धर्म-सस्कृति

धर्म भनेको के हो ?

डा. राम बहादुर बोहरा
डा. राम बहादुर बोहरा

मानवता अर्थात मानव धर्म नै मान्छेको धर्म हो । मान्छेमा हुनपर्ने मानवीय गुणको विकास र परिपूर्णतालाई मानव धर्म भनिन्छ । मानवमा मानवीय गुण विकासको परिपूर्णताका लागि धेरै सनातनशास्त्रहरूले मार्गनिर्देश गरेका छन् । जो वेदवेदान्तीय शास्त्र हुन् । यिनै मार्गदर्शनलाई आत्मसात गर्न नसक्दा मानव समाज मानव समाज नभएर दानव समाज जस्तो भइरहेको छ, मानव चेतना मानव चेतनाबाट नभएर दानवीयताबाट अगाडि बढेको छ । मानव समाजमा मानवीयताको क्रियाकलाप कम पाइन्छ ।

धर्म जस्तै– कानुन, व्यवस्था, कर्तव्य, प्रचलन, गुण, प्रतीक आदि । मोनिएर विलियमले झन् अनेक प्रकारका मानेहरू निकालेका छन् । उनका अनुसार धर्मबाट राम्ररी स्थापित भएको कुरा बुझिन्छ । यसैगरी यसबाट बलियो आदेश, नियम कानुन, प्रचलन, परम्परा, कर्तव्य, अधिकार, न्याय, नैतिकता, नैतिक आचरण, आस्था, धार्मिक गुण, असल काम, स्वभाव, चरित्र, गुण, सम्पत्ति भन्ने पनि बुझिन्छ । अतः एउटा शब्दले मात्र धर्मको मर्म बुझाउन सक्दैन, न यीमध्ये केही शब्द मिलाएर यसको माने बुझाउन सकिन्छ । दैनिक जीवनमा धर्म भन्नाले असल जीवन पद्धति अथवा जीवनको सही बाटो भनेर जनाउँछ ।

धर्मले प्रजातान्त्रिक, लोकतान्त्रिक, गणतान्त्रिक, जनगणतान्त्रिक वा चाहे त्यो राजतान्त्रिक किन नहोस् कुनै पनि व्यवस्था सञ्चालनमा बाधा/व्यवधान गर्दैन, बरु राष्ट्र धर्म अर्थात स्वधर्म भएन भने कुनै पनि व्यवस्था चल्न कठिन हुनसक्छ । कसैको इसारामा स्वधर्ममाथि प्रहार गरेर आत्मघाती गोल गर्नु राजनीतिक क्षेत्रका लागि कुनै आश्चर्यको कुरा भएन ।

विश्वमै सर्वोत्कृष्ट धर्मको एकमात्र हिन्दु राष्ट्र भनेर चिनिँदा प्राप्त हुने अमूल्य उपलब्धिबाट वञ्चित भएर त्योभन्दा ठूलो के अर्को उपलब्धि हात पर्छ ? सबैले विवेक गर्न सकौं । सनातन धर्म दर्शनको व्यापकता अन्यत्र फैलँदै जाने र यहाँ आफ्नै नाभीको कस्तूरीलाई मृगले नचिनेझैँ हुँदा भविष्यमा पश्चातापले चुक्चुकाउने पर्नसक्छ । सनातन धर्मसँगको यो भूमि र यहाँका नागरिकको अन्तरसम्बन्धलाई संस्थागत गर्ने विषयबारे सम्बन्धित सबैले समयमै सोँच्न सकौं।

*डा. राम बहादुर बोहरा नेपाल वैकल्पिक चिकित्सा विकास परिषद नवलपरासीको अध्यक्ष, बरिष्ट आयुर्वेद डाक्टर तथा साइन्स इन्फोटेकका सल्लाहकार हुनुहुन्छ । 

यो पनि पढ्नुहोस्  

धर्म संस्कृति किन आवश्यक छ ?

धर्म संस्कृति र यसको महत्व

धर्मको आस्था जगाउ र बलियो बनाउँ

हिन्दू धर्म संस्कृतिमा सबैको कल्याण

धर्मको रक्षा गर्नु सबैको नैतिक दायित्व

कुमारवर्ती औषधालय

साइन्स इन्फोटेक

साइन्स इन्फोटेक अनलाईन पत्रिका हो ।

Leave a Reply

error: Content is protected !!