना स्वीस वैज्ञानिक र एकजना क्यानाडेली अमेरिकी गरी तीनजना वैज्ञानिकलाई संयुक्त रुपमा प्रदान गर्ने घोषणा गरिएको छ । पुरस्कृत हुनेहरुमा स्वीस वैज्ञानिकहरु माइकल मेयर र डिडियर क्वुलोज तथा अमेरिकाको प्रिन्सटन विश्वविद्यालयका प्राध्यापक जेम्स पिबल्स रहनुभएको छ । उनीहरुलाई सौर्यमण्डल बाहिरको अर्को ग्रह पत्ता लगाई iiiउने वैज्ञानिकलाई भौतिकशास्त्रको नोवेल पुरस्कार खगोलशास्त्रको अध्ययनमा महत्वपूर्ण योगदान पुर्‍याएको भन्दै पुरस्कृत गरिएको नोवेल पुरस्कार छनोट समितिले जनाएको छ ।

जेनेभा विश्वविद्यालयले प्राध्यापकद्वयका तर्फबाट जारी गरेको विज्ञप्तिमा पुरस्कारको निर्णय निकै असाधारण र विशेष रहेको बताएको छ । विश्वविद्यालयले विज्ञप्तिमा भनेको छ, ‘दुबै स्वीस बैज्ञानिकले खगोल विज्ञानमा अदभूत योगदान गरेका छन् । उनीहरुले वर्तमान सौर्यमण्डल बाहिर पनि अर्को ग्रह रहेको पहिलोपटक पत्ता लगाएका थिए । यो ग्रहको नाम ५१ पेगासी बी राखिएको छ।’ अहिले वर्तमान सौर्यमण्डल बाहिर झण्डै २,००० ग्रह रहेको पत्ता लागिसकेको छ ।

Like & Follow us on Facebook

यो पनि पढ्नुहोस्

चिकित्साशास्त्रतर्फको नोबल पुरस्कार दुई अमेरिकी र एक बेलायती वैज्ञानिकलाई

साइन्स इन्फोटेक

साइन्स इन्फोटेक अनलाईन पत्रिका हो ।

Leave a Reply

error: Content is protected !!