जीवनीराष्ट्रिय व्यक्तित्व

को हुन् यूवा वैज्ञानिक भीम सुनार ?

पृष्ठभूमि र जन्म

यूवा वैज्ञानिक भीम सुनारको जन्म २०५५ साल माघ १ गते बाग्लुङको गलकोट नगरपालिका वडा न. ८ मा भएको हो । उनको बाबुको नाम टेक बहादुर सुनार हो भने आमाको नाम जमूना सुनार हो । उनी बाग्लुङको सामान्य परिवारमा जन्मिएका हुन् । उनको बुवाले फर्निचर व्यावसाय गरेर परिवार धानेका छन् । सानैदेखि नयाँ-नयाँ काम गर्न भीम रुचाउथे । भीम कक्षा ६ मा पढ्दै गर्दा पहिलो पटक उनको गाउँमा बाटो खन्ने मेसिन आयो । बाग्लुङको जिल्लाको विकट गाउँमा त्यो नयाँ मेसिन आएको देखेर भीमलाई अनौठौ लाग्यो । यो के मेसिन रहेछ जान्ने ईच्छा जाग्यो । बुझ्दा थाहा पाए गाउँमा बाटो बनाउन आएको मेसिनको नाम डोजर रहेछ । पहिलो पटक डोजर देखेपछि उनी घोरिन थाले । यो कसरी बन्यो होला भन्ने प्रश्नले उनलाई घोचिरह्यो ।

साथीहरुसँग दिनहुँ विद्यालय जान्थे । विद्यालयमामा पनि उनी डोजरकै सोचमा डुबिरहेका हुन्थे । साथीहरु फुटवल खेल्न जान्थे । उनी घरमै घोरिएर बस्थे । यसरी घरमै धुम्धुम्ती बसेको देख्दा उनलाई ‘यो त बौलाएछ कि क्या हो’ भन्नेहरु धेरै थिए । जसले जे भनेपनि उनलाई कुनै मतलब थिएन । ‘कसरी बन्यो ? कसले बनायो ? ’ पहिलोपटक डोजर देखेपछि उनले यही सोचिरहे । अन्त्यः उनको सोचले मूर्त रुप लियो । त्यसपछि उनले डोजर बनाए । डोजरपछि उनले हेलिकप्टर पनि बनाए । उनी यतिमा सिमित भएनन् । पानीजहाज र अन्य सानातिना खैलौनाहरु समेत बनाए । उनले बोल्ने रोबोट समेत बनाएर आफ्नो साथीहरुलाई चकित पनि पारे । यति धेरै यन्त्रहरु बनाइसक्दा उनी स्कुल पढ्दै थिए ।

अध्ययन

भीम आफ्नै गाउँको सरकारी विद्यालय देवकोटा निम्न माध्यमिकबाट कक्षा ८ सम्मको अध्ययन सके । सधैँभरी स्कुल नगएपनि गाली गर्ने कोही थिएनन् । पढाईमा अब्बल नभएकाले पनि उनी हप्तामा एक(दुई पटकभन्दा बढी विद्यालय जाँदैनथे । ८ कक्षाभन्दा माथिको पढाई नहुने भएकोले त्यसपछि उनले श्री शिव उच्च माध्यमिक विद्यालय राजबगर, कान्डेबास, बाग्लुङवाट एसएलसी पास गरे । त्यसपछि उनले उक्त उच्च माविमा कक्षा १२ सम्म शिक्षा संकायमा अध्ययन गरे । उनी साईन्सका विद्यार्थी हैनन् र कुनै प्राविधिक तालिम पनि लिएका छैनन् । सरकारी विद्यालयमा पढ्दै गरेका उनीसँग त्यससम्बन्धि कुनै पुस्तक पनि छैन । परिवारिक आर्थिक अवस्था कम्जोर भएकाले ईन्जिनियरिङ विषय पढ्न सकेनन् । तैपनि उनले एकपछि अर्को यन्त्रहरु बनाउदै गए ।

यो पनि पढ्नुहोस्

बाग्लुङ्गका १८ बर्षिया भिम सुनारले बनाए गाडी

नेपाल मै गाडी बनाउने भीम सुनारले के के बनाए र बनाउन सक्छन त ?

लगाव र अठोट

गाउँमा उनले बनाएको खैलौना हेलिकप्टर टावरको वरिपरि उड्थ्यो । डोजर ब्याट्री र पानीबाट चल्थयो । कपडा सिलाउने मेसिनबाट आफ्नै डिजाईनमा तरकारी काट्ने मेसिन बनाएका थिए । उनले बनाएका चित्रहरु देखेर विद्यालयका साथी तथा गाउँका सबै दंग पर्थे । विद्यालय पढ्दा बनाएका ससाना खैलौना देख्दा सबैले भीमलाई हौसला दिन्थे । त्यसपछि उनमा म जे पनि बनाउन सक्छु भन्ने आत्मविश्वास जाग्थ्यो । गाउँमै बसेर ठूलो मेसिन बनाउन सम्भव थिएन । सामान र खर्च जोहो गर्न गाह्रो थियो । ‘अब स(साना मात्र हैन ठूलो मेसिन बनाएरै छोड्छु ।’

यही लक्ष्यले उनलाई काम गर्न प्रेरणा दिएको थियो । भीमले ८० हजार लागतको आफ्नै आइडियाको ‘ओशियन’ नामक गाडी बनाएर सार्वजानिक गरे । गाडी सार्वजानिक गरेपछि उनको चर्चा चुलियो । काठमाडौंबाट ओझेल परेका उनी काठमाडौंमा पनि चिनिए । उनले बनाएको ‘ओशियन’ गाडीमा फलाम, काठ र मोटरसाईकलको ईन्जिन जोडिएको छ । उनी त्यो गाडीलाई सोलारबाट चल्ने बनाउने योजनामा थिए । खर्चको कारण त्यो सम्भव भएन । ओशियन गाडी ब्याट्री र पेट्रोल दुबैबाट चल्छ । लागत कम भएपनि गाडीमा बसेर यात्रा गर्न मिल्छ । ‘तीन लाख लागतमा अत्यन्तै राम्रो गाडी बनाउन सकिन्छ ।’ उनले भने– ‘मसंग लगानी गर्ने स्रोत भएको भए, मैले धेरै मेसिनहरु बनाइसक्थेँ । उनले गहुँ, कोदो, धान, भटमासलाई सरल व्यबस्थापन गर्ने मेसिन बनाई सकेका छन् ।

विज्ञान तथा प्रविधिको क्षेत्रमा भीम सुनारको योगदान र सम्भावना

भीम सुनारले के के उपकरणहरु बनाए ?

१. डोजर
२. रोवर्ट
३. हेलिकप्टर
४. ‘ओशियन’ नामक गाडी
५. सानो पानी जहाँज
६. भूकम्प प्रतिरोधी घर
७. Emergency Home Light

भीम सुनारले अन्य के के उपकरणहरु बनाउन सक्छन त ?

१. ब्याट्रीबाट चल्ने गाडी
२. भुई सफा गर्ने मेसिन
३. भ्याकुम क्लिनर (Vaccum Cleaner)
४. Self Delivery Machine in Hotel
५. Food Order Machine in Hotel

कृषि क्षेत्रमा भीम सुनारको योगदान र सम्भावना

भीम सुनारले के के उपकरणहरु बनाए ?

१. धान झाट्ने मेसिन
२. तरकारी (साग, आलु, गोपी, सिमी) काट्ने मेसिन

भीम सुनारले अन्य के के उपकरणहरु बनाउन सक्छन त ?

१. गहुँ, कोदो, भटमास मसुरी ठटाउने मेसिन (मिक्चर)
२. बालुवा चाल्ने मेसिन
३. खेतको आली काट्ने मेसिन
४. गोपी काट्ने मेसिन
५. परिष्कृत ढंगको मोही पार्ने मदानी

Like & Follow us on Facebook

भावी लक्ष्य

घमण्ड गरेको हैन, म नेपालीलाई उपयोगी हुने धेरै मेसिनहरु बनाउन सक्छु ।’ ‘१८ वर्षको उमेरमै बिना तालिम, बिना अध्ययन यस्तो निमार्ण, कसरी ?’ यस्तो प्रश्न उनलाई धेरैले सोध्ने गर्छन । ‘म एकदम धेरै नै सोच्छु । जे बनाउन लागेको हो, त्यसको बारेमा धेरैदिन सोचेपछि स्केच बनाउछु ।’ उनले भने– ‘स्केच बनेपछि समान जम्मा गर्छु र बनाउन थाल्छु ।’ भीमले हेलिकोप्टर र रोबोट प्रत्यक्ष देख्न पाएका थिएनन् । टेलिभिजनमै हेरेको भरमा ती मेसिनहरु बनाए ।

स्केच र सोचाईमा धेरै डुब्दा उनलाई आफूले बनाउन चाहेको वस्तुको ज्ञान प्राप्त हुने उनी बताउछन् । उनले आफूलाई आवश्यक हुने सामानहरु आफैँ संकलन गर्दछन् । अरुले काम नलाग्ने भनेर छोडेका सामान प्रयोग गरेर नयाँ मेसिन बनाउँछन् । ‘मैले बनाउने सामानहरु आफैँले खोज्नुपर्छ । फलामहरु खोजेर के बनाउने हो त्यस्तो आकारमा आफैँले ढाल्नुपर्छ ।’ उनले भने– ‘काठ, फलाम, ब्याट्री लगायत अन्य घरायसी सामानहरुलाई उपयोग गरेर अहिलेसम्म बनाउदै आएको छु ।’

भीमलाई ईन्जिनियरिंग पढ्ने र प्राविधिक ज्ञान सिक्ने धेरै ठूलो धोको छ । उनको बुवाले फर्निचर व्यावसायबाट धेरै थोर सहयोग गरेको कारण यो स्थानसम्म आउन सफल भएको बताउछन् । ‘धेरै पढ्ने, सिक्ने र मेसिनहरु बनाउने लक्ष्य छ । आफ्नो आयस्रोत राम्रो छैन ।’ उनले भने –‘कसले सहयोग गर्ला र मेरो सपना पूरा होला ।’ भीम आफ्नो क्षमताको लागि राज्यले लगानी गर्नुपर्ने बताउछन् । लगानी गर्न नसके बाध्य भएर विदेसिनु बाहेक अर्काे विकल्प नहुने उनको तर्क छ । ‘मेसिन बनाउने प्रतिभाहरु जन्माउन नसके पनि, जन्मेकाहरुलाई राज्यले संरक्षण गर्नुपर्छ । उनले भने– ‘म जे बनाउन चाहन्छु, त्यो बनाएर छाड्छु । त्यसैले हत्तपत्त हार मानेर विदेश चाहीँ गई हाल्दिन ।’

भीम आत्मविश्वासी छन् । धेरै प्रकारका मेसिन बनाउन सक्ने खुबी उनमा छ । जस्तोसुकै अवस्था आएपनि यो कर्मबाट टाडिन चाहदैनन् उनी । आफ्नो सीप आफ्नै मुलुकमा प्रयोग गर्ने उनको ईच्छा छ । भीमको योजना कृषि क्षेत्रलाई सहयोग हुने खालका मेसिनहरु बनाउने छ । त्यसको लागि उनलाई सहयोगको जरुरत छ ।

साइन्स इन्फोटेक

साइन्स इन्फोटेक अनलाईन पत्रिका हो ।

Leave a Reply

error: Content is protected !!