राष्ट्रिय समाचार

हाडजोर्नी तथा मांशपेशी रोगका औषधि नेपालमै उत्पादन हुने

देउराली जनता फर्मास्यूटिकल्स प्रा.लीले हाडजोर्नी तथा मांशपेशीसम्बन्धी रोगका औषधि उत्पादन गर्ने भएको छ । यसका लागि देउराली जनताले सम्पुर्ण तयारी पुरा गरेको जनाएको छ । कम्पनीले निरोग नामको नयाँ डिभिजन मार्फत् यस्ता औषधि उत्पादन गर्ने छ ।

करिव दुई वर्षदेखि डिभिजन अन्र्तगतका औषधि उत्पादनका लागि आवश्यक पर्ने प्राविधि, अनुसन्धान, र विकासका काम गर्दै आएको थियो । नेपालका विशिष्ठ विशेषज्ञले सिफारिस गरेका उत्पादनलाई बजारमा ल्याएको कम्पनीले जनाएको छ । निरोग डिभिजनमार्फत उत्पादित औषधि यसै महिनादेखि बजारमा उपलब्ध गरिाईने कम्पनीका कार्यकारी निर्देशक हरिभक्त शर्माले बताएका छन् ।

नयाँ डिभिजनबाट हाडजोर्नी, माशंपेशी, स्वास्थ्यकर जीवनशैलीसम्बन्धी रोगका २० प्रकारका औषधिको उत्पादन कम्पनीले सुरू गरेको छ । जसमा मुटु बलियो बनाउँने, विर्सिने रोग र मानसिक रुपमा स्वास्थ रहन मद्दत गर्ने औषधि छन् । कम्पनीले हाल २ सय २० भन्दा बढी प्रकारका औषधि उत्पादन गर्दै आएको छ ।

नयाँ उत्पादनले यी रोगको आयतमा रहेको परनिर्भरता घट्ने कम्पनीले जनाएको छ । अन्तराष्ट्रिय प्राविधिको प्रयोगगरी नेपालमा गुणस्तरीय औषधि उत्पादन गर्ने लक्ष्यका साथ नयाँ डिभिजनको सुरूवात गरिएको शर्माले जानकारी दिए ।

कम्पनीले २०६२ सालमा सुस्वास्थ्य डिभिजन, २०६७ माघमा अनुसन्धान तथा विकास केन्द्र, २०६८ आरोग्यम डिभिजनको सुरूवात गरेको थियो । ०४५ सालमा स्थापना भएको कम्पनीले ०४७ साल माघ १६ गतेदेखि उत्पादन सुरू गरेको हो । कम्पनीले ०६० सालमा आइएसओ १४००१÷आइएसओ ९००१ प्रमाणिकरण प्राप्त गरेको थियो । यो गुणस्तर चिन्ह पाउँने डिजेपिएल पहिलो नेपाली औषधि कम्पनी हो । संगठनको २०६१ भाद्रमा कूशल निमार्ण प्रक्रिया प्रकृया (डब्लुएचओ जिएमपी)को प्रमाणिकरणसमेत प्राप्त गरेको छ ।

कम्पनीले आफूसँग जडित क्षमता मात्रै ६० प्रतिशत प्रयोग गर्दै आएको छ । वाँकी क्षमताको उपयोगगरी बजारमा सम्भाब्य औषधि उत्पादनका लागि अध्ययन गरिरहेको शर्माले बताए ।  कम्पनिले सम्पतिमा लगानी ५४ करोड ४२ लाख र चालुपुँजीमा ३२ करोड ५८ लाख रहेको जनाएको छ । कम्पनीले हाल नेपाली बजारमा रहेको विदेशी औषधिको परनिर्भरतालाई प्रतिस्थापन गर्ने बढी आयत हुने औषधिलाई क्रमशः नेपालमै उत्पादन सुरूवात गर्ने लक्ष्य लिएको छ ।

साइन्स इन्फोटेक

साइन्स इन्फोटेक अनलाईन पत्रिका हो ।

error: Content is protected !!