शास्त्र

शास्त्र अनुसार यी जीवहरु घरमा पसे अनिष्ट

शास्त्र र पुराणहरुमा हाम्रो दैनिक जीवनसँग जोडिएका कही यस्ता आदतहरुको दाबी गरिएको छ । घरमा कमिला आउनुले यस्तो अर्थ दिन्छ । यी ५ जीव घरमा पसे यस्तो हुन्छ । यदि तपाई पनि शास्त्रलाई मान्नुहुन्छ भने तपाईका लागि केही जानकारी निम्न छन् ।

१. कमिला

शास्त्रअनुसार, यदि अचानक घरमा कमिलाले दाना ओसारेको देखे वा ताती देखिएमा, यसले निकट भविष्यमा केही नराम्रो हुने आशंका पैदा गर्ने बताइन्छ । यस्तै, घरमा कमिला झुमिनुको अर्थ पानी पर्नसक्ने संकेत पनि दिएको मानिन्छ ।

२. बकुल्ला

यदि कुनै पनि रुखमा बकुल्ला बसेको देख्नु भयो भने, सम्झनुहोस् चाँडै त्यस रुखको नाश हुँदैन छ । यदि घर नजिकैको रुखमा बकुल्ला बसेमा त्यस रुखमा बर्षाको समयमा चट्याङ पर्न सक्ने संकेत रहको बताइन्छ । त्यसैले बर्षाबाट बच्न कुनै पनि रुखको मुनि गएर नबस्नुहोस् ।

३. छेपारो

जब छेपारोले टाउँको तल पारेर अर्थात् उल्टो रुखमा चड्दै गरेको देखिन्छ भने पृथ्वी पानीमा समायोजन हुने संकेत भनेर शास्त्रले बताउँछ । सामान्य भाषामा यो भिषण बाढीको संकेत हो । त्यसैले, यदि यस्तो देखेमा आगामी दिनहरुमा खतरा बढ्न सक्ने हुन्छ ।

४. बादलको रंग

माघ महिनामा आकाशमा रातो रंगको बादलले घेरिनुको अर्थ अवश्य असिना पर्ने संकेत मानिन्छ ।

महिनाअनुसार, के खान नहुने

चैत महिनामा गुड, बैशाखमा तेल खाना, जेठमा पैदल हिड्नु, असारमा बेल, साउनमा साग खान सख्त मनाही गरिएको छ । त्यस्तै, भदौँमा दही, आश्विनमा दुध, कार्तिकमा मख्खन र मंसिरमा जिरा, पुसमा धनिया, माघमा मिश्री र फाल्गुनमा सुख्खा चना खानु हानिकारक मानिएको छ । (एजेन्सीको सहयोगमा)

यो पनि पढनुहोस्

हिन्दु धर्मशास्त्र अनुसार कुन बार कपाल काट्दा शुभ र अशुभ

सपनामा के के देख्यो भने धेरै अनिष्टका सङ्केतहरु हुन् ?

दरिद्रता भित्र्याउने चिजहरु घरमा कहिल्यै नराख्नु हटाउने उपायहरु

साइन्स इन्फोटेक

साइन्स इन्फोटेक अनलाईन पत्रिका हो ।

Leave a Reply

error: Content is protected !!