स्वास्थ्य

घाउ खटिरा र उपचार

Dr. Ram Bdr Bohara
डा. राम बहादुर बोहरा

मानिसको शरीरमा घाउ खटिरा आउनुको प्रमुख कारण हो सरसफाईको अभाव वा खुनको खराबी चाहे जेहोस यसलाई हामीले सफाईको अभाव भन्दछौं । पसिना नआउने ब्यक्तिलाई एक प्रकारको छालाको रोग हुने सम्भावना अत्याधिक हुन्छ । पसिनाबाट शरीरमा भएको विषाक्त पदार्थ बाहिर निस्किन पाएन भने यसले छालामा संक्रमण गर्न सक्छ । रौंको प्वालमा जमेका धुलाका कण समेत रोगको कारण बन्न सक्छन् ।

उपचार                                                                                                                

घाउ खटिराका प्रकृति कस्तो प्रकारको छ भनेर बुझ्नुपर्ने र हेर्नुपर्ने हुनसक्छ । यदि शरीरभरी नै घाउ खटिरा फएमा चिकित्सकको परामर्शमा उपचार गर्न सक्नु हुन्छ । चिलाउने खालको घाउ खटिरा छ भने Sulfur 30 को गोली वा थोपा दिनमा ३ पटक दिएमा ठिक हुन्छ । नीम पत्ताको पातमा थोरै बेसार र फिटकरी राखेर पकाउने, सेलाएर नुहाउने र नीम पत्ताको पात पिसेर लेदो शरिरमा दल्नाले पनि यो रोग निको हुनसक्छ ।

*डा. राम बहादुर बोहरा नेपाल वैकल्पिक चिकित्सा विकास परिषद नवलपरासीको अध्यक्ष तथा आयुर्वेद डाक्टर हुनुहुन्छ ।

यो पनि पढ्नुहोस्  

रोग किन लाग्छ ?

साइन्स इन्फोटेक

साइन्स इन्फोटेक अनलाईन पत्रिका हो ।

Leave a Reply

error: Content is protected !!