विचार-विश्‍लेषण

विश्वासभित्र लुकेको मनोविज्ञान र सफलता

डा. राम बहादुर बोहरा
डा. राम बहादुर बोहरा

विश्वासभित्र लुकेको मनोविज्ञान र सफलता । ओहो ! कत्ति राम्रो भाषण ! सुन्दा आनन्द आयो भाषणमा भनिएको थियो हामीले राष्ट्रमा आमुल परिवर्तन ल्याउने छौं । राष्ट्रको ढुकुटीबाट राष्ट्र र जनताको लागि राम्रा राम्रा काम गर्नेछौं । भगवान शिवले हामीलाई यो स्थानमा पुराउनु भएको छ । यदि हामीले गल्ती गर्छौं भने हामी सजायका भागीदार बन्नेछौं यो हामी कदापि चाहदैनौं भाषणको अन्तमा पाको उमेरका एक जना क्षेत्रीय निरीक्षकको भाषण सुनेपछि एउटी बहिनीले यसरी आफ्नो भावना पोखाएकी थिइन्‌ ।

ती बहिनीको कुरा ठीक हो । ती क्षेत्रीय निरीक्षकले भगवान शिवको पुजा गर्नाले आफुबाट भएका सवै गल्ती क्षमा गरिदिनु हुनेछ भन्ने कुरामा प्रकाश पारेका थिए । संसारमा कोही ठूलो छैन छ भने केवल विश्वास ठूलो छ । हामीले कसैलाई विश्वास गर्छौं भने त्याहा परमेश्वर भगवान शिवको बास रहनेछ । यदि हामीले विश्वासपुर्वक कुनै काम गर्छौ भने पुग्नेछ ।

आज केहि सैतानहरूले मेरो बारेमा गलत प्रचार गरेकाले उनीहरु मेरो शरणमा आएमा अवश्य क्षमा दिनेछु भनेर शिव परमेश्वरले भन्नु भएको छ । परमेश्वर शिव संसारका हर्ताकर्ता हुनुहुन्छ । मानिसले गरेका कतिपय गल्ती ती परमेश्वर शिवको विश्वासपुर्बक आराधना गर्न सके क्षमा दिनु हुनेछ । कलियुगमा मानिस स्वार्थमा चुर्लुम्म डुवेको छ उसले सवै भुलिसकेको छ । पाप यही छ जसले गल्ती गर्छ सजाय भोक्छ ।

जब-जब मानिसले विश्वास गुमाउन थाल्दछ तब-तब उ गलत काममा फस्न थाल्दछ । ‘विश्वासम फलदायकम’ भन्ने कुरा सावित गर्न परमेश्वर शिवको सम्झनामा केवल एउटा अगरबत्ति बाल्नुहोस म वहाको गल्तीलाई क्षमा दिनेछु भनेर आफ्ना भक्तहरूलाई भन्नु भएको छ । विश्वासमा जति ठूलो शक्ति हुन्छ त्यो भन्दा ठूलो अरू केही छैन । पहिले आफुमाथि विश्वास गर्नुस र अरूको भरोसा गर्नुस तपाईंले सोचेको सवै पुग्दै जान थाल्नेछ ।

परमेश्वर भगवानले भन्नु भएको छ आज यो धर्ती केवल विश्वासको आधारमा अडेको छ । जहाँ विश्वास छ त्यहा शक्ति छ । संसारमा कुन ठूलो कुन सानो यदि ठूलो छ भने केवल विश्वास ठूलो छ । ढुंगालाई हजुर विश्वास गर्नुहुन्छ भने त्यहा शक्ति अवश्य देख्न सक्नुहुन्छ । आज नेपालमा विश्वासप्रति घात अन्तरघात भएको छ । आफ्नाको विश्वासलाई तोड्ने काम भएको छ ।

म भन्दा ठूलो कोही छैन भन्ने भावना हुनाले विश्वास लोप हुदै जानाले विकास धरापमा परेको छ । जब हामीले यो कुराको विश्वास गर्न थाल्नेछौं कि हामीले पठाएको व्यक्ति नै गलत छ भन्ने कुरालाई थाहा भएमा त्यस्ता व्यक्ति स्वत: सडकमा झर्नेछन् । परमेश्वर शिवले भन्नुभयो म माथि विश्वास गर म सवै पुराई दिनेछु ।

एक पटक मेरो मनमा एउटा कुरा आएको थियो के परमेश्वर भगवान शिव हुनुहुन्छ ? एकपटक मलाई ठूलो समस्या परेको थियो मैले विश्वासपुर्वक सोचेको थिए परमेश्वर शिवले मेरो विश्वासलाई पक्कै टुक्राउनु हुनेछैन । असारको महिना थियो एक जना दाईले मेरो खातामा पैसा राख्नुभयो र भन्नुभयो जहिले घडेरी किन्नेछु त्यसै दिन माग्नेछु ।

केहि दिनपछि वहाले घडेरी रोज्नु भएछ र मलाई आएर भन्नुभयो मलाई पैसा चाहियो तर मैले पैसा खर्च गरी सकेको थिए । अब के गर्ने होला भन्दै सुत्ने प्रयत्न गर्दै थिए त्यत्तिकैमा मलाई निन्द्रा लागेछ सपना देखे एउटा जटाधारी बाबाले भन्नुभयो बच्चा तिमी चिन्ता नगर भोली तिम्रो समस्या समाधान हुनेछ ।

भोलीपल्ट बिहानै कृषि विकास वैङ्कका मेनजरले केहि दिन पहिले लोनको बारेमा मलाई भन्नुभएको थियो म पास गराई दिन्छु पुर्जा लिएर आउनुहोस भन्नु भयो म तीन छक परे र मनमनै मैले सोचे यो संसारमा विश्वास भन्दा ठूलो शक्ति केहि रहेनछ । मेरो काम भयो मैले परमेश्वर शिवको मुर्तिमा फुल र प्रसाद दिदै धन्यवाद दिदै यसरी नै दिन दुखिको सहयोग गरिदिनु हुन आग्रह गरे आज म जुन स्थानमा छु सवै विश्वासको फल हो । ॐ नम शिवाय !

*डा. राम बहादुर बोहरा नेपाल वैकल्पिक चिकित्सा विकास परिषद नवलपरासीको अध्यक्ष, बरिष्ट आयुर्वेद डाक्टर तथा साइन्स इन्फोटेकका सल्लाहकार हुनुहुन्छ । 

यो पनि पढ्नुहोस्

यस्ता छन् आत्मविश्वास बढाउने सूत्रहरु

के तपाईं विश्वास गर्नुहुन्छ ?

आत्मविश्वासको फल

कुमारवर्ती औषधालय

साइन्स इन्फोटेक

साइन्स इन्फोटेक अनलाईन पत्रिका हो ।

Leave a Reply

error: Content is protected !!