जीवन-दर्शनस्वास्थ्य

मानिस किन रून्छन् ?

Dr. Ram Bdr Bohara
डा. राम बहादुर बोहरा

मानिसको जन्म हुँदा उ रूदै जन्म लिएको हुन्छ । उ रूनुको खास के भन्ने कुरा मानवले आजसम्म पनि बुझ्न सके जस्तो लाग्दैन किनकि खुसीपछि दु:ख पनि सामेल भएको छ । मनोविज्ञ विलियम फ्रेले सन् १९८२ मा गरेको एक अनुसन्धान अनुसार महिलाहरु औषतमा महिनामा ५ भन्दा बढि पटक रुन्छन् । तर पुरुषहरु भने महिनामा औषतमा डेढ पटक भन्दा बढि रुँदैनन् ।

महिलाहरु एक पटकमा रुँदा ५ देखि ६ मिनेटसम्म रुन्छन् भने पुरुषहरुले रुनका लागि एक पटकमा दुइदेखि ३ मिनेट खर्चिन्छन् । मानिसको रुने आनी-बानीमा टेस्टेस्टेरोन नामक हर्मोनको सबैभन्दा ठूलो हात हुन्छ । प्रोस्टेट क्यान्सर भएर उपचार गराइरहेका मानिसहरु बढि रुने गर्छन् । यसको कारण के भने प्रोस्टेट क्यान्सर भएका मानिसहरुको उपचारमा प्रयोग गरिने औषधिका कारण मानिसमा टेस्टेस्टेरोन हर्मोनको उत्सर्जन कम हुन्छ । यो हर्मोनको कमीले मानिस बढि रुन्चे बन्दछ ।

विभिन्न अध्ययनका विभिन्न खाले दाबी तथा निष्कर्ष भएपनि अहिलेसम्मको साझा तथ्य के हो भने रुनुको रहस्य अहिलेसम्म पनि रहस्यमै छ । आखिर मानिस किन रुन्छ ? यो कुराको गुह्य पत्ता लगाउन अझैपनि अध्ययनको खाँचो छ । शायद त्यसपछि मात्र हामीले रुनुको कारण थाहा पाउनेछौँ । तर कारण थाहा नहुन्जेल चाहेको बेला मज्जाले रुनुस् ।

*डा. राम बहादुर बोहरा नेपाल वैकल्पिक चिकित्सा विकास परिषद नवलपरासीको अध्यक्ष तथा आयुर्वेद डाक्टर हुनुहुन्छ ।

यो पनि पढ्नुहोस्  

बढि बाँच्न चाहनुहुन्छ भने रुनुहोस् मज्जाले

साइन्स इन्फोटेक

साइन्स इन्फोटेक अनलाईन पत्रिका हो ।

Leave a Reply

error: Content is protected !!