घरेलु उपचारस्वास्थ्य

ग्याष्ट्रिकको घरेलु उपचार

डा. राम बहादुर बोहरा
डा. राम बहादुर बोहरा

ग्याष्ट्रिकको उपचार औषधि होइन खानपिनमा ध्यान दिनुहोस निको भइहाल्छ ।

पहिलो काम

मलाई ग्याष्टिक भएको छ भन्ने भ्रमलाई त्याग्नु होस र खानपानमा सुधार गर्नुहोस् मेरो अभिप्राय यो हो की ग्याष्टिक अल्सर भए नभएको जानकारी डाक्टरबाट प्राप्त गर्नुहोस् र एकैपटक धेरै खाना नखाएर पटक-पटक खाने गर्नुहोस् । सकेसम्म झोलिलो पदार्थको सेवन बढी गर्नुहोस् ।

ग्याष्ट्रिकको सजिलो औषधि पहिले यसरी सुरु गर्नुहोस् । राती तामाको भाडामा पानी राख्नुहोस प्रातकालमा उठ्ने वित्तिकै कम्तीमा ४ ग्लास पानी पिउनुहोस र दुई घण्टासम्म केहि नखानुहोस । दुई घण्टापछि एक ग्लास मनतातो पानीमा विरेनुन थोरै राखेर खानुहोस र अन्य खाना पेटलाई पुरा नभोरी खान थाल्नुहोस । थोरै खाँदा पनि पेट दुख्छ भने पनि खान नछोड्नुहोस क्रमश: यो रोग निको हुदै जान थाल्दछ ।

गर्न नहुने

खाना खाँदा गफ नगर्नुहोस, सकेसम्म पानी बढी नपिउनु होस, टिभी हेरेर खाने बानी छ भने त्याग्नुहोस । मरमसला भन्दा पनि चिल्लो पदार्थको सेवन कम गर्नुहोस् । ग्याष्ट्रिकको जड भनेको कब्जियत हो पेट सफा हुने खालको खाना खानुहोस । कामले यो रोग चाडो निको हुन्छ दैनिक हल्का व्याम गर्नहोस् ।

ग्याष्ट्रिको घरेलु औषधि

ज्वानो, बिरेनुन र मिश्री मिलाएर थोरै थोरै नित्य चपाउनुहोस लाखौ रुपैयाँको बचत यसले गराउनेछ ।

*डा. राम बहादुर बोहरा नेपाल वैकल्पिक चिकित्सा विकास परिषद नवलपरासीको अध्यक्ष तथा आयुर्वेद डाक्टर हुनुहुन्छ ।

यो पनि पढ्नुहोस्  

जण्डिस र यसको उपचार

खोकी र यसको घरेलु उपचार

सेतो दुवी र घरेलु उपचार

साइन्स इन्फोटेक

साइन्स इन्फोटेक अनलाईन पत्रिका हो ।

Leave a Reply

error: Content is protected !!